Isaiah 44:22 तिम्रो पापहरू ठूलो बादल जस्ता थिए तर मैले ती पापहरू पखालिदिएँ। तिम्रा पापहरू मेटिएर गए, जसरी बादल पातलो हावामा हराउँदछ। मैले तिमीलाई जोगाएँ अनि बचाएँ यसैले तिमी फर्केर मकहाँ आयौ।”
Isaiah 44:22 in Other Translations
King James Version (KJV) I have blotted out, as a thick cloud, thy transgressions, and, as a cloud, thy sins: return unto me; for I have redeemed thee.
American Standard Version (ASV) I have blotted out, as a thick cloud, thy transgressions, and, as a cloud, thy sins: return unto me; for I have redeemed thee.
Bible in Basic English (BBE) I have put your evil doings out of my mind like a thick cloud, and your sins like a mist: come back to me; for I have taken up your cause.
Darby English Bible (DBY) I have blotted out, as a thick cloud, thy transgressions, and, as a cloud, thy sins: return unto me; for I have redeemed thee.
World English Bible (WEB) I have blotted out, as a thick cloud, your transgressions, and, as a cloud, your sins: return to me; for I have redeemed you.
Young's Literal Translation (YLT) I have blotted out, as `by' a thick cloud, Thy transgressions, And as `by' a cloud thy sins, Return unto Me, for I have redeemed thee.
Read Full Chapter :
Isaiah 44
Cross Reference
यशैया 43:25
“म, उही हुँ, जसले तिमीहरूका सारा पापहरू धोई पखाली दिएँ। मैले यी सबै स्वयंलाई खुशी पार्नलाई गर्दछु। म तिमीहरूका पापहरू सम्झने छैन्।
1 कोरिन्थी 6:20
परमेश्वरद्वारा मोल तिरेर तिमी किनिएकाछौ। यसैले आफ्नो शरीरद्वारा परमेश्वरको सम्मान गर।
यशैया 43:1
याकूब, तिमीलाई परमप्रभुले बनाउनु भयो। इस्राएल, तिमीलाई परमप्रभुले बनाउनु भयो। अनि अब परमप्रभु भन्नुहुन्छ, “तिमीहरू नडराऊ! मैले तिमीहरूलाई बचाएँ। मैले तिम्रो नाउँ राखे। तिमी मेरो हौ।
भजनसंग्रह 51:1
हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दायालु कृपादृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्।
1 पत्रुस 1:18
तिमीहरु जान्दछौ कि विगत समयमा तिमीहरु लक्ष्यहीन भई बाँचेका थियौ। तिमीहरुले त्यस तरिकाले जीवित रहने कुरा ती मानिसहरुबाट सिक्यौ जो तिमीहरु भन्दा अघि बाँचिरहेका थिए। तर तिमीहरुलाई त्यस तरिकाले बाँच्नबाट बँचाइयो। तिमीहरु किनियौ ती वस्तुहरुद्वारा होइन जो सुन वा चाँदी जस्तै नष्ट हुन्छ।
यशैया 48:20
मेरा मानिसहरू बाबेल त्याग। मेरा मानिसहरू, कल्दीहरूबाट भाग। आनन्दको स्वरले यो सन्देशहरू मानिसहरूसँग भन्। यो सन्देशहरू पृथ्वीको टाढा ठाउँहरूमा फैलाऊ। मानिसहरूलाई भन, “परमप्रभुले आफ्ना दास याकूबलाई बचाउनु भयो।
भजनसंग्रह 51:9
मेरो पापहरू तपाईं नहेर्नु होस्! ती सबै मेटी दिनुहोस्!
