Bible

Psalm 70 - WEB (Nepali)

1 > Hurry, God, to deliver me. Come quickly to help me, Yahweh.हे परमेश्वर, मलाई बचाउनु होस्! हे परमेश्वर, मलाई सहायता गर्नलाई आत्तुरी गर्नुहोस्।

2 Let them be disappointed and confounded who seek my soul. Let those who desire my ruin be turned back in disgrace.मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्। तिनीहरूलाई असन्तुष्ट पार्नुहोस्। तिनीहरूलइ अपमानित पार्नुहोस्। मानिसहरू मप्रति अधर्म काम गर्न चाहन्छन्। तिनीहरूका पतन हुन्छ र लज्जित अनुभव गर्छन् भन्ने मलाई लाग्दछ।

3 Let them be turned because of their shame Who say, "Aha! Aha!"मानिसहरूले मलाई हाँसोको पात्र बनाए। ज-जसले मेरो निन्दा गरे जुन कुराको निम्ति तिनीहरू योग्य छन् तिनीहरूले त्यो पाउन सकुन्।

4 Let all those who seek you rejoice and be glad in you. Let those who love your salvation continually say, "Let God be exalted!"ज-जसले तपाईंको उपासना गर्छन, तिनीहरू खुबै खुशी होऊन्। जसले तपाईंको मुक्तिलाई प्रेम गर्छन् सधैं तपाईंको प्रशंसा गरून्।

5 But I am poor and needy. Come to me quickly, God. You are my help and my deliverer. Yahweh, don't delay.हे परमेश्वर! म दीन-दुःखी र असहाय मानिस हुँ! हे परमेश्वर! चाँडो आएर मलाई बचाउनु होस्! हे परमेश्वर, तपाईंले मात्र मलाई बचाउन सक्नु हुन्छ! अझ विलम्ब नगर्नुहोस्!

Nepali Bible