भजनसंग्रह 147:13 in Nepali

नेपाली नेपाली बाइबल भजनसंग्रह भजनसंग्रह 147 भजनसंग्रह 147:13

Psalm 147:13
यरूशलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो। अनि परमेश्वरले तिम्रो शहरका मानिसहरूलाई आशीर्वाद दिनुभयो।

Psalm 147:12Psalm 147Psalm 147:14

Psalm 147:13 in Other Translations

King James Version (KJV)
For he hath strengthened the bars of thy gates; he hath blessed thy children within thee.

American Standard Version (ASV)
For he hath strengthened the bars of thy gates; He hath blessed thy children within thee.

Bible in Basic English (BBE)
He has made strong the iron bands of your doors; he has sent blessings on your children inside your walls.

Darby English Bible (DBY)
For he hath strengthened the bars of thy gates; he hath blessed thy children within thee;

World English Bible (WEB)
For he has strengthened the bars of your gates. He has blessed your children within you.

Young's Literal Translation (YLT)
For He did strengthen the bars of thy gates, He hath blessed thy sons in thy midst.

For
כִּֽיkee
he
hath
strengthened
חִ֭זַּקḥizzaqHEE-zahk
the
bars
בְּרִיחֵ֣יbĕrîḥêbeh-ree-HAY
gates;
thy
of
שְׁעָרָ֑יִךְšĕʿārāyiksheh-ah-RA-yeek
he
hath
blessed
בֵּרַ֖ךְbērakbay-RAHK
thy
children
בָּנַ֣יִךְbānayikba-NA-yeek
within
בְּקִרְבֵּֽךְ׃bĕqirbēkbeh-keer-BAKE

Cross Reference

यशैया 44:3
“म तिर्खाएको मानिसहरूलाई पानी खन्याई दिनेछु। म सुक्खा भूमिहरूमा खोला बगाइदिनेछु। म मेरो आत्मा तिम्रा छोरा-छोरीहरूमाथि खन्याई दिनेछु, यो तिम्रो सन्तानमा बगिरहने पानीका धाराहरू जस्तै हुनेछ।

भजनसंग्रह 115:14
परमप्रभुले तिमीहरूका छोरा-छोरीहरूलाई धेरै भन्दा धेरै नै दिऊन्।

भजनसंग्रह 128:3
घरमा, तिम्री पत्नी अङ्गुरको विरूवा जस्तो फलधायक हुनेछ।, तिम्रा छोरा-छोरीहरू तिमीले टेबल वरिपरि रोपेको फलदायक जैतूनको झ्याङ्गहरू झैं हुनेछन्।

यर्मिया 30:19
तिनीहरूबाट धन्यवादको स्तुतिगान र आनन्दको स्वर गुञ्जिनेछ। म तिमीहरूलाई धेरै छोरा-छोरीहरूका निम्ति आशीर्वाद दिनेछु। तिमीहरू कम्ती हुनेछैनन्। म तिनीहरूमा गौरव ल्याउनेछु र तिनीहरूलाई कैसेले तिरस्कार गर्नु पाउने छैनन्।

भजनसंग्रह 144:12
हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्। हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।

भजनसंग्रह 125:2
पर्वतहरू सारा यरूशलेम वरिपरि छन्। अनि परमप्रभु आफ्ना मानिसहरूको वरिपरि हुनुहुन्छ। उहाँले आफ्ना मानिसहरूलाई सर्वकाल रक्षा गर्नुहुनेछ।

लूका 19:42
उहाँले यरूशलेमको विषयमा भन्नुभयो, “तिम्रोमा केले शान्ति ल्याउँछ? यदि तिमीले आज बुझेको भए, असल हुने थियो। तर तिमीले जान्दैनौ, किनभने यो तिम्रो आँखाबाटा ओझेल परेकोछ।

जकरिया 8:3
परमप्रभु भन्नुहुन्छ, “म सियोनमा फेरि फर्केर आएँ। म यरूशलेममा बसिरहेको छु। यरूशलेम सत्यको बिश्वासी शहर भनिनेछ। सर्वशक्तिमान परमप्रभुको पर्वतलाई चाहिं पवित्र पर्वत भनिनेछ।”

दानियल 9:25
“त्यसपछि यो जान र बुझ, यरूशलेमको पुनप्राप्ति र पुननिर्माण हुनेछ भन्ने वचन निस्केको समयदेखि एक अभिषिक्त जन, एक राजकुमार देखा परेको समय सम्म सात हप्ता बित्नेछ। त्यसपछि बैसठ्ठी हप्ता सम्म गल्ली र नाला समेत पुनप्राप्ति र पुर्ननिर्माण भइसकेको अवस्थामा रहनेछ।

विलाप 4:12
यरूशलेमका फाटकहरूबाट शत्रुहरू प्रवेश गर्ने छन् भन्ने कसैले विश्वास गर्न सक्दैन थे।

विलाप 2:8
परमप्रभुले सियोनकी छोरीको पर्खाललाई ध्वंश गर्ने योजना गर्नुभयो। त्यसकारण उहाँले ती पर्खालहरू ध्वंश गर्नु पर्ने ठाउँमा चिन्ह लगाउन गजले नाप्नु भयो। त्यस पछि तिनीहरू सबै भत्के।

भजनसंग्रह 51:18
हे परमेश्वर, सियोन प्रति कल्याणकारी बन्नु होस्। यरूशलेमको पर्खालहरू पुर्ननिर्माण गर्नुहोस्।

भजनसंग्रह 48:11
हे परमेश्वर! सियोन पर्वत खुशी हुन्छ। यहूदाका शहरहरू तपाईंको सही निर्णयले गर्दा रमाउँदछन्।

नहेम्याह 12:30
पूजाहारीहरू अनि लेवीहरूले आफैंलाई शुद्धपारे अनि ती मानिसहरूले द्वार र पर्खालहरूलाई पनि शुद्ध पारे।

नहेम्याह 7:3
मैले तिनीहरूलाई भने, “यरूशलेमको द्वारहरू घाम पूर्णरूपले उदय नहुञ्जेल खोल्नु हुँदैन, अनि घाम अस्ताउनु भन्दा अघि बन्द गर्नु पर्छ। यरूशलेमका बासिन्दाहरूलाई रक्षा गर्न कसैलाई तिनीहरूको खामातिर अनि कसैलाई आफ्नै घरको रक्षा गर्न नियुक्त गर।”फर्केर आएका कैदिहरूको सूची

नहेम्याह 7:1
जब पर्खालको पुनःर्निर्माण भयो, अनि मैले ठीक ठाउँमा ढोकाहरू लगाएँ, द्वारपाल, गवैया अनि लेवीहरूलाई पूजाहरी नियुक्त गरे।

नहेम्याह 6:1
जब यी कुरा सम्बलत, तोबियाह, अरबी गेशेम अनि हाम्रा अन्य शत्रुहरूलाई भनियो कि मैले पर्खाल पुनःर्निर्माण गरे। अनि त्यहाँ कुनै खाली छाडिएन यद्यपि त्यससमय मैले ढोका फाटकहरूमा ढोकाहरू लगाएको थिएन।

नहेम्याह 3:1
एल्यासीब, प्रधान पूजाहारी अनि उनका सहयोगी पूजाहारीहरू काम गर्न गए, अनि तिनीहरूले भेडा-ढोकाफेरि बनाए। तिनीहरूले यसलाई परमप्रभुप्रति समर्पण गरे अनि तिनीहरूले यसका ढोकाहरू लगाए। तिनीहरूले सयको हन्मेआ बुर्जासम्म अनि हननेलको बुर्जासम्म समर्पण गरे।