Base Word
ταχέως
Short Definitionbriefly, i.e., (in time) speedily, or (in manner) rapidly
Long Definitionquickly, shortly
Derivationadverb from G5036
Same asG5036
International Phonetic Alphabettɑˈxɛ.os
IPA modtɑˈxe̞.ows
Syllabletacheōs
Dictionta-HEH-ose
Diction Modta-HAY-ose
Usagehastily, quickly, shortly, soon, suddenly

Luke 14:21
त्यसपछि त्यो नोकर र्फकियो। त्यसले आफ्नो मालिकलाई वृतान्त सुनायो। मालिक अत्यन्तै रिसायो अनि भन्यो, चाँढो गर। शहरका गल्ली र साँघुरो बाटो तिर जाऊ अनि गरीब मानिसहरू, लङ्गडा र अन्धो तथा लुलाहरूलाई ल्याऊ।

Luke 16:6
त्यस मानिसले भन्यो, मैले तिनलाई चार हजार किलोग्राम जैतून तेल दिनुपर्छ। त्यो भण्डारीले त्यसलाई भन्यो, यहाँ तिम्रो सूची छ, बसेर झट्टै सूची घटाउने काम गर र दुईहजार किलोग्राम लेख।

John 11:31
यहूदीहरू मरियमसंग घरमा थिए। तिनीहरूले उनलाई सान्त्वना दिइरहेका थिए। तिनीहरूले मरियमलाई छिट्टै उठेर गएको देखे। तिनीहरूले सोचे कि तिनी लाजरसको चिहानमा गएकी हुन्। तिनीहरूले सोचे कि उनी त्यहाँ रून गएकी हुन्। तिनीहरूले उनलाई पछ्याए।

1 Corinthians 4:19
तर म चाँहि सबै तिमीहरूकहाँ चाँडै आउनेछु। परमप्रभुले चाहनु भए म अवश्यै आउनेछु। तब म केवल हेर्दिन कि यी घमण्डीहरू के भन्न सक्दो रहेछन् तर म यो हेर्छु कि तिनीहरू के गर्न सक्दो रहेछन्।

Galatians 1:6
केही समय अघि परमेश्वरले तिमीहरूलाई उनको अनुसरण गर्नु बोलाए। उनले तिमीहरूलाई आफ्नो अनुग्रहले बोलाए जुन ख्रीष्ट मार्फत आँउछ। तर अहिले तिमीहरूलाई देखेर म छक्क परें कि तिमीहरूले बाटो बिराएका छौ र अर्कै सुसमाचारमा विश्वास गर्न थालेका छौ।”

Philippians 2:19
तिमोथीलाई तिमीहरूकहाँ चाडै पठाउँला भनी म प्रभु येशूमा आशा गर्दछु। तिमीहरूको बारेमा सुनेर म र्हषित हुनेछु।

Philippians 2:24
म पुरै भरोसामा छु कि तिमीहरूलाई चाँडै भेट्नु जानु प्रभुले सहायता गर्नु हुनेछ।

2 Thessalonians 2:2
यदि कतैबाट तिमीहरूले प्रभुको आगमन भइसकेको चाल पाए तिमीहरू सजिलै बिचलित हुने अथवा डराउनै पर्दैन। कसै-कसैले भन्लान कि यो अगमवाणीमा छ अथवा सुसमाचारमा छ अथवा तिमीहरू चिट्ठी पढ्न सक्छौ जुन तिमीहरूले भन्छन् कि तिनीहरू हामीबाट आएका हुन्।

1 Timothy 5:22
धर्मगुरू बनाउनाका निम्ति कसैमाथि तिम्रो हात राख्नको अघि होशियारीसित सोच। अरूका पापहरूका सह भागी नहोऊ। आफूलाई शुद्ध राख।

2 Timothy 4:9
जति चाँडो सम्भव हुन्छ, मकहाँ आउने कोशिश गर।

Occurences : 10

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்