मत्ती 2:16
ज्योतिषीहरूबाट हेरोदले धोका पाएको थाहा पाएपछि तिनी साह्रै रिसाए। अनि बेतलेहेम र त्यसका छेउछाउमा भेट्टाएका सबै स-साना बालकहरूलाई मार्ने आदेश दिए। ज्योतिषीहरूबाटै हेरोदले बालक जन्मेको समय पत्ता लगाएका थिए। त्यस बेलादेखि अहिलेसम्म दुइ र्वषको अवधि बितेको थियो। अनि हेरोदले दुइ र्वष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाएका थिए।
मत्ती 2:18
“रामामा एउटा स्वर सुनियो, रूवाबासी र आलाप-विलापको, राहेलले आफ्ना बालकहरूको लगि विलाप गरिरहेकी थिइन; शान्त बन्न तिनले अस्वीकार गरिन् किनकि, तिनका बालकहरू अब जीवित थिएनन्।”
मत्ती 2:22
तर यूसुफले यहूदियामा त्यसबेला अर्खिलाउस राजा भएको कुरो सुने। आफ्ना बाबु हेरोदको मृत्युपछि अर्खिलाउस राजा भए। यसकारण यूसुफ त्यहाँ जान डराए। सपनामा पनि तिनलाई चेताउनी भयो। त्यसपछि तिनले त्यो ठाउँ छाडे अनि गालीलको इलाकामा गए।
मत्ती 2:23
यूसुफ नासरत भन्ने ठाउँमा पुगे र त्यही बस्न थाले। यसरी अगमनक्ताद्वारा बोलिएको वचन सत्य भयो। परमेश्वरले भन्नुभएको थियो कि “ख्रीष्टलाई नासरीभनिनेछ।”
मत्ती 3:9
अनि ‘अब्राहामनै हाम्रा पिता हुनुहुन्छ’ भन्ने कुरा आपसामा विचार नगर। म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी दुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ।
मत्ती 4:6
शैतानले भन्यो, ‘यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम फालनुहोस्। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ‘परमेश्वरले तपाईंको निम्ति स्वर्गदूतहरूलाई खटाउनु हुनेछ, अनि तिनीहरूले तपाईंलाई हात-हातमा उचाल्नेछन्, जसद्वारा, तपाईंको खुट्टाहरू ढुङ्गामा बजारिने छैनन्।”‘
मत्ती 4:12
येशूले यूहन्ना थुनामा परे भन्ने कुरा सुन्नु भयो। त्यसपछि उहाँ गालील तर्फ लाग्नुभयो।
मत्ती 5:3
“ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
मत्ती 5:4
धन्य शोक गर्नेहरू, किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ।
मत्ती 5:5
धन्य विनम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।
Occurences : 1292
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்