Base Word
יָתוֹם
Short Definitiona bereaved person
Long Definitionan orphan, fatherless
Derivationfrom an unused root meaning to be lonely
International Phonetic Alphabetjɔːˈt̪om
IPA modjɑːˈto̞wm
Syllableyātôm
Dictionyaw-TOME
Diction Modya-TOME
Usagefatherless (child), orphan
Part of speechn-m

प्रस्थान 22:22
“जुन स्त्रीको लोग्ने छैन अथवा जुन केटा-केटीहरूको आमा-बाबु छैनन तिनीहरूको निम्ति कुनै कुभलो गर्नु हुँदैन।

प्रस्थान 22:24
अनि म तिमीहरूसित रिसाउनेछु अनि तिमीहरूलाई तरवारले मार्नेछु। तब तिमीहरूका पत्नीहरू विधवा र नानीहरू टुहुरा-टुहुरी हुनेछन्।

व्यवस्था 10:18
टुहुरा-टुहुरी तथा विधवाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त हाम्रो भूमिमा आउने विदेशीहरूलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई खाने कुरा तथा लाउने वस्त्रहरू दिनुहुन्छ।

व्यवस्था 14:29
यो अन्न लेवीहरूको निम्ति हो कारण तिमीहरूको झैं तिनीहरूको आफ्नो भूमि छैन। यी अन्न शहरका अन्य अभाव ग्रस्त मानिसहरूको निम्ति पनि हो अनि यो विदेशीहरू, विधवाहरू र टुहुरा टुहुरी नानीहरूको निम्ति हो। यदि तिमीहरूले यसो गरे परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ।ऋण मुक्त हुने विशेष वर्ष

व्यवस्था 16:11
परमप्रभुले आफ्नो नाउँमा विशेष घर रोज्नु हुनेछ र त्यही भूमिमा जाऊ। तिम्रा छोरा-छोरीहरू, कमार-कमारी तथा आफन्तहरू लिएर जाऊ अनि तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरको अघि आनन्द मनाऊ। तिमीहरूको शहरहरूमा भएका लेवीहरू, टुहुरा-टुहुरीहरू, विदेशीहरू र विधुवाहरूलाई पनि लैजाऊ।

व्यवस्था 16:14
आफ्नो शहरमा बस्ने लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरीहरू र विधवाहरू लगायत आफ्ना छोरा-छोरीहरू, नोकर-चाकरहरूसँगै यो भोज मनाऊ।

व्यवस्था 24:17
“तिमीहरूले विदेशीहरू र टुहुरा-टुहुरीहरूसित राम्रो व्यवहार गर्नु पर्छ। धलौटीको रूपमा विधवाको ओढ्ने लुगा लिनु हुँदैन।

व्यवस्था 24:19
“जब तिमीहरू आफ्नो खेतमा बाली उठाउँदै गरेको हुन्छौ, बिर्सेर एक बिटा अन्न त्यहाँ छोड्यौ भने त्यसलाई लिन नजाऊ। यो विदेशी, विधवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ। यदि तिमीहरूले तिनीहरूको निम्ति केही अन्न छोड्दियौ भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यसको निम्ति आशीर्वाद दिनु हुनेछ।

व्यवस्था 24:20
जब भद्राक्षको रूखबाट भाटा अथवा टाँगोले फल झार्छौ, हाँगाहरूमा बाँकी रहेको फल हेर्न जानु हुँदैन। भद्राक्षेको फल जो तिमीहरू छोड्छौ त्यो विदेशी, विधवा र टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ।

व्यवस्था 24:21
त्यसरी नै जब तिमीहरू दाखबारीमा फल उठाउन जान्छौ छोडिएको फल खोज्न फार्किएर नजाऊ, ती फलहरू विदेशी, विधुवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ।

Occurences : 42

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்