Psalm 5 - BBE (Nepali)
1 <To the chief music-maker on wind instruments. A Psalm. Of David.> Give ear to my words, O Lord; give thought to my heart-searchings.हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस् र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु।
2 Let the voice of my cry come to you, my King and my God; for to you will I make my prayer.हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो प्रार्थना सुनिदिनु होस्।
3 My voice will come to you in the morning, O Lord; in the morning will I send my prayer to you, and keep watch.हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु, र तपाईंको सहयोग खोज्दछु। अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।
4 For you are not a God who takes pleasure in wrongdoing; there is no evil with you.हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न। तिनीहरू तपाईंको आदर गर्दैनन्।
5 The sons of pride have no place before you; you are a hater of all workers of evil.मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्। तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
6 You will send destruction on those whose words are false; the cruel man and the man of deceit are hated by the Lord.जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ। तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्।
7 But as for me, I will come into your house, in the full measure of your mercy; and in your fear I will give worship, turning my eyes to your holy Temple.तर परमप्रभु, तपाईंको मन्दिरअघि म दण्डवत् गर्नेछु।
8 Be my guide, O Lord, in the ways of your righteousness, because of those who are against me; make your way straight before my face.हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्। यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।
9 For no faith may be put in their words; their inner part is nothing but evil; their throat is like an open place for the dead; smooth are the words of their tongues.ती मानिसहरू सत्य बोल्दैनन्। तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्। तिनीहरूका मुख खाली चिहान जस्ता छन्। तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।
10 Send them to destruction, O Lord; let their evil designs be the cause of their fall; let them be forced out by all their sins; because they have gone against your authority.हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्! तिनीहरूले थापेको पासोमा आफैं परून्। ती मानिसहरूले तपाईंको विरूद्धमा विद्रोह गरे, यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस्।
11 But let all those who put their faith in you be glad with cries of joy at all times, and let all the lovers of your name be glad in you.तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्। तिनीहरू अनन्त सुखी रहुन्! परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।
12 For you, Lord, will send a blessing on the upright man; your grace will be round him, and you will be his strength.हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ। तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।
Nepali Bible