1 पत्रुस 2:16 in Nepali

नेपाली नेपाली बाइबल 1 पत्रुस 1 पत्रुस 2 1 पत्रुस 2:16

1 Peter 2:16
मुक्त मानिसहरु जस्तै होऊ। तर तिमीहरुको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच।

1 Peter 2:151 Peter 21 Peter 2:17

1 Peter 2:16 in Other Translations

King James Version (KJV)
As free, and not using your liberty for a cloke of maliciousness, but as the servants of God.

American Standard Version (ASV)
as free, and not using your freedom for a cloak of wickedness, but as bondservants of God.

Bible in Basic English (BBE)
As those who are free, not using your free position as a cover for wrongdoing, but living as the servants of God;

Darby English Bible (DBY)
as free, and not as having liberty as a cloak of malice, but as God's bondmen.

World English Bible (WEB)
as free, and not using your freedom for a cloak of wickedness, but as bondservants of God.

Young's Literal Translation (YLT)
as free, and not having the freedom as the cloak of the evil, but as servants of God;

As
ὡςhōsose
free,
ἐλεύθεροιeleutheroiay-LAYF-thay-roo
and
καὶkaikay
not
μὴmay
using
ὡςhōsose

your
ἐπικάλυμμαepikalymmaay-pee-KA-lyoom-ma
liberty
ἔχοντεςechontesA-hone-tase
for
τῆςtēstase
cloak
a
κακίαςkakiaska-KEE-as
of

τὴνtēntane
maliciousness,
ἐλευθερίανeleutherianay-layf-thay-REE-an
but
ἀλλ'allal
as
ὡςhōsose
the
servants
δοῦλοιdouloiTHOO-loo
of
God.
θεοῦtheouthay-OO

Cross Reference

रोमी 6:22
तर अब तिमीहरू पापबाट मुक्त छौ। अब तिमीहरू परमेश्वरका दास हौ। अनि यसले तिमीहरूलाई यस्तो जीवन ल्याउँछ जुन परमेश्वरको निम्ति मात्र हुन्छ। अनि त्यहाँबाट तिमीहरूले अनन्त जीवन प्राप्त गर्नेछौ।

याकूब 1:25
तर वास्तवमा सुखी मानिस त्यो हो जसले परमेश्वरको सही नियम पालनगर्छ, जसले मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ। उसले त्यसलाई अध्ययन गरिरहन्छ। उसले परमेश्वरको वचन सुन्छ अनि उसले जे सुन्यो त्यो बिर्सदैन। तब वचनमा जे भनिएको छ पालन गर्छ। त्यस मानिस जसले त्यसो गर्छ, सुखी हुनेछ।

1 कोरिन्थी 7:22
परमेश्वरले बोलाउँदा कुनै मानिस कमारा थियो भने उ प्रभुमा मुक्त हुन्छ अनि उ प्रभुको हुन्छ। उसरी नै परमेश्वरले बोलाउँदा यदि उ मुक्त थियो भने उ ख्रीष्टमा कमारा हुन्छ।

गलाती 5:13
मेरा दाज्यु-भाइ, दिदी-बहिनीहरू हो! परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर।

यहूदा 1:4
कोही मानिसहरु तिमीहरुको समूहमा सुटुक्क पसेका छन्। तिनीहरुले गरिरहेका कुराको निम्ति दोषी ठहर्याई सकिएकोछ। धेरै अघि, अगमवक्ताहरुले तिनीहरुको विषयमा लेखेका थिए। तिनीहरु परमेश्वरका शत्रुहरु हुन्। तिनीहरुले हाम्रा परमेश्वरको अनुग्रहलाई हर तरहको पापकर्म गर्ने अनुमति पत्र बनाएका छन्। तिनीहरु हाम्रा एकमात्र मालिक एवं प्रभु येशू ख्रीष्टलाई अस्वीकार गर्छन्।

2 पत्रुस 2:19
ती झूटा शिक्षकहरु स्वतंत्रता प्राप्रिको बचन दिन्छन्। तर ती झूटा शिक्षकहरु स्वयं स्वतन्त्र छैनन्। तिनीहरु ती ध्वंशात्मक कुराहरुका दास हुन्। एक मानिस त्यस वस्तुको दास बन्दछ जसले उसलाई अधिकारमा राख्छ।

याकूब 2:12
तिमीहरू त्यो नियमद्वारा जाँच गरिन्छौ, जुन नियमले मानिसहरूलाई मुक्त तुल्याउँछ। तिमीहरूले दैनिक बोल चाल औ कर्ममा यस कुरोलाई याद राख्नु पर्छ।

1 थिस्सलोनिकी 2:5
तिमीहरूको प्रशंसा गरेर हामीले तिमीहरूलाई प्रभावित पार्न खोजेका छैनौं, यो तिमीहरू जान्दछौ। हामीले तिमीहरूबाट पैसा लिने कोशिश पनि गरेका छैनौं। तिमीहरूबाट हाम्रो स्वार्थ लुकाउनु केही छैन। परमेश्वर जान्नु हुन्छ, यो साँचो हो।

कलस्सी 3:24
याद राख, परमप्रभुले तिमीहरूलाई पुरस्कार दिनुहुनेछ। उहाँले आफ्ना मानिसहरूलाई के दिने प्रतिज्ञा गर्नु भएको छ त्यो तिमीलाई दिनु हुनेछ। तिमीहरूले प्रभु ख्रीष्टको सेवा गर्दैछौ।

एफिसी 6:6
तिनीहरूले हेरिरहेको बेला तिनीहरूको मन जित्न तिनीहरूका सामुन्ने मात्र तिमीहरूले आज्ञा पालन गर्नु होइन तर तिमीहरूले ख्रीष्टको आज्ञा पालन गरे झैं तिनीहरूलाई मान।

गलाती 5:1
ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन।

रोमी 6:18
तिमीहरू पापदेखि मुक्त भयौ। अनि अब तिमीहरू धार्मिकताका दास भयौ।

यूहन्ना 15:22
यदि म नआएको भए र संसारका मानिसहरूलाई नबताएको भए तब तिनीहरू पापका-दोषी हुने थिएनन्। तर अब मैले तिनीहरूलाई जनाएँ र अब तिनीहरू पापबाट माफी हुने छैन।

यूहन्ना 8:32
तब मात्र तिमीहरूले सत्य जान्नेछौ। अनि सत्यले तिमीहरूलाई मुक्ति गराउनेछ।”

मत्ती 23:13
“शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ।