Deuteronomy 22:21
शहरका बूढा-प्रधानहरूले तिनलाई उसको पिताको घरको ढोकामा ल्याउनु पर्छ अनि शहरका मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। किन? किनभने उसले इस्राएलमा लाजमर्दो काम गरी। उसले आफ्ना पिताको घरमा वेश्या जस्तै काम गरी, यसकारण तिमीहरूले यस्तो दुष्टता तिमीहरूका मानिसहरूबाट अवश्यै निकाल्नु पर्छ।
Deuteronomy 22:21 in Other Translations
King James Version (KJV)
Then they shall bring out the damsel to the door of her father's house, and the men of her city shall stone her with stones that she die: because she hath wrought folly in Israel, to play the whore in her father's house: so shalt thou put evil away from among you.
American Standard Version (ASV)
then they shall bring out the damsel to the door of her father's house, and the men of her city shall stone her to death with stones, because she hath wrought folly in Israel, to play the harlot in her father's house: so shalt thou put away the evil from the midst of thee.
Bible in Basic English (BBE)
Then they are to make the girl come to the door of her father's house and she will be stoned to death by the men of the town, because she has done evil and put shame on Israel, by acting as a loose woman in her father's house: so you are to put away evil from among you.
Darby English Bible (DBY)
then they shall bring out the damsel unto the entrance of her father's house, and the men of her city shall stone her with stones that she die: because she hath wrought infamy in Israel, committing fornication in her father's house; and thou shalt put evil away from thy midst.
Webster's Bible (WBT)
Then they shall bring out the damsel to the door of her father's house, and the men of her city shall stone her with stones that she may die: because she hath wrought folly in Israel, to be guilty of lewdness in her father's house: so shalt thou remove evil from among you.
World English Bible (WEB)
then they shall bring out the young lady to the door of her father's house, and the men of her city shall stone her to death with stones, because she has done folly in Israel, to play the prostitute in her father's house: so shall you put away the evil from the midst of you.
Young's Literal Translation (YLT)
then they have brought out the damsel unto the opening of her father's house, and stoned her have the men of her city with stones, and she hath died, for she hath done folly in Israel, to go a-whoring `in' her father's house; and thou hast put away the evil thing out of thy midst.
| Then they shall bring out | וְהוֹצִ֨יאוּ | wĕhôṣîʾû | veh-hoh-TSEE-oo |
| אֶת | ʾet | et | |
| damsel the | הַֽנַּעֲרָ֜ | hannaʿărā | ha-na-uh-RA |
| to | אֶל | ʾel | el |
| the door | פֶּ֣תַח | petaḥ | PEH-tahk |
| father's her of | בֵּית | bêt | bate |
| house, | אָבִ֗יהָ | ʾābîhā | ah-VEE-ha |
| and the men | וּסְקָלוּהָ֩ | ûsĕqālûhā | oo-seh-ka-loo-HA |
| city her of | אַנְשֵׁ֨י | ʾanšê | an-SHAY |
| shall stone | עִירָ֤הּ | ʿîrāh | ee-RA |
| her with stones | בָּֽאֲבָנִים֙ | bāʾăbānîm | ba-uh-va-NEEM |
| die: she that | וָמֵ֔תָה | wāmētâ | va-MAY-ta |
| because | כִּֽי | kî | kee |
| she hath wrought | עָשְׂתָ֤ה | ʿośtâ | ose-TA |
| folly | נְבָלָה֙ | nĕbālāh | neh-va-LA |
| Israel, in | בְּיִשְׂרָאֵ֔ל | bĕyiśrāʾēl | beh-yees-ra-ALE |
| to play the whore | לִזְנ֖וֹת | liznôt | leez-NOTE |
| father's her in | בֵּ֣ית | bêt | bate |
| house: | אָבִ֑יהָ | ʾābîhā | ah-VEE-ha |
| put thou shalt so | וּבִֽעַרְתָּ֥ | ûbiʿartā | oo-vee-ar-TA |
| evil | הָרָ֖ע | hārāʿ | ha-RA |
| away from among you. | מִקִּרְבֶּֽךָ׃ | miqqirbekā | mee-keer-BEH-ha |
Cross Reference
व्यवस्था 13:5
