Zephaniah 3:17 परमप्रभु तिम्रो परमेश्वर तिम्रो साथमा हुनुहुन्छ। उहाँ एकजना शक्तिशाली सैनिक जस्तै हुनुहुन्छ। उहाँले तिम्रो रक्षा गर्नु हुनेछ। उहाँले तिमीलाई कति प्रेम गर्नु हुन्छ सो उहाँले देखाउनु हुन्छ। तिमीसित उहाँ कति प्रसन्न हुनुहुन्छ। उहाँ हाँस्नु हुनेछ अनि तिम्रो बिषयमा अतिनै प्रसन्न रहनुहुनेछ।
Zephaniah 3:17 in Other Translations
King James Version (KJV) The LORD thy God in the midst of thee is mighty; he will save, he will rejoice over thee with joy; he will rest in his love, he will joy over thee with singing.
American Standard Version (ASV) Jehovah thy God is in the midst of thee, a mighty one who will save; he will rejoice over thee with joy; he will rest in his love; he will joy over thee with singing.
Bible in Basic English (BBE) The Lord your God is among you, as a strong saviour: he will be glad over you with joy, he will make his love new again, he will make a song of joy over you as in the time of a holy feast.
Darby English Bible (DBY) Jehovah thy God is in thy midst, a mighty one that will save: he will rejoice over thee with joy; he will rest in his love; he will exult over thee with singing.
World English Bible (WEB) Yahweh, your God, is in the midst of you, a mighty one who will save. He will rejoice over you with joy. He will rest in his love. He will rejoice over you with singing.
Young's Literal Translation (YLT) Jehovah thy God `is' in thy midst, A mighty one doth save, He rejoiceth over thee with joy, He doth work in His love, He joyeth over thee with singing.'
Read Full Chapter :
Zephaniah 3
Cross Reference
Hebrews 7:25
यसैले जो पनि उहाँको मार्फत परमेश्वरकहाँ आउँछन् ख्रीष्टले तिनीहरूलाई बचाउनु हुन्छ। ख्रीष्टले यो सदाकाल गर्नसक्नु हुन्छ, किनभने जो परमेश्वरकहाँ आउँछ त्यसको सहायताको निम्ति उहाँ सधैं बाँच्नुहुन्छ।
Psalm 149:4
परमप्रभु उहाँका मानिसहरूसँग खुशी हुनुहुन्छ। परमेश्वरले आफ्ना नम्रहरूको लागि आश्चर्यजनक कामहरू गर्नुभयो। उहाँले तिनीहरूलाई बचाउनु भयो!
Zephaniah 3:15
किन? किनभने परमप्रभुले तिम्रो दण्ड रोकिदिनु भयो। उहाँले तिम्रो शत्रुहरूको दृढ किल्लाहरू नष्ट गरिदिनु भयो। इस्राएलका राजा परमप्रभु तिम्रो साथमा हुनुहुन्छ। तिमीले कुनै नराम्रो घटनाको बारेमा चिन्ता गर्नु पर्ने आवश्यक्ता छैन।
Isaiah 62:4
तिमीलाई ‘परमेश्वरले’ त्यागेका मानिसहरू फेरि कहिल्यै भनिने छैन।’ तिमीहरूका देशलाई फेरि कहल्यै यसो भन्ने छैन, ‘परमेश्वरले नाश गर्नु भएको देश।’ तिमीहरू डाकिनेछौ परमेश्वरले प्रेम गर्नु भएका मानिसहरू भनी।’ तिमीहरूको देशलाई, ‘परमेश्वरको बेहुला।’भनिने छ। किन? किनभने परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूको देश उहाँकै सम्पत्ति हो।
Jeremiah 32:41
तिनीहरूलाई भलाई गर्नुमा म खुशी रहेनछु। म निश्चय तिनीहरूलाई यस देशमा रोप्ने छु र हुर्काउने छु। म आफ्नो जम्मै हृदय र मनले त्यसो गर्ने छु।”‘
Psalm 147:11
परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ जसले उहाँलाई पूज्दछन्। परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ जसले उहाँको प्रेममा भरोसा राख्दछ।
Luke 15:23
त्यो मोटो बाछा ल्याऊ, त्यसलाई मार अनि हामी खाएर भोज मनाउँछौं।
Zephaniah 3:5
तर परमेश्वर अझै तिनीहरूको शहरमा हुनुहुन्छ अनि तिनीहरूलाई न्याय गर्नुहुन्छ। परमेश्वरले केही पनि नराम्रो गर्नुहुन्न। उहाँले सधैं उहाँका मानिसहरूको भलाई गर्नुहुन्छ। प्रत्तेक बिहान परमेश्वरले उहाँका मानिसहरूलाई असल निर्णय लिन सहायता गर्नुहुन्छ। तर दुष्ट मानिसहरू तिनीहरूले गरेको गल्तीको निम्ति लज्जित हुनुपर्छ भन्ने पनि जान्दैनन्।
