Psalm 149

1 परमप्रभुको प्रशंसा गर। परमप्रभुले रच्नु भएको नयाँ कुराहरूको बारेमा नयाँ गीत गाऊ! महासभामा उहाँको प्रशंसा गर जहाँ उहाँका चेलाहरू आपसमा भेला हुँदछन्।

2 इस्राएल का मानिसहरूले आफ्नो सृष्टिकर्त्तामा आनन्द होऊन्। सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्।

3 ती मानिसहरूले नाच्दै खैंजडी र वीणाहरू बजाँउदै परमप्रभु परमेश्वरको प्रशंसा गरून्।

4 परमप्रभु उहाँका मानिसहरूसँग खुशी हुनुहुन्छ। परमेश्वरले आफ्ना नम्रहरूको लागि आश्चर्यजनक कामहरू गर्नुभयो। उहाँले तिनीहरूलाई बचाउनु भयो!

5 हे परमेश्वरका चेलाहरू, आफ्नो विजयमा प्रफुल्लित होऊ! सुत्न गइसके पश्चात् पनि सुखी होऊ।

6 मानिसहरूले चिच्याउँदै, कराउँदै परमप्रभुको प्रशंसा गरून् अनि आफ्ना तरवारहरू हातमा लिऊन्।

7 आफ्ना शत्रुहरूलाई सजाई दिन तिनीहरूलाई जान देऊ। ती मानिसहरूलाई दण्ड दिन, तिनीहरूलाई जान देऊ।

8 परमेश्वरका मानिसहरूले ती राजा र प्रमुख मानिसहरूलाई साङ्गलाले बाँध्नेछन्।

9 परमेश्वरका मानिसहरूले तिनीहरूलाई दण्ड दिनेछन् परमेश्वरले गर्नु भएको आज्ञा जस्तै परमेश्वरका सारा भक्तजनहरूले उहाँलाई सम्मान गर। परमप्रभुको प्रशंसा गर!

1 Praise ye the Lord. Sing unto the Lord a new song, and his praise in the congregation of saints.

2 Let Israel rejoice in him that made him: let the children of Zion be joyful in their King.

3 Let them praise his name in the dance: let them sing praises unto him with the timbrel and harp.

4 For the Lord taketh pleasure in his people: he will beautify the meek with salvation.

5 Let the saints be joyful in glory: let them sing aloud upon their beds.

6 Let the high praises of God be in their mouth, and a twoedged sword in their hand;

7 To execute vengeance upon the heathen, and punishments upon the people;

8 To bind their kings with chains, and their nobles with fetters of iron;

9 To execute upon them the judgment written: this honour have all his saints. Praise ye the Lord.