No lexicon data found for Strong's number: 1116

मत्ती 10:15
तिमीहरूलाई म साँचो भन्दछु। न्यायको दिनमा तिनीहरूको अवस्था सोदोम र गमोराको भन्दा नराम्रो हुनेछ।

मर्कूस 6:11
यदि कुनै शहरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूको कुरा सुनेन् भने त्यो शहर छोड, शहर छोडदा तिम्रा पैतालाका धूलोहरू पनि टक्टकाइदेऊ। यही नै तिनीहरूलाई चेतावनी हुनेछ।”

रोमी 9:29
यस्तै कुरा यशैयाले भनेः“परमप्रभु सर्वशक्तिमान हुनुहुन्छ। प्रभुले हाम्रा निम्ति उहाँका कतिपय मानिसहरूलाई बचाउनु भयो। यदि उहाँले त्यसो नगर्नु भएको भए अहिले हामी सदोम र गमोरा जस्तै हुने थियौं।”

2 पत्रुस 2:6
अनि परमेश्वरले दुष्ट नगरहरु सदोम अनि गमोराहलाई दण्ड दिनु भयो। परमेश्वरले ती नगरहरुलाई खरानीमा परिवर्तन नहुञ्जेल जलाउनु भयो। परमेश्वरले ती नगरहरुलाई जो पछि आउने समयमा परमेश्वरको विरुद्ध जानेहरुमाथि उहाहरण स्वरुप उपयोग गर्नुभयो।

यहूदा 1:7
सदोम अनि गमोरा शहरहरु अनि वरिपरिका अन्य शहरहरुलाई स्मरण गर। तिनीहरु पनि ती स्वर्गदूतहरु जस्तै हुन्। ती शहरहरु व्यभिचार अनि अ-प्राकृतिक आनन्द मनाइरहेका थिए। तिनीहरुले अनन्त जलनको दण्ड भोग्छन्। तिनीहरुको दण्ड हाम्रो निम्ति उदाहरण हो।

Occurences : 5

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்