1 Peter 3:11 त्यस व्यक्तिले कुकर्म गर्नु छाडनुपर्छ अनि असल कार्य गर्नुपर्छ, त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ अनि त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ।
1 Peter 3:11 in Other Translations
King James Version (KJV) Let him eschew evil, and do good; let him seek peace, and ensue it.
American Standard Version (ASV) And let him turn away from evil, and do good; Let him seek peace, and pursue it.
Bible in Basic English (BBE) And let him be turned from evil and do good; searching for peace and going after it with all his heart.
Darby English Bible (DBY) And let him avoid evil, and do good; let him seek peace and pursue it;
World English Bible (WEB) Let him turn away from evil, and do good. Let him seek peace, and pursue it.
Young's Literal Translation (YLT) let him turn aside from evil, and do good, let him seek peace and pursue it;
Read Full Chapter :
1 Peter 3
Cross Reference
मत्ती 5:9
धन्य शान्ति मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना पुत्र भन्नुहुनेछ।
भजनसंग्रह 34:14
नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर। शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।
हिब्रू 12:14
सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन।
रोमी 12:18
सबैसँग शान्तिसित बस्ने चेष्टा गर।
यूहन्ना 17:15
मैले तपाईंसंग तिनीहरूलाई संसारबाट लगिदिनुहोस् भनेर भनिरहेको छैन। तर तिनीहरूलाई दुष्टाबाट जोगाई राख्नुहोस् चाँहि भनिरहेछु।
मत्ती 5:45
यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँचो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ।
मत्ती 6:13
हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर हामीलाई दुष्टबाट बँचाउनु होस्।
रोमी 5:1
हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेकाछौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं।
रोमी 7:21
त्यसैले मैले आफैमा एउटा विधान भेटें जब म असल गर्न चाहन्छु मभित्र संधैं दुष्ट रहन्छ।
रोमी 8:6
यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियंत्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ।
रोमी 14:17
परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कूरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द।
रोमी 14:19
यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्।
गलाती 5:22
तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता,
गलाती 6:10
जब हामीले अवसर पाउँछौं, सबैलाई सहायता गरौं। विशेष गरी तिनीहरूलाई जो विश्वासी परिवारका छन्।
कलस्सी 3:15
ख्रीष्टको शान्तिले तिमीहरूको हृदयलाई नियन्त्रण गरोस। तिमीहरूले शान्ति पाऊ भनी एउटै शरीरमाबोलाईएका छौ। सदा सर्वदा धन्य होऊ।
1 तिमोथी 6:18
धनीहरूलाई राम्रो काम गर्नु अनि राम्रो काम गरेर धनी हुनु भन्नु। अनि दिनुमा र बाँडनुमा खुशी हुनु भन्नु।
हिब्रू 13:16
अनि अर्काको भलाई गर्न र अरूका भागीदार बन्न नभूल। बलिहरू यिनै हुन् जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
याकूब 3:17
