Base Word
נְבָלָה
Short Definitionfoolishness, i.e., (morally) wickedness; concretely, a crime; by extension, punishment
Long Definitionsenselessness, folly
Derivationfeminine of H5036
International Phonetic Alphabetn̪ɛ̆.bɔːˈlɔː
IPA modnɛ̆.vɑːˈlɑː
Syllablenĕbālâ
Dictionneh-baw-LAW
Diction Modneh-va-LA
Usagefolly, vile, villany
Part of speechn-f

उत्पत्ति 34:7
जब याकूबका छोराहरूले यस बारे सुने तिनीहरू खेतबाट आए। तिनीहरू उत्तेजित भएर धेरै रिसाए किनभने शकेमले यस्तो कामगरेका थियो जो इस्राएलमा गर्नु हुँदैन थियो। शकेमको घृणात्मक कार्य सुनेर सबै दाज्यू-भाइहरू खेतबाट बाहिर निस्किए।

व्यवस्था 22:21
शहरका बूढा-प्रधानहरूले तिनलाई उसको पिताको घरको ढोकामा ल्याउनु पर्छ अनि शहरका मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। किन? किनभने उसले इस्राएलमा लाजमर्दो काम गरी। उसले आफ्ना पिताको घरमा वेश्या जस्तै काम गरी, यसकारण तिमीहरूले यस्तो दुष्टता तिमीहरूका मानिसहरूबाट अवश्यै निकाल्नु पर्छ।

यहोशू 7:15
त्यो मानिसले जो हामीले नष्ट गर्नु पर्ने थियो, ती वस्तुहरू राखेकोछ, उसलाई आगोले नष्ट गरिनेछ। अनि त्यस मानिससित भएका हरेक वस्तुहरू त्यो सँगै नष्ट गरिनेछ। त्यो मानिसले परमप्रभुसित भएको करार भङ्ग गर्यो। त्यसले इस्राएलका मानिसहरूका निम्ति अत्यन्त नराम्रो काम गरेको छ।”‘

न्यायकर्ता 19:23
त्यो वृद्ध मानिस बाहिर निस्के अनि ती नराम्रा मानिसहरूसित बात गरे। उसले भेन, “होइन, मेरो मित्रहरू, यस्तो नराम्रा कुराहरू नगर! ती मानिसहरू मेरो घरका अतिथि हुन। यस्तो भयानक पाप नगर।

न्यायकर्ता 19:24
हेर यहाँ मेरी छोरी छे। उसले कहिले पनि अघि कसैसित सहवास गरेकी छैन। म त्यसलाई अब बाहिर तिमीहरू कहाँ ल्याउँछु। तिमीहरू जसरी चाहन्छौ त्यसलाई उपयोग गर्न सक्छौ। तर यी मानिसको विरूद्ध यस्तो भयानक पाप नगर।”

न्यायकर्ता 20:6
यसर्थ मैले मेरी स्त्री सेविकालाई लगे अनि उसको देहलाई टुक्वा-टुक्वा पारेर काटे। त्यसपछि मैले इस्राएलका प्रत्येक कुल समूहलाई एक एक टुक्रा पठाएँ। हामीले प्राप्त गरेको भूमिहरूमा मैले बाह्र टुक्वा पठाएँ। मैले त्यसो गरे किनभने बिन्यामीनका मानिसहरूले इस्राएलमा यस्तो भयानक काण्ड गरे।

न्यायकर्ता 20:10
हामी इस्राएलका सबै कुल समूहका हरेक 100 जनामा 10 व्यक्तिहरू चुन्ने छौं। अनि हामी प्रत्येक 1,000 बाट 100 मानिसहरू चुन्नेछौं। हामी प्रत्येक 10,000 बाट 1,000 मनिसहरू चुन्नेछौं। हामीले चुनेका ती मानिसहरूले सेनाहरूले जस्तै आपूर्ति सामग्रीहरू पाउनेछन्। तब ती मानिसहरू बिन्यामीनको इलाका गिबामा जानेछन् र सेनाले इस्राएलका मानिसहरू माझ गरेको त्यो भयानक कार्यका निम्ति ती मानिसहरूलाई दण्ड दिनेछन्।”

1 शमूएल 25:25
तपाईंले पठाउँनु भएका मानिसहरू मैले देखिनँ। महाशय त्यो काम नलाग्ने नाबालको कुरामा ध्यान नदिनुहोस्। जस्तो उसको नाउँ छ मानिस पनि त्यस्तै छ। उसको नाउँको अर्थ ‘मूर्ख”, भए जस्तो उ पनि मूर्ख नै छ।

2 शमूएल 13:12
तामारले अम्नोनलाई भनिन्, “होइन, दाजु! मलाई जबरजस्ती नगर्नुहोस्। यस्तो लाजमर्दो काम नगर्नुहोस्। यस्तो भयानक कार्य इस्राएलमा कहिले हुनैसक्दैन।

अय्यूब 42:8
यसकारण अब तिमीहरूले, सातवटा गोरूहरू र सातवटा भेडाहरू ल्याऊ। ती सब मेरो सेवक अय्यूबलाई देऊ। तिनीहरूलाई मार तिमीहरूका निम्ति होमबलि अर्पण गर। मेरो सेवक अय्यूबले तिमीहरूका लागि प्रार्थना गर्नेछ अनि त्यो प्रार्थनाको उत्तर दिनेछु। त्यसपछि म तिमीहरूलाई दण्ड दिने छैन जसको लागि तिमीहरू योग्य थियौ। तिमीहरूले ठीक कुराहरू मेरो बारेमा बोलेनौ तर मेरो सेवक अय्यूबले मेरो बारेमा ठीक कुराहरू गरे।”

Occurences : 13

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்