मत्ती 5:22
तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खडा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ।
मत्ती 7:26
तर प्रत्येक मानिस जसले मेरा कुरा सुन्छ तर मेरो अनुसरण गर्दैन, त्यो एउटा मूर्ख मानिस जस्तै हो। उसले आफ्नो घर बालुनामाथि बनायो।
मत्ती 23:17
तिमीहरू अन्धो-मूर्खहरू हौ! सुन ठूलो हो की सुनलाई पवित्र पार्ने मन्दिर लो?
मत्ती 23:19
तिमीहरू अन्धो हौ। भेटी कि भेटीलाई पवित्र तुल्याउने वेदी ठूलो हो?
मत्ती 25:2
पाँचवटी कन्याहरू मूर्ख थिए। अनि पाँचवटी कन्याहरू बुद्धिमती थिए।
मत्ती 25:3
ती पाँचवटी मूर्ख कन्याहरूले आफ्ना दीयो लिए तर आफूसित जोगेडा तेल लगेनन्।
मत्ती 25:8
तब बुद्धिहीन कन्याहरूले बुद्धिमती कन्याहरूलाई भने, ‘हामीलाई तिमीहरूको केही तेल देऊ किनभने हाम्रोमा भएको तेल सकियो अनि हाम्रा दीयोहरू निभ्दैछन्।’
1 कोरिन्थी 1:25
किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा ज्ञानी हुन्छ। परमेश्वरको दुर्बलता मानव शक्ति भन्दा बलवान् हुन्छ।
1 कोरिन्थी 1:27
तर ज्ञानी मानिसहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरू छान्नु हुन्छ। बलिया मानिसहरूलाई लाज पार्न परमेश्वरले संसारका निर्धा कुराहरू छान्नु हुन्छ।
1 कोरिन्थी 3:18
कसैले आफैलाई धोका नदिवोस्। यदि तिमीहरू मध्ये कसैले यस संसारमा आफूलाई ज्ञानी संझन्छ भने मूर्ख बन्नु पर्छ तब मात्र उ साँच्चिकै ज्ञानी बन्न सक्छ।
Occurences : 13
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்