तर ज्ञान जो माथिका परमेश्वरबाट आउँछ त्यो यस्तो हुन्छ प्रथम त्यो शुद्ध हुन्छ। त्यो शान्तिमय नम्र र र्तक संगति हुन्छ। यो ज्ञान सर्वदा जो मानिसहरू समस्यामा छन् तिनीहरूलाई सहायता गर्न सधैँ तत्पर रहन्छ अनि अन्य मानिसहरूको लागि उपकार गर्ने हुन्छ। यो ज्ञान सदैव निष्पक्ष अनि इमान्दार हुन्छ।
याकूब 4:17
अनि जब एक व्यक्तिले भलाई गर्न जान्दछ, तर भलाई गर्दैन, भने उसले पाप गरिरहेछ।
3 यूहन्ना 1:11
मेरा प्रिय मित्रहरु! जे नराम्रो छ त्यसको अनुसरण नगर, जे राम्रो छ त्यसको अनुकरण गर। मानिस जसले जे राम्रो छ त्यो गर्छ भने उ परमेश्वरबाट आएको मानिस हो। तर कुनै एक जसले नराम्रो काम गर्छ त्यसले कहिल्यै पनि परमेश्वरलाई देखेको हुँदैन।
भजनसंग्रह 37:27
यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने तिमी सघैं बाँच्ने छौ।
भजनसंग्रह 125:4
हे परमप्रभु, धर्मी मानिसहरू प्रति हितकारी बन्नुहोस। पवित्र हृदय भएकाहरू प्रति हितकारी बन्नुहोस्।
हितोपदेश 3:7
आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराउनु अनि दुष्कर्मबाट टाडो बस्नु।
हितोपदेश 16:6
राज भक्ति अनि विश्वासयोग्यताले दोषलाई मेटिदिन्छ। अनि परमप्रभु प्रतिको सम्मानले विपत्तिबाट बचाउँछ।
हितोपदेश 16:17
धर्मी मानिसहरूको बाटोले दुर्भाग्यलाई त्याग्छ, आत्मालाई जोगाउँन चाहने मानिसले ऊ कहाँ जान्छ त्यसको ख्याल गर्नु पर्छ।
मर्कूस 14:7
गरीब मानिसहरू सँधैं तिमीहरूसंग हुनेछन्। तिनीहरूले जतिबेला चाहन्छौ त्यत्तिबेला तिनीहरूलाई मदत गर्नसक्छौ। तर म सधैं तिमीहरूसंग हुने छैन।
लूका 1:79
उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मदत गर्नु हुनेछ। उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।”
लूका 6:9
येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्दछु विश्रामको दिन के काम गर्न उचित होलाः राम्रो वा नराम्रो? प्राण बँचाउनु वा नाश गर्नु?”
लूका 6:35
यसैले आफ्ना शत्रुहरूलाई प्रेम गर। तिनीहरूसंग राम्रो गर, अनि तिनीहरूबाट केही आशा नराखी ऋण देऊ। यदी तिमीहरूले यसो गर्यो भने तिमीहरूले ठूलो इनाम पाउनेछौ, तिमीहरू सर्वौच्च परमेश्वरका सन्तानहरू झैं हुनेछौ किनभने परमेश्वर बैगुनी तथा दुष्टहरू प्रति पनि कृपालु हुनुहुन्छ।
रोमी 7:19
आफूले चाहेको असल कुरा पनि म र्गदिनँ। त्यसको बदली गर्न नचाहेको नराम्रो कुरा चाहिं म गर्छु।
अय्यूब 28:28
अनि परमेश्वरले मानिसहरूलाई भन्नुभयो, “परमेश्वरको डर र सम्मान नै ज्ञान हो। खराब कामहरूबाट आफूलाई अलग राख्नु बुद्धि हो।”
अय्यूब 2:3
तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैंले मेरो दास अय्यूबलाई कतै देखिस्? अय्यूब जस्तो यस पृथ्वीमा अन्य कोही मानिस छैन। अय्यूब एक असल र ईमान्दारी मानिस हो। उसले परमेश्वरको आराधना गर्दछ र अशिष्ट कुराहरू गर्न देखि टाढा बस्छ। तैंले मलाई उसित भएको प्रत्येक चीज कुनै कारण बिनै ध्वंश पार्ने सुझाव दिएता पनि अझ उसले सही काम नै गर्छ।”
भजनसंग्रह 120:6
म शान्ति घृणा गर्ने मानिसहरूसँग धेरै समय सम्म बसें।
अय्यूब 1:1
अय्यूब नाउँ भएको एकजना मानिस ऊज मुलुकका वासिन्दा थिए। अय्यूब एकजना असल र ईमान्दारी मानिस थिए। अय्यूबले परमेश्वरलाई आदर गर्थे र तिनी खराब कर्महरूबाट पर सर्थे।
यशैया 1:16
“आफु स्वयंलाई धोई-पखाल। आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक म त्यस्ता नराम्रा कामहरू हेर्न चाँहदिन गल्ती काम नगर!