Base Word
שִׁילֹה
Short DefinitionShiloh, a place in Palestine
Long Definitiona city in Ephraim and temporary home of the Ark of the Covenant and the Tabernacle, the place where Samuel grew up
Derivationor שִׁלֹה; or שִׁילוֹ; or שִׁלוֹ; from the same as H7886
International Phonetic Alphabetʃɪi̯ˈlo
IPA modʃiːˈlo̞w
Syllablešîlō
Dictionshee-LOH
Diction Modshee-LOH
UsageShiloh
Part of speechn-pr-loc

यहोशू 18:1
समस्त इस्राएली मानिसहरू शीलोमा एकसाथ भेला भए। त्यस स्थानमा तिनीहरूले भेट-हुने पाल लगाए। इस्राएलका मानिसहरूले त्यो देशलाई नियन्त्रण गरे। त्यस भूमिका सम्पूर्ण शत्रुहरूलाई तिनीहरूले परास्त गरे।

यहोशू 18:8
यसर्थ ती चुनिएका मानिसहरू त्यो भूमि हेर्न अनि त्यसबारे विवरण लेख्नका निम्ति गए। यहोशूले तिनीहरूलाई भने, “पूरा भूमिमा जाऊ अनि त्यसको विवरण लेख। त्यसपछि म कहाँ शीलोमा आऊ। त्यस पछि म चिट्ठा गर्नेछु अनि परमप्रभुले तिमीहरूका निम्ति भूमि विभाजन गरून्।”

यहोशू 18:9
यसर्थ मानिसहरू त्यस भूमिमा गए। मानिसहरू सम्पूर्ण भूमिमा गए अनि यहोशूका निम्ति त्यसको विवरण लेखे। तिनीहरू सबैले शहरहरूको सूची तयार गरे अनि भूमिलाई सात भागमा विभाजन गरे। त्यसपछि तिनीहरू यहोशू कहाँ शीलोमा फर्के।

यहोशू 18:10
यहोशूले शीलोमा परमप्रभुको समक्ष तिनीहरूको निम्चि चिट्ठा गरे। यस प्रकार यहोशूले भूमि विभाजित गरे अनि प्रत्येक कुल समूहलाई भूमिको अंश दिए।

यहोशू 19:51
यसरी यी सबै भूमिहरू इस्राएलका विभिन्न कुल समूहमा विभाजित गरिए। पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि प्रत्येक कुल समूहका अगुवाहरू भूमि विभाजन गर्न शीलोमा भेला भए। तिनीहरू भेट-हुने पालको प्रवेशद्वारमा परमप्रभुको समक्ष भेला भए। यसरी तिनीहरूले भूमि विभाजन पूर्ण गरे।

यहोशू 21:2
यो कुरा कनानको भूमिको शीलो शहरमा भयो। लेवी अगुवाहरूले तिनीहरूलाई भने, “हामीहरूलाई बस्नका निम्ति शहरहरू दिनु भनी मोशाद्वारा परमप्रभुले तिमीहरूलाई आदेश दिएका थिए। अनि उहाँले हामीलाई खेतहरू पनि दिनु जहाँ हाम्रा पशुहरू चर्छन्, भनी तपाईंलाई आदेश दिनु भएको थियो।”

यहोशू 22:9
यसरी रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूका मानिसहरूले इस्राएलका अन्य मानिसहरूलाई छाडेर कनानको शीलोमा गए। तिनीहरूले त्यो स्थान छोडे अनि गिलादमा फर्के। तिनीहरू आफ्नै भूमिको घरमा गए तिनीहरूलाई त्यो भूमि मोशाले दिएका थिए। परमप्रभुले त्यो भूमि तिनीहरूलाई दिनु भनी मोशालाई आज्ञा गर्नु भएको थियो।

यहोशू 22:12
इस्राएलका सबै मानिसहरू यी तीन कुल समूह प्रति अत्यन्त क्रोधित भए। तिनीहरू एकसाथ भेला भए अनि तिनीहरूको विरूद्ध लडाईं गर्ने निश्चय गरे।

न्यायकर्ता 18:31
दानका मानिसहरूले तिनीहरू स्वयंका निम्ति मीकाले निर्माण गरेको मूर्ति स्थापन गरे। परमप्रभुको मन्दिर शीलोमा रहेको समय भरि त्यो मूर्ति दान शहरमा थियो।

न्यायकर्ता 21:12
ती 12,000 सैनिकहरूले याबेश गिलाद शहरमा चारसय जवान महिलाहरूलाई भेट्टाए जसले कुनै लोग्ने मानिससित कहिले पनि सहवास गरेका थिएनन्। ती सैनिकहरूले ती स्त्रीहरूलाई कनानको भूमिमा शीलोको छाउनीमा ल्याए।

Occurences : 32

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்