Psalm 81 in Nepali
1 खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ भनी गीत गाऊ। इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।
2 संगीत प्रारम्भ गर। खैंजडीहरू बजाऊ। सुरमय वीणा बजाऊ।
3 जब हाम्रो विश्राम शुरू हुन्छ। पूर्णिमा लागेको बेला तुरही फुक, औंसी परेको बेला नरसिङ्ग फुक।
4 त्यो इस्राएल का मानिसहरूको निम्ति नियम हो। परमेश्वरले याकूबलाई आज्ञा दिनुभयो।
5 जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो परमेश्वरले उनीसित यो करार गर्नुभयो। मिश्रमा हामीले नजानेको भाषा सुन्यौ।
6 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ। मैले तिमीहरूको कर्मीको डोको तिमीहरूको हातबाट लिए।
7 तिम्रा मानिसहरू संकटमा थिए। तिनीहरूले गुहार माँगे र मैले मुक्त पारें। तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ। त्यहीबाट मैले जवाफ दिएँ, मैले तिनीहरूलाई मरीबाकोपानीद्वारा जाँच गरे।”
8 “मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन। म तिमीहरूलाई मेरो करार-वचन दिनेछु। इस्राएल , कृपया मेरो कुरा ध्यानले सुन।
9 कुनै पनि कृत्रिम देवताहरू नमान जुन विदेशीहरूले मान्दछन्।
10 म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ, मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ। इस्राएल , तिमीहरू मुख खोल अनि म खुवाउने छु।
11 “तर मेरो मानिसहरू, तिमीहरूले मेरो कुरा सुनेनौ। इस्राएल ले मेरो आज्ञा पालन गरेन।
12 यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ, इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।
13 यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए अनि मेरो तरिका अनुसार बसेको भए।
14 तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ। म त्यस्ता मानिसहरूलाई दण्ड दिने थिएँ जसले इस्राएल मा संकटहरू ल्याउँदछ।
15 परमप्रभुका शत्रुहरू डरले काम्नेछन्। तिनीहरूलाई सदा दण्ड दिइनेछ।
16 परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गहुँ दिनुभयो। चट्टानलेतृप्त नहुञ्जेल सम्म तिनीहरूलाई मह दिए।”
Psalm 81 Verses
Nepali Bible