Base Word
χάραγμα
Short Definitiona scratch or etching, i.e., stamp (as a badge of servitude), or scupltured figure (statue)
Long Definitiona stamp, an imprinted mark
Derivationfrom the same as G5482
Same asG5482
International Phonetic Alphabetˈxɑ.rɑɣ.mɑ
IPA modˈxɑ.rɑɣ.mɑ
Syllablecharagma
DictionHA-rahg-ma
Diction ModHA-rahg-ma
Usagegraven, mark

प्रेरित 17:29
जेल अधिकारीले बत्ती ल्याउन आदेश गरे। त्यसपछि उ डरले काम्दै भित्र दौड्यो उ पावल र सिलासको सामु लड्यो।

प्रकाश 13:16
त्यो दोस्रो पशुले ठूला अनि साना, धनी अनि गरीब, मुक्त अनि दास, सबै मानिसहरुलाई तिनीहरुको दाहिने हात अथवा निधारमा चिन्ह लाउन विवश तुल्यायो।

प्रकाश 13:17
यो चिन्ह भएका मानिसहरु बाहेक कसैले केही पनि किन्न वा बेच्न सक्तैनथ्यो। चिन्ह त्यो पशुको नाउँ वा त्यसको नाउँको संख्या थियो।

प्रकाश 14:9
तेस्रो स्वर्गदूतले पहिलो दुई स्वर्गदूतहरुको अनुसरण गरे। त्यो तेस्रो स्वर्गदूतले ठूलो आवाजमा भने, जसले त्यस पशु अनि पशुको मूर्तिको पूजा गर्छ, अनि आफ्ना निधार अथवा हातमा पशुको चिन्ह अंकित गर्छ, त्यस मानिसको निम्ति नराम्रो हुनेछ।

प्रकाश 14:11
अनि तिनीहरुको निम्ति कष्टदायक धुवाँ सदा सर्वदा रहनेछ। ती मानिसहरु जसले पशुको अनि त्यसको मूर्तिको पूजा गर्नेछन् अथवा त्यसको नाउँ खोपाउने छन्, तिनीहरुको निम्ति दिन रात आराम रहने छैन।

प्रकाश 15:2
मैले आगोसित मिसिएको काँचको समुद्र जस्तै केही चीज देखेँ। समस्त मानिसहरु जसले त्यो पशु अनि त्यसको मूर्ति अनि त्यसको नाउँका संख्याहरुमाथि विजय प्राप्त गरेका थिए, समुद्रको छेउमा उभिरहेका थिए। यी मानिसहरुसित वीणा थियो जो परमेश्वरले दिएका थिए।

प्रकाश 16:2
पहिलो स्वर्गदूत गए। उनले आफ्नो कचौरा जमीनमा खन्याए। तब समस्त मानिसहरुले जसकोमा त्यस पशुको चिन्ह थियो अनि जसले त्यसको मूर्तिको पूजा गर्थे तिनीहरुलाई अति दुखदायक औ घिनलाग्दो घाउहरु भयो।

प्रकाश 19:20
तर त्यो पशुलाई कब्जा गरियो। झूटो अगमवक्तलाई पनि कैद गरियो। यो झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको निम्ति चमत्कारीक संकेतहरु गरेको थियो। झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको लागि चमत्कारिक संकेतहरु गर्थ्यो। असत्य अगमवक्ताले ती मानिसहरुलाई जसमा पशुको चिन्ह लगाइको थियो अनि पशुका मूर्तिलाई पूजा गर्थे, छक्काउन चमत्कारिक कर्महरु गर्थ्यो। त्यो झूटो अगमवक्त अनि पशुलाई गन्धक बल्ने आगोको कुवामा फ्याँकी दिए।

प्रकाश 20:4
तब मैले केही सिंहासनहरु जहाँ मानिसहरु बसेको देखें। यी मानिसहरु तिनीहरु थिए जसलाई न्याय गर्ने अधिकार प्रदान गरिएको थियो। अनि मैले ती मानिसहरुको आत्मा देखें जसलाई मारिएको थियो, किनभने तिनीहरु येशूको सत्यता अनि परमेश्वरको सन्देशप्रति विश्वासी थिए। ती मानिसहरुले त्यो पशु अनि त्यसको मूर्तिको उपासना गरेनन्। तिनीहरुले आफ्ना निधार वा आफ्ना हातमा त्यो पशुको छाप लगाएनन्। ती मानिसहरु फेरि जीवित भए अनि ख्रीष्टसंग एक हजार र्वष सम्म शासन गरे।

Occurences : 9

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்