Base Word
תָּבוֹר
Short DefinitionTabor, a mountain in Palestine, also a city adjacent
Long Definition(n pr mont) a mountain in the plain of Esdraelon on the north-east edge of the Great Plain (south-west of Galilee) on the board of Issachar, Zebulon, and Naphtali rising abruptly and insulated except for a narrow ridge on the west connecting it to the hills of Nazareth
Derivationfrom a root corresponding to H8406; broken region; perhaps meaning "a stone-quarry" from the root תְּבַר
International Phonetic Alphabett̪ɔːˈbor
IPA modtɑːˈvo̞wʁ
Syllabletābôr
Dictiontaw-BORE
Diction Modta-VORE
UsageTabor
Part of speechn-pr

यहोशू 19:22
तिनीहरूको सीमानाले ताबोर, शहसूमा अनि बेत्शेमेशसम्म गएको थियो। त्यो सीमाना यर्दननदीमा टुङ्गिएको थियो। त्यसमा जम्मा सोह्र शहरहरू र ती वरिपरिका खेतहरू थिए।

न्यायकर्ता 4:6
दबोराले बराक नाउँ भएको मानिसलाई एउटा सन्देश पठाइन्। बाराक अबीनोअम नाउँका मानिसका छोरा थिए। बाराक केदेश शहरमा बस्थे जो नप्तालीको इलाकामा थियो। दबोराले बाराकलाई भनिन्, “परमप्रभु इस्राएलको परमेश्वरले तिम्रो निम्ति यो आज्ञा दिनु भएको छ, ‘जाऊ अनि नप्ताली अनि जबूलूनका कुल समूहहरूबाट 10,000 मानिसहरूलाई भेला गर। ती मानिसहरूलाई लगेर ताबोर पर्वतमा जाऊ।

न्यायकर्ता 4:12
कसैले सीसरालाई भने कि अबीनोअमका छोरा बाराक तबोर पर्वतमा थियो।

न्यायकर्ता 4:14
तब दबोराले बाराकलाई भनिन्, “आज परमप्रभुले सीसरालाई पराजित गर्न तिमीहरूलाई सहायता प्रदान गर्नुहुनेछ। तिमीहरू निश्चयनै त्यो जान्दछौ कि परमप्रभुले तिमीहरूलाई युद्ध गर्नको निम्ति डोर्याउनु हुनेछ।” यसकारण बाराकले 10,000 मानिसहरूलाई ताबोर पर्वतबाट तल झारे।

न्यायकर्ता 8:18
तब गिदोनले जेबह अनि सल्मुन्नालाई भने, “तिमीहरूले केही मानिसहरूलाई तबोर पर्वतमा मार्यौ। ती मानिसहरू को जस्ता थिए?”जेबह अनि सल्मुन्नाले जवाफ दिए, “ती मानिसहरू तिमी जस्तै थिए। तिनीहरू प्रत्येक राजकुमार जस्तै देखिन्थे।”

1 शमूएल 10:3
तब शमूएलले भने, “तपाईंहरू ताबेरमा बज्राँठको रूख नआइञ्जेलसम्म अघि बढ्नुहोस्। त्यहाँ तीनजना मानिसहरू भेट्नुहुनेछ। तिनीहरू बेतेलमा परमेश्वरको आराधना गर्न गइरहेका हुनेछन्। ती मध्येको पहिलोले तीनवटा पाठा बोकेको हुनेछ। दोस्रोले तीनवटा रोटी र तेस्रोले एक मशक दाखरस बोकेको हुनेछन्।

1 इतिहास 6:77
बाकिरहेका रिम्मोन अनि ताबोर शहरहरू जबूलूनका कुल समूहबाट पाए। तिनीहरूले नजिकैको खेतहरू पनि शहरहरूसितै पाए।

भजनसंग्रह 89:12
उत्तर र दक्षिण तपाईंले नै सृष्‍टि गर्नुभएको हो, तबोर र हेर्मोन तपाईंको नाउँमा हर्षले गाउँछन्‌।

यर्मिया 46:18
जास्तो म जीवित छु। राजा भन्छन्- यो राजाको नाउँ हो सेनाहरूका परमप्रभु आउनु हुनेछ। उनी याबेर पर्वत अनि समुद्रको किनारको कर्मेल पर्वत जस्तै महान हुनेछ।”

होशे 5:1
“हे पूजाहारीहरू! हे इस्राएलका कुलहरू! तथा राजाका कुल हो! मेरो कुरा ध्यान दिएर सुन, किनभने न्यायको फैसला तिमीहरूको विरूद्धमा छ।“किनभने तिमीहरू मिस्पामा पासो र ताबोरका जाल भएकाछौ।

Occurences : 10

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்