Base Word
גָּדַע
Short Definitionto fell a tree; generally, to destroy anything
Long Definitionto cut, hew, chop, cut down, hew down, hew off, cut off, cut in two, shave off
Derivationa primitive root
International Phonetic Alphabetɡɔːˈd̪ɑʕ
IPA modɡɑːˈdɑʕ
Syllablegādaʿ
Dictionɡaw-DA
Diction Modɡa-DA
Usagecut (asunder, in sunder, down, off), hew down
Part of speechv

व्यवस्था 7:5
“तिमीहरूले ती जातिहरू प्रति जे गर्नुपर्छ यी हुन् तिमीहरूले तिनीहरूको वेदीहरू र स्मारक ढुङ्गा टुक्रा-टुक्रा पारेर नष्ट गर्नुपर्छ। अनि तिनीहरूको अशेरा देवीका खम्बाहरू काटेर ढाल्नु पर्छ अनि तिनीहरूका मूर्तिहरू जलाउनु पर्छ।

व्यवस्था 12:3
तिनीहरूका वेदीहरू फुटाइदिनु, अनि तिनीहरूका पवित्र ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनु र तिनीहरूका अशेरा देवताहरूका मूर्तिहरू ध्वंश पारिदिनु जसले गर्दा तिनीहरूको झूटा देव देवताहरूका नाउँनिशान केही त्यस ठाउँमा नरहोस्।

न्यायकर्ता 21:6
तब, इस्राएली मानिसहरूले तिनीहरूका आफन्त, बिन्यामीनका मानिसहरू प्रति दुःखीत भए। तिनीहरूले भने, “आज इस्राएलबाट एक कुलसमूह हटाइएको छ।

1 शमूएल 2:31
समय आउँदैछ जब म तेरो सन्तानलाई नष्ट गर्नेछु। तेरो परिवारमा कसैले पनि बुढो भइञ्जेलसम्म जीउने छैनन।

2 इतिहास 14:3
आसाले ती विदेशी वेदीहरू हटाइदिए जो मूर्ति पूजाका निम्ति प्रयोग गरिन्थे। आसाले उच्च स्थानहरू हटाइदिए अनि स्मारक शिलाहरू फोडिदिए। आसाले अशेरा-स्तम्भहरू भाँची दिए।

2 इतिहास 31:1
निस्तार चाडको समारोह समाप्त भयो। इस्राएलका मानिसहरू जो निस्तार चाडका निम्ति यरूशलेममा थिए यहूदाका शहरहरूतिर गए। तब तिनीहरूले पवित्र खामाहरू तोडिदिए जो त्यो शहरहरूमा थिए। ती पवित्र खामाहरू असत्य देवताहरूको लागि अर्पण गरिएका थिए। मानिसहरूले अशेरा स्तम्भहरू पनि काटि दिए। अनि तिनीहरूले यहूदा अनि बिन्यामीन क्षेत्र भरिका उच्च स्थानहरू अनि वेदीहरू नष्ट गरिदिए। मानिसहरूले एप्रैम अनि मनश्शे क्षेत्रमा त्यसै गरे। मानिसहरूले असत्य देवताहरूको पूजा गर्नमा प्रयोग गरिने सबै चीज-बीजहरू नष्ट नभए सम्म यस्ता कुराहरू गरिरहे। त्यसपछि सबै इस्राएलीहरू आ-आफ्ना शहरमा घर तिर फर्के।

2 इतिहास 34:4
मानिसहरूले बाल देवताहरूका वेदीहरू भत्काइदिए। तिनीहरूले योशियाहका सामुन्ने यसो गरे। तब योशियाहले धूप वेदीहरू काटिदिए जो वेदीमाथि बाललाई अर्पण गरेका थिए। उसले मूर्तिहरू जो कुँदिएका थिए अनि मूर्तिहरू जो साँचोमा ढालेर निर्माण गरिएका थिए, भत्काइदिए। तिनले ती मूर्तिहरूलाई धूलो-पीठो पारिदिए। तब योशियाहले त्यो पीठो ती मानिसहरूका चिहानहरूमा छर्किदिए जसले बाल देवताहरूलाई बलिहरू चढाएका थिए।

2 इतिहास 34:7
योशियाहले वेदीहरू अनि अशेरा स्तम्भहरू भत्काइदिए। तिनले मूर्तिहरूलाई धूलो पीठो पारिदिए। तिनले इस्राएल देश भरि बाल पूजाका निम्ति प्रयोग गरिएका धूप वेदीहरू काटिदिए। त्यसपछि योशियाह यरूशलेम फर्केर गए।

भजनसंग्रह 75:10
म दुष्ट मानिसहरूको शक्ति खोसेर लानेछु, अनि धर्मी मानिसहरूलाई शक्ति प्रदानगर्नेछु।

भजनसंग्रह 107:16
हाम्रा शत्रुहरूलाई नाश गर्न परमप्रभुले हामीलाई सहायता दिनुभयो, परमेश्वरले तिनीहरूको काँसाको मूल ढोका भत्काउन सक्नुहुन्छ। परमेश्वरले तिनीहरूका फलामका बारहरू टुक्रा-टुक्रा पारिदिन सक्नुहुन्छ।

Occurences : 22

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்