Base Word
יָשַׁע
Short Definitionproperly, to be open, wide or free, i.e., (by implication) to be safe; causatively, to free or succor
Long Definitionto save, be saved, be delivered
Derivationa primitive root
International Phonetic Alphabetjɔːˈʃɑʕ
IPA modjɑːˈʃɑʕ
Syllableyāšaʿ
Dictionyaw-SHA
Diction Modya-SHA
Usage× at all, avenging, defend, deliver(-er), help, preserve, rescue, be safe, bring (having) salvation, save(-iour), get victory
Part of speechv

प्रस्थान 2:17
तर त्यहाँ केही भेडा गोठालाहरू जो त्यहाँ थिए केटीहरूलाई पछ्याउने चेष्टा गरे। यसकारण मोशाले केटीहरूलाई बंचाए अनि पानी झिके र पशुहरूलाई दिए।

प्रस्थान 14:30
यसरी त्यस दिन परमप्रभुले इस्राएलीहरूलाई बचाउनु भयो र ती मानिसहरूले मिश्री मानिसहरू लाल समुद्रको किनारमा देखे।

गन्ती 10:9
“अनि जब तिमीहरू आफ्नो भूमिमा तिमीहरूलाई आक्रमण गर्ने तिमीहरूको शत्रुको विरूद्धमा युद्ध गर्न जान्छौ, तिमीहरूले चेतावनी दिने तुरही बजाऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू प्रति ध्यान दिनुहुनेछ। अनि उहाँले तिमीहरूको रक्षा गर्नुहुनेछ।

व्यवस्था 20:4
किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित जानुहुँनेछ। उहाँले तिमीहरूलाई शत्रुहरूसित लडाइँ गर्नु सहायता गर्नु हुनेछ। तिमीहरूलाई विजय गराउनु सहायता गर्नु हुनेछ।’

व्यवस्था 22:27
त्यस मानिसले त्यस विवाह ठीक भइसकेकी केटीलाई खेतमा एकलै पाउँछ र बलात्कार गर्छ। त्यस केटीले आफ्नो सुरक्षीको निम्ति कराएकी हुन सकछ तर त्यहाँ उसलाई सहायता गर्ने कोही थिएन, यसकारण उसलाई सजाय दिनु हुँदैन।

व्यवस्था 28:29
“तिमीहरू दिउँसै बाटोमा अन्धा झैं हिड्नेछौ। तिमीहरूले गरेको प्रत्येक कुरोमा असफलता मात्र हात लाग्नेछ। घरि-घरि मानिसहरूले तिमीहरूलाई कष्ट दिइरहने छन्, तिमीहरूको वस्तुहरू चोरी भइरहनेछ तर तिमीहरूलाई बचाँउने कोही हुनेछैन।

व्यवस्था 28:31
मानिसहरूले तिम्रा अघिनै तिम्रा गाईहरू मार्नेछन् तर मासु खान पाउने छैनौ। मानिसहरूले तिमीहरूका गधाहरू लानेछन् तर फर्काउने छैनन्। तिमीहरूका शत्रुहरूले तिमीहरूको भेडाहरू लानेछन् तर तिमीहरूलाई बचाउँने कोही त्यहाँ हुनेछैन।

व्यवस्था 33:29
हे इस्राएल! तिमीले आशीर्वाद पाएका छौ, अरू कुनै जाति तिमी जस्तो छैन। परमप्रभुले तिमीलाई जोगाउनु भयो। परमप्रभु तिमीलाई सुरक्षित राख्ने बलियो ढाल जस्तो हुनु हुन्छ। परमप्रभु शक्तिशाली तरवार जस्तो हुनु हुन्छ। तिम्रा शत्रुहरू तिमीसँग डराएका हुनेछन् अनि तिमीले तिनीहरूका पवित्रस्थानहरू कुल्चिने छौ।”

यहोशू 10:6
गिबोन शहरका बासिन्दाहरूले गिलगालको छाउनीमा यहोशूकहाँ एकजना समाचारवाहक पठाए। तिनले ल्याएको समाचार यस्तो थियो, “हामी तपाईंहरूका दाशहरूलाई नत्याग्नुहोस् चाँडै आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्। पहाडी देशका सबै एमोरी राजाहरूले तिनीहरूका सेनाहरूलाई हाम्रो विरूद्ध लड्न ल्याएका छन्।”

यहोशू 22:22
“परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, फेरि पनि हामी भन्छौ, कि परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। अनि हामीले किन यो काम गर्यौ त्यो परमेश्वरले जान्नु हुन्छ। हामी चाहन्छौं कि तिमीहरूले पनि यो जान्नुपर्छ। तिमीहरूले न्याय गर्न सक्छौ, हामीले के गर्यौं। यदि हामीले केही गल्ती गर्यौं भनी तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूले हामीलाई मार्न सक्छौ।

Occurences : 205

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்