अगमवक्ता अथवा स्वप्न-दर्शी मानिसलाई तिमीहरूले मार्नु पनि पर्छ। किन? किनभने, उसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई नमान्नु भन्यो। उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनु भयो जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई जस्तो तरिकाले जीवन यापन गर्ने आज्ञाहरू दिनु भएको छ त्यसबाट उसले अलमलायो। तिमीहरूका मानिसहरूबाट दुष्टता हटाउनको निम्ति तिमीहरूले त्यसलाई मार्नै पर्छ।
उत्पत्ति 34:7
जब याकूबका छोराहरूले यस बारे सुने तिनीहरू खेतबाट आए। तिनीहरू उत्तेजित भएर धेरै रिसाए किनभने शकेमले यस्तो कामगरेका थियो जो इस्राएलमा गर्नु हुँदैन थियो। शकेमको घृणात्मक कार्य सुनेर सबै दाज्यू-भाइहरू खेतबाट बाहिर निस्किए।
न्यायकर्ता 20:6
यसर्थ मैले मेरी स्त्री सेविकालाई लगे अनि उसको देहलाई टुक्वा-टुक्वा पारेर काटे। त्यसपछि मैले इस्राएलका प्रत्येक कुल समूहलाई एक एक टुक्रा पठाएँ। हामीले प्राप्त गरेको भूमिहरूमा मैले बाह्र टुक्वा पठाएँ। मैले त्यसो गरे किनभने बिन्यामीनका मानिसहरूले इस्राएलमा यस्तो भयानक काण्ड गरे।
2 शमूएल 13:12
तामारले अम्नोनलाई भनिन्, “होइन, दाजु! मलाई जबरजस्ती नगर्नुहोस्। यस्तो लाजमर्दो काम नगर्नुहोस्। यस्तो भयानक कार्य इस्राएलमा कहिले हुनैसक्दैन।
न्यायकर्ता 20:10
हामी इस्राएलका सबै कुल समूहका हरेक 100 जनामा 10 व्यक्तिहरू चुन्ने छौं। अनि हामी प्रत्येक 1,000 बाट 100 मानिसहरू चुन्नेछौं। हामी प्रत्येक 10,000 बाट 1,000 मनिसहरू चुन्नेछौं। हामीले चुनेका ती मानिसहरूले सेनाहरूले जस्तै आपूर्ति सामग्रीहरू पाउनेछन्। तब ती मानिसहरू बिन्यामीनको इलाका गिबामा जानेछन् र सेनाले इस्राएलका मानिसहरू माझ गरेको त्यो भयानक कार्यका निम्ति ती मानिसहरूलाई दण्ड दिनेछन्।”
व्यवस्था 21:21
तब शहरका सबै मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। यसरी, तिमीहरूले यस दुष्टलाई तिमीहरूको बीचबाट हटाउने छौ। इस्राएलका सबै मानिसहरूले यस्तो खबर थाहा पाउने छन् र डराउने छन्।
व्यवस्था 19:19
तिमीहरूले त्यसलाई सजाय दिनु नै पर्छ। त्यस गवाहीलाई त्यही सजाय दिनु पर्छ जुन सजाय उसले अर्को मानिसलाई दिन चाहन्थ्यो। यस प्रकारले तिमीहरूले आफ्ना समूहबाट दुष्टता हटाउँनेछौ।
व्यवस्था 17:7
ती साक्षीहरूले नै त्यस दोषीलाई मार्न पहिलो ढुङ्गा ले हिर्काउनु पर्छ। तब मात्र अरू मानिसहरूले त्यसलाई मार्न ढुङ्गाले हिर्काउनु पर्छ, यस प्रकार तिमीहरूले आफ्नो समूहबाट दुष्टता हटाउने छौ।
लेवी 21:9
“यदि एकजना पूजाहारीकी छोरी वेश्या भई भने उसले आफ्नो सम्मान नष्ट पार्छे, आफ्नो बाबुलाई लाजमर्दो पार्छे, यसर्थ उसालाई आगोमा जलाउनुपर्छ।
व्यवस्था 23:17
“एक जना इस्राएली स्त्री अथवा पुरूष मन्दिरको वेश्या हुनु सक्तैन।
व्यवस्था 22:24
तिनीहरू दुवैलाई शहरको फाटकमा जनसमूह बीच ल्याएर ढुङ्गाले हिर्काएर मार्नु पर्छ। त्यस मानिसलाई मार्नु पर्छ कारण उसले अर्काकी पत्नीसित बलात्कारको अपराध गर्यो अनि त्यस स्त्रीलाई मार्नु पर्छ किनभने उसले आफ्नो नैतिकता बचाउन निम्ति शहरका मानिसहरूबाट सहायता लिइन। र यस्तो दुष्ट कर्यलाई तिमीहरूका मानिसहरूबाट हटाउनु पर्छ।
व्यवस्था 22:22
“यदि कुनै मानिसले अर्काकी पत्नीसित सहवास गर्दै गरेको फेला पारे त्यस क्रियामा लागेका पुरूष र स्त्री दुवैलाई मार्नु पर्छ, यसरी इस्राएलबाट अनैतिकता हटाउनु पर्छ।
व्यवस्था 17:5
तब यस्तो अनिष्ट कार्य गर्ने मानिसलाई तिमीहरूले सजाय दिनु पर्छ। त्यस पुरूष अथवा स्त्रीलाई शहरको सार्वजनिक ठाउँको फाटकमा तिमीहरूले लानु पर्छ अनि ढुङ्गाले हानेर मार्नु पर्छ।
व्यवस्था 13:10
किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू जो मिश्रदेशमा दास-दासीको जीवन बिताइरहेका थियौ त्यहाँबाट बाहिर निकाल्नु भयो, उहाँले तिमीहरूलाई टाढो ल्याउने चेष्टा गर्नुभयो।
गन्ती 15:35
तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नु पर्छ। सबै मानिसहरूले उसलाई छाउनी बाहिर ढुङ्गाले हिर्काउनु पर्छ।”
लेवी 24:23
तब मोशाले मानिसहरूलाई यी कुराहरू बताए अनि तिनीहरूले जसले सरापेको थियो त्यस मानिसलाई पाल बाहिर ल्याएर ढुङ्गले हिर्काएर मारे। यसर्थ इस्राएलीहरूले त्यही गरे जो परमप्रभुले मोशालाई आज्ञा दिनु भएको थियो।
लेवी 24:16
यदि कुनै मानिसले परमप्रभुको निन्दा गर्छ अथवा सराप्छ इस्राएलको सम्पूर्ण समुदायले उसलाई ढुङ्गाले हिर्काएर मार्नुपर्छ। यदि एउटा विदेशीले निन्दा गर्छ भने उसलाई अवश्यै मार्नु पर्छ जस्तो इस्राएलमा जन्मएको निन्दालाई मार्छ।