यशैया 55:7
दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ। तिनीहरूले नराम्रा कुराहरू सोच्न छाडनु पर्छ। तिनीहरू परमप्रभुकहाँ फेरि एकपल्ट आउनु पर्छ। तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ। ती मानिसहरू परमप्रभुकहाँ आउनु पर्नेछ किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ।
यशैया 59:20
तब सियोनमा मुक्तिदाता आउनेछ। उहाँ याकूबको सन्तानहरूकहाँ आउनु हुनेछ जसले पापगरे तर परमप्रभु कहाँ फर्केर आए।
यर्मिया 3:1
“यदि एकजना मानिसले आफ्नी पत्नीसित छुटानाम गर्छ र त्यस पत्नीले अर्को मानिससित विवाह गरी भने के त्यो पहिलो मानिस त्यही स्त्रीसित फेरि सम्बन्ध राख्न आँउछ? अँह, यदि त्यस स्त्रीकहाँ त्यो पहिलो पुरूष फर्की आए, जमीन नै एकदमै दूषित हुनेछ। तिमी धेरै प्रेमीहरूसित वेश्या झैं व्यवहार गरिरहेका छौ। अनि अब तिमी मकहाँ फर्की आउनु चाहन्छौ।” यो सन्देश परमप्रभुबाट आएको हो।
यर्मिया 3:12
यर्मिया, उत्तर दिशा तिर अघि बढ अनि यो सन्देश घोषणा गर‘हे इस्राएलका विश्वासहीन मानिसहरू हो, फर्की आऊ।’ यो सन्देश परमप्रभुबाट आएको थियो। ‘तिनीमाथि आँखा तर्न बन्द गर्छु। म कृपालु छु।’ यो सन्देश परमप्रभुबाट आएका हो। म अब उसो तिमीसित रीस गर्ने छैन।
यर्मिया 18:23
हे परमप्रभु, मलाई मार्ने तिनीहरूका योजनाहरू तपाईं जान्नुहुन्छ। तिनीहरूका अपराधहरू क्षमा नगर्नु होस्। तिनीहरूका पापहरू नमेटिदिनो होस्। मेरा शत्रुहरूलाई ध्वंस गर्नु होस्। जब तपाईं क्रोधित हुनुहुन्छ। ती मानिसहरूलाई दण्ड दिनु होस्।
नहेम्याह 4:5
तिनीहरूको दोष नढाकि दिनुहोस् अनि तिनीहरूको पाप तपाईंको दृष्टिदेखि मेटिन नदिनुहोस्। किनभने तिनीहरूले निर्माण कर्त्ताहरूलाई अपमान गरेका छन्।”
विलाप 3:42
उहाँलाई भनौं, “हामीले पाप गर्यौं र बागी भयौं त्यसैकारण तपाईंले हामीलाई क्षमा दिनु भएन।”
होशे 14:1
हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ।
लूका 1:73
उहाँले हाम्रा पुर्खा अब्राहामको अघि शपथ खानु भएकोछ।
प्रेरित 3:18
परमेश्वरले सबै अगमवक्ताहरूको माध्यमद्वारा भनिसक्नु भएको थियो कि ख्रीष्ट पीडित हुनेछन् र मर्नेछन्। मैले तिमीहरूलाई भनेकोछु कसरी परमेश्वरले यी कुराहरू पूर्ण गर्नुभयो।
तीतस 2:12
त्यही अनुग्रहले हामीलाई परमेश्वरको विरुद्ध नबाँच्नु भन्ने सिकाउँछ अनि संसारले चाहेको जस्तो कुकर्म गर्नबाट हामीलाई रोक्छ। त्यो अनुग्रहले हामलीई पृथ्वीमा ज्ञानी अनि सही तरिकाले हाम्रो जीवन जिउन सिकाउँछ जसले हामी परमेश्वरको सेवा गर्छों भन्ने देखाउँछ।
यर्मिया 33:8
मेरो विरोधमा तिनीहरूले गरेको पाप धोई पखाल्नेछु। तिनीहरूले मेरो विरूद्ध गरेको सबै पाप र विद्रोहहरू क्षमा गर्नेछु।
अय्यूब 37:11
परमेश्वरले बादलमा पानी भर्नुहुन्छ, अनि गर्जने मेघ फैलाउनु हुन्छ।
भजनसंग्रह 103:12
अनि परमेश्वरले हाम्रो पापहरू पूर्व र पश्चिम टाढा-टाढा रहे जस्तो टाढो राखि दिनुभयो।
भजनसंग्रह 109:14
भरोसा छ परमप्रभुले मेरो शत्रुको पिताका पापहरूलाई स्मरण गर्नुहुनेछ। अनि भरोसा छ उसकी आमाले गरेका पापहरू कहिल्यै मेटिन्दैन्।
यशैया 1:18
परमप्रभु भन्नहुन्छ, “आऊ, ती कुराहरूमा चर्चा गरौं। तिमीहरूका पापहरू सिंदूर जस्ता राता छन्, तर तिनीहरू पखालेर फ्याँक्न सकिन्छ र तिमीहरू हिउँ जस्ता सेतो हुनेछौ। तिमीहरूका पापहरू चहकिलो राता छन्, तर तिमीहरू ऊन जस्तो सेतो हुन सक्छौ।
यशैया 1:27
सियोन परमप्रभुको न्यायद्वारा उद्धार हुनेछ अनि जो उहाँकहाँ फर्कन्छ तिनीहरूलाई उहाँको धार्मिकताले उद्धार गरिनेछ।
यशैया 51:11
परमप्रभुले उहाँका मानिसहरूलाई बचाउनु हुन्छ। तिनीहरू आनन्दित भएर सियोन फर्किनेछन्। तिनीहरू अत्यन्त खुशी हुनेछन्। तिनीहरूका खुशीयाली तिनीहरूको शिरको एउटा मुकुट सरह सदा-सर्वदा रहने छ। तिनीहरूले खुशीसँग गाउनेछन् सबै दुखद अवस्थाहरू टाढा हटेर जानेछ।