Psalm 54

1 हे परमेश्वर, तपाईंको शक्ति प्रयोग गरेर मलाई बचाउनु होस्। मलाई स्वतन्त्रपार्नलाई तपाईंको शक्ति प्रयोग गर्नुहोस्।

2 हे परमेश्वर, मेरो प्रार्थना सुनी दिनुहोस्। मैले भनेका कुराहरूमा ध्यान दिनुहोस्।

3 विदेशीहरू जसले परमेश्वरलाई उपासना गर्दैनन् उनीहरू मेरो विरूद्ध उठिरहेछन्। ती शक्तिशाली मानिसहरूले मलाई मार्न खोजिरहेछन्।

4 हेर, मेरो परमेश्वरले मलाई बचाउँनु हुनेछ। मेरो स्वामीले मलाई साथ दिनुहुनेछ।

5 जो मेरो विरूद्धमा उभिन्छन् तिनीहरूलाई परमेश्वरले दण्ड दिनुहुनेछ। परमेश्वर मप्रति साँचो हुनुहुन्छ, अनि उहाँले ती मानिसहरूलाई नाश गर्नुहुनेछ।

6 परमेश्वर, मेरो निस्वार्थ मनले तपाईंलाई भेटीहरू चढाइरहेछु। हे परमप्रभु, म तपाईंको शुभनाउँको स्तुति गर्नेछु।

7 किनभने तपाईंले मलाई सारा कष्टहरू देखि बचाउँनु भयो। मैले आफ्ना शत्रुहरू परास्त भइरहेको देखें।

1 To the chief Musician on Neginoth, Maschil, A Psalm of David, when the Ziphims came and said to Saul, Doth not David hide himself with us?

2 Save me, O God, by thy name, and judge me by thy strength.

3 Hear my prayer, O God; give ear to the words of my mouth.

4 For strangers are risen up against me, and oppressors seek after my soul: they have not set God before them. Selah.

5 Behold, God is mine helper: the Lord is with them that uphold my soul.

6 He shall reward evil unto mine enemies: cut them off in thy truth.

7 I will freely sacrifice unto thee: I will praise thy name, O Lord; for it is good.

8 For he hath delivered me out of all trouble: and mine eye hath seen his desire upon mine enemies.