Psalm 111

1 परमप्रभुको प्रशंसा गर! म परमप्रभुलाई सभामा (जहाँ असल मानिसहरू भेला हुँदछन्) आफ्ना सम्पूर्ण हृदयबाट धन्यवाद दिंदछु।

2 परमप्रभुले आश्चर्यकामहरू गर्नुहुन्छ। मानिसहरूले त्यस्तै असल कुराहरू चाहन्छन् जुन परमेश्वरबाट आउँदछ।

3 परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो। उहाँको धार्मिकता सदा-सर्वदा रहने छ।

4 परमेश्वरले आश्चर्यकामहरू गर्नु भएकोले उहाँलाई सम्झिइने कि परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ।

5 परमेश्वरले आफ्ना अनुयायीहरूलाई भोजन दिनुहुन्छ, उहाँले आफ्नो करार सदा सर्वदा सम्झनु हुन्छ।

6 उहाँको प्रभावशाली कर्महरूले प्रमाण दियो कि उहाँले तिनीहरूलाई अन्य जातिहरूको जमीन दिंदै हुनुहुन्थ्यो।

7 प्रत्येक कुरा परमेश्वरले धर्मी रूपमा र निष्पक्ष रूपमा गर्नुहुन्छ। उहाँका सारा आज्ञाहरू सबै नै विश्वास योग्यका छन्।

8 परमेश्वरका आज्ञाहरू अनन्तसम्म रहनेछन्। ती आज्ञाहरू तिनीहरूलाई दिनुको कारण परमेश्वर इमान्दार र शुद्ध हुनुहुन्छ।

9 परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनु भनी कसैलाई पठाउनु भयो। परमेश्वरले तिनीहरूसँग एउटा करार गर्नुभयो जुन सर्वदा रहने छ। परमेश्वरको नाउँ पवित्र र भययोग्य छ।

10 ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ। मानिसहरू जसले परमेश्वरलाई मान्दछ उनीहरू ज्ञानी हुन्। स्तुति प्रशंसाहरू परमेश्वर प्रति सर्वदा गाइनेछ।

1 Praise ye the Lord. I will praise the Lord with my whole heart, in the assembly of the upright, and in the congregation.

2 The works of the Lord are great, sought out of all them that have pleasure therein.

3 His work is honourable and glorious: and his righteousness endureth for ever.

4 He hath made his wonderful works to be remembered: the Lord is gracious and full of compassion.

5 He hath given meat unto them that fear him: he will ever be mindful of his covenant.

6 He hath shewed his people the power of his works, that he may give them the heritage of the heathen.

7 The works of his hands are verity and judgment; all his commandments are sure.

8 They stand fast for ever and ever, and are done in truth and uprightness.

9 He sent redemption unto his people: he hath commanded his covenant for ever: holy and reverend is his name.

10 The fear of the Lord is the beginning of wisdom: a good understanding have all they that do his commandments: his praise endureth for ever.