Psalm 130

1 हे परमप्रभु, म गहीरो संकटमा छु। यसैकारण म तपाईंलाई गुहार मान्छु।

2 मेरो स्वामी! मलाई ध्यान दिनु होस्। मेरो गुहार प्रति ध्यान दिनु होस्।

3 परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने, कुनै मानिस पनि जिउँदो हुने थिएन।

4 परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्, त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्।

5 म परमप्रभुको साथ पाउनलाई पर्खी बसेको छु, मेरो आत्माले उहाँलाई पर्खिन्छ, परमप्रभुले जे भन्नुहुन्छ म त्यसमा विश्वास गर्छु।

6 म मेरो स्वामीलाई पर्खिरहेछु। म एकजना पहरेदार जस्तै छु, जसले बिहान नहुञ्ञेल सम्म पर्खिरहन्छ।

7 हे इस्राएल , परमप्रभुमाथि भरोसा गर। स्नेहपूर्ण करूणा परमप्रभुसँग मात्र पाउन सकिन्छ।

8 परमप्रभुले घरिघरि हामीलाई बचाउनु हुन्छ। अनि परमप्रभुले इस्राएल वासीहरूका सारा पापहरूलाई क्षमा गरिदिनु हुन्छ।

1 A Song of degrees.

2 Out of the depths have I cried unto thee, O Lord.

3 Lord, hear my voice: let thine ears be attentive to the voice of my supplications.

4 If thou, Lord, shouldest mark iniquities, O Lord, who shall stand?

5 But there is forgiveness with thee, that thou mayest be feared.

6 I wait for the Lord, my soul doth wait, and in his word do I hope.

7 My soul waiteth for the Lord more than they that watch for the morning: I say, more than they that watch for the morning.

8 Let Israel hope in the Lord: for with the Lord there is mercy, and with him is plenteous redemption.

9 And he shall redeem Israel from all his iniquities.