Matthew 14:20 सबैले खाए