Psalm 30

1 हे परमप्रभु, तपाईंले मलाई मेरो संकटहरूबाट माथि उठाउनु भयो। तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन। यसैले तपाईं प्रति म सम्मान जनाउँदछु।

2 हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें र मलाई निको पार्नु भयो।

3 तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो। मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन।

4 हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ! उहाँको पवित्र नाउँको प्रशंसा गर!

5 परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो। तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो। म राती रोइरहें अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!

6 जब म जोगिएँ र सुरक्षित भएँ, सोचें केही कुरोले पनि मलाई कष्ट पुर्याउन सक्ने छैन!

7 हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो मैले अनुभव गरें कसैले पनि मलाई पराजित गर्न सक्ने छैन! जब तपाईंले मबाट मुख फर्काएर जानुभयो, म डराएँ र कामे।

8 यसर्थ परमेश्वर, म फर्कें अनि तपाईं प्रति प्रार्थना गरें। मैले तपाईंलाई दयाको बिन्ती गरें।

9 मैले भने, “परमेश्वर, के राम्रैंे हुन्छ! यदि म मरे अनि चिहानभित्र गए भने? मरेका मानिसहरू खाली धूलोभित्र पल्टिएर बस्छन्! तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्। कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौ। तिनीहरूले मानिसहरूलाई भन्दैनन्।

10 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मप्रति कृपादृष्टि राख्नुहोस्! हे परमप्रभु, मलाई साथ दिनुहोस्!”

11 मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो! तपाईंले मेरो रूवाइलाई नाचमा बद्ली दिनुभयो। तपाईंले मेरो उदासीनताका पोशाकहरू फुकालेर लैजानु भयो र खुशीयालीले मलाई ढाकिदिनु भयो।

12 हे परमप्रभु, मेरो परमेश्वर, म सदासर्वदा तपाईंको स्तुति गाउनेछु यसकारण त्यहाँ कहिल्यै निस्तब्ध हुनेछैन, 13 अनि म सधैं तपाईंको प्रशंसा गर्छु।

1 A Psalm and Song at the dedication of the house of David.

2 I will extol thee, O Lord; for thou hast lifted me up, and hast not made my foes to rejoice over me.

3 O Lord my God, I cried unto thee, and thou hast healed me.

4 O Lord, thou hast brought up my soul from the grave: thou hast kept me alive, that I should not go down to the pit.

5 Sing unto the Lord, O ye saints of his, and give thanks at the remembrance of his holiness.

6 For his anger endureth but a moment; in his favour is life: weeping may endure for a night, but joy cometh in the morning.

7 And in my prosperity I said, I shall never be moved.

8 Lord, by thy favour thou hast made my mountain to stand strong: thou didst hide thy face, and I was troubled.

9 I cried to thee, O Lord; and unto the Lord I made supplication.

10 What profit is there in my blood, when I go down to the pit? Shall the dust praise thee? shall it declare thy truth?

11 Hear, O Lord, and have mercy upon me: Lord, be thou my helper.

12 Thou hast turned for me my mourning into dancing: thou hast put off my sackcloth, and girded me with gladness;

13 To the end that my glory may sing praise to thee, and not be silent. O Lord my God, I will give thanks unto thee for ever.