Bible

Psalm 85 - WEB (Nepali)

1 > Yahweh, you have been favorable to your land. You have restored the fortunes of Jacob.हे परमप्रभु, आफ्ना देश प्रति कृपा राख्नुहोस्। याकूबका परिवारहरू परदेशमा निष्कासित छन् तिनीहरूलाई आफ्नो देशमा फेरि ल्याउनु होस्।

2 You have forgiven the iniquity of your people. You have covered all their sin. Selah.हे परमप्रभु, आफ्ना मानिसहरूलाई, क्षमा गर्नुहोस् तिनीहरूका पापहरू मेटाई दिनुहोस्!

3 You have taken away all your wrath. You have turned from the fierceness of your anger.हे परमप्रभु, क्रोधीत हुनदेखि रोकिनु होस्, पागल नबन्नु होस्।

4 Turn us, God of our salvation, And cause your indignation toward us to cease.हाम्रो परमेश्वर अनि रक्षक, हामीमा क्रोधी हुनदेखि रोकिनु होस्, अनि हामीलाई फेरि ग्रहण गर्नुहोस्।

5 Will you be angry with us forever? Will you draw out your anger to all generations?के तपाई हामी संग सधैं क्रोधित हुनुहुन्छ?

6 Won't you revive us again, That your people may rejoice in you?दया गरी हामीसंग प्रसन्न हुनुहोस्, तपाईंको मानिसहरूलाई खुशी बनाउँनु होस्।

7 Show us your loving kindness, Yahweh. Grant us your salvation.हे परमप्रभु! हामीलाई देखाउनु होस् कि तपाईंले हामीलाई प्रेम गर्नु हुन्छ। हामीलाई आपत्तिबाट बचाउँनु होस्।

8 I will hear what God, Yahweh, will speak, For he will speak peace to his people, his saints; But let them not turn again to folly.उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाए। परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ। यदि तिनीहरू पछि फर्केर मुर्खताको बाटोमा हिडेनन् भने उनीहरूले शान्ति पाउने छन्।

9 Surely his salvation is near those who fear him, That glory may dwell in our land.परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउँनु हुनेछ। हामीहरू चाडै इज्जतको साथ हाम्रा स्थानमा पस्नेछौ।

10 Mercy and truth meet together. Righteousness and peace have kissed each other.परमेश्वरको साँचो प्रेममा उनका सबै भक्तजनहरू भेट हुन्छन्। धार्मिकता र शान्तिले तिनीहरूलाई चुम्बन गरी स्वागत गर्नेछन्।

11 Truth springs out of the earth. Righteousness has looked down from heaven.पृथ्वीमा बस्ने मानिसहरू परमेश्वरमा विश्वासी हुनेछन्। अनि स्वर्गको परमेश्वर उनीहरूको निम्ति असल हुनुहुनेछ।

12 Yes, Yahweh will give that which is good. Our land will yield its increase.परमेश्वरले हामीहरूलाई धेरै उत्तम थोकहरू दिनु हुनेछ, अनि जमीनले धेरै अन्न उब्जाउँनेछ।

13 Righteousness goes before him, And prepares the way for his steps.धार्मिकताचाहिं परमेश्वरको अघि जान्छ, र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।

Nepali Bible