Isaiah 12:2
परमेश्वरले मलाई बचाउनु हुन्छ। म उहाँमाथि भरोसा गर्दछु। म डराउने छैन्। परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ। अनि म उहाँको महिमाको गुणगान गर्नेछु।
John 15:11
मैले यी कुराहरू भनिसकेकोछु, यसैले तिमीहरूले त्यस्तै आनन्द पाउन सक्नेछौ जुन मसंग छ। म तिमीहरूको आनन्द एक पूर्ण आनन्द भएको देख्नु चाहन्छु।
Numbers 14:8
यदि परमप्रभु हामीसित सन्तुष्ट हुनु भए उहाँको अगुवाईमा हामीलाई त्यस भूमिमा पुर्याउनु हुनेछ अनि त्यो दूध र मह बग्ने भूमि हामीलाई दिनु हुनेछ।
Deuteronomy 30:9
परमप्रभु तिम्रा परमेश्वरले तिमी जुन सुकै काम हातमा लिन्छौ सफल तुल्याइ दिनु हुनेछ। परमप्रभुले तिम्रो सन्तानमा वृद्धि, गाई-बस्तुहरूमा बाछा-बाछीहरू वृद्धि तथा खेतवारीको अन्न तथा फल फूलहरूमा बृद्धि गराई दिनु हुनेछ। परमप्रभु तिम्रा पिता-पुर्खाहरूसँग खुशी हुनुहुन्थ्यो तिमीहरूसित पनि त्यस्तै खुशी हुनुहुनेछ।
Luke 15:5
अनि जब उसले हराएको भेडा पाउँछ ऊ अति खुशी हुन्छ। त्यो मानिसले भेडालाई आफ्नो काँधमा बोकेर ल्याउनेछ।
Genesis 18:14
के परमप्रभुको निम्ति केही चीज गर्न गाह्रो छ? होइन! जब म वसन्तमा आउनेछु अनि तिम्री पत्नी साराले छोरो जन्माउनेछिन्।”
Isaiah 63:1
एदोमबाट को आइरहेछ? उ बोज्राबाट आउँदछ। अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्। उसको तेजस्वी उसकै पोशाकहरूमा छ। ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ। उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ। अनि म सत्य बोल्छु।”
Isaiah 65:19
तब म यरूशलेमसँग आनन्दित हुनेछु। म मेरा मानिसहरूसँग खुशी हुनेछु। त्यहाँ फेरि कहिल्यै पनि कोलाहल, र कष्ट हुनेछैन्।
Luke 15:32
हामी सबै खुशी होऊ र भोजन गरौं। किनभने तिम्रोभाई मरेको थियो अनि जिउँदो फर्की आएको छ। ऊ हराएको थियो तर अहिले पाइएको छ।”‘
Genesis 1:31
परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो।त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।
John 13:1
यो प्राय यहूदीहरूको निस्तार चाड आइसकेको बेला थियो। येशूले जान्नु हुन्थ्यो कि अब उहाँ को संसार छोडने समय आइपुग्कोछ। अब आफ्ना पिता कहाँ फर्की जाने समय आइपुगेकोछ। येशूले सधैं तिनीहरूलाई प्रेम गर्नु भयो जो उहाँसंग त्यस संसारमा थिए। अब येशूले तिनीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो।
Isaiah 63:12
परमप्रभुले मोशालाई दाहिने हातले डोर्याउनु भयो। मोशालाई डोर्याउनकोलागि परमप्रभुले आफ्नो अद्भुत शक्ति प्रयोग गर्नभयो। परमप्रभुले पानीलाई दुइ भागमा विभाजन गर्नु भयो ताकि मानिसहरू समुद्रबाट हिड्न सकुन्। त्यस्ता महान कुराहरू गरेर परमप्रभुले आफ्नो नाउँ प्रख्यात पार्नुभयो।
Isaiah 18:4
परमप्रभुले भन्नुभयो, “मेरा निम्ति तयार पारेको ठाउँमा म हुनेछु। म चुपचाप ती घटनाहरू भएको हेर्नेछु।
Isaiah 12:6
हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ! इस्राएलका परमपवित्र परमेश्वर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ। त्यसैले आनन्दित हौऊ!
Isaiah 9:6
कुनै विशेष बालक जन्मदा त्यस्तो घट्ना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनु हुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नाउँ “अचम्मका सल्लहाकार, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ।”
Psalm 24:8
महिमाका महाराज को हुनुहुन्छ? परमप्रभु नै ती राजा हुन्। उहाँ शक्तिशाली सिपाही हुनुहुन्छ। परमप्रभु उही राजा हुनुहुन्छ, उहाँ पराक्रमी हुनुहुन्छ।
Genesis 17:1
जब अब्राम 99 वर्ष पुगे परमप्रभु तिनी सामु प्रकट हुनुभयो। परमप्रभुले भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ। मसित सही पथ अनुशरण गर।
Genesis 2:2
परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरुबाट विश्राम लिनुभयो।