Base Word
עַתָּה
Short Definitionat this time, whether adverb, conjunction or expletive
Long Definitionnow
Derivationfrom H6256
International Phonetic Alphabetʕɑt̪̚ˈt̪ɔː
IPA modʕɑˈtɑː
Syllableʿattâ
Dictionat-TAW
Diction Modah-TA
Usagehenceforth, now, straightway, this time, whereas
Part of speechadv

Genesis 3:22
परमप्रभु परमेश्वरले भन्नुभयो, “हेर, त्यो मानिस हामी जस्तै भएको छ उनले राम्रो अनि नराम्रो विषयमा जान्दछ र अब जीवनको रुखबाट उनले फल खान सक्छ यदि उनले त्यो फल खायो भने, ऊ सँधैको निम्ति बाँच्नेछ। “

Genesis 4:11
तैंले तेरो भाइको हत्या गरिस् र तेरो हातबाट रगत पिउनलाई भूमिले मुख बाही रहेकोछ। यसकारण अब म त्यस भूमिमा नराम्रो कुराहरु हुने बनाइदिनेछु।

Genesis 11:6
तब परमप्रभुले भन्नुभयो, “हेर, तिनीहरू मिलेर एक भएका छन्, तिनीहरूले एउटै भाषा बोल्दैछन्। तिनीहरूले के गर्ने छन् यो एउटा शुरू मात्र हो, अब चाँडै तिनीहरूले के गर्न खोज्छन् त्यही गर्न सक्ने हुन्छन्।

Genesis 12:19
तिमीले तिम्री बहिनी भन्यौ। किन तिमीले त्यस्तो कुरा गर्यौ। यसैकारण मैले साराईलाई आफ्नी पत्नी होस् भनेर राखे। तर अब म तिम्री पत्नी तिमीलाई नै फर्काउँछु र उसलाई लिएर तिमी जाऊ।”

Genesis 19:9
घेरेका मानिसहरूले भने, “हामीलाई बाटो देऊ! हाम्रो बाटोबाट पर सर।” तब सदोमका ती मानिसहरूले भने, “यी मानिस हाम्रो शहरमा पाहुना भएर आएका हुन् अनि अहिले हाम्रो न्यायाधीश यी को हुन? अब हामी तिमीसित तिनीहरूसित भन्दा अशिष्ट व्यवहार गर्ने छौं।” त्यो भीडले लूतमाथि एकसाथ घचेटेर ढोका भत्काएर खोल्ने चेष्टा गरे।

Genesis 20:7
यसर्थ अब्राहामलाई उसकी पत्नी फर्काइ देऊ। अब्राहाम एक अगमवक्ता हुन्। उनले तिम्रो निम्ति प्रार्थना गर्नेछन् र तिमी जीवित रहनेछौ। तर यदि तिमीले अब्राहामलाई सारा फर्काएनौ भने म प्रतिज्ञा गर्छु तिमी मर्नेछौ। अनि तिम्रा सबै परिवार तिमीसितै मर्नेछन्।”

Genesis 21:23
यसर्थ परमेश्वरको नाउँमा मलाई वचन देऊ तिमी म र मेरा नानीहरूसित राम्रो व्यवहार गर्नेछौ। वचन देऊ तिमी, म अनि धर्ती प्रति जहाँ तिमी बाहिरको मानिस जस्तो भएर बसेका छौ दयालु हुने छौ। कसम् पनि खाऊ तिमी म प्रति दयालु हुने छौ जस्तो म तिमीप्रति छु।”

Genesis 22:12
स्वर्गदूतले भने, “तिम्रो छोरोलाई नमार। उसलाई कुनै प्रकारको चोट पनि नलागोस्। मैले साँच्चै नै थाहा पाएँ तिमीले परमेश्वरलाई सम्मान गर्छौ अनि उहाँको आज्ञा पालन गर्छौ। तिमीले आफ्नो एक मात्र छोरोलाई मेरो निम्ति मार्न तयार भएको पनि मैले देखें।”

Genesis 24:49
अब भन्नु होस्, के तपाईं मेरा मालिकप्रति कृपालु अनि विश्वासी भई उनका छोरोलाई तपाईंकी छोरी दिनु हुन्छ? अथवा उसलाई तपाईंकी छोरी दिनु हुन्छ? भन्नु होस् मलाई त्यपछि मैले के गर्नु पर्छ म बुझ्नेछु।”

Genesis 26:22
इसहाक त्यहाँबाट गए अनि फेरि अर्को कूवा खनाए। तर त्यहाँ कूवाको विषयमा कोही पनि झगडा गर्न आएनन्। यसर्थ इसहाकले त्यस कूवाको नाउँ रहोबोत राखे। इसहाकले भने, “अहिले परमप्रभुले हाम्रो निम्ति स्थान पाउनु भएछ।” हामी अघि बढनेछौं अनि सफल हुनेछौं।”

Occurences : 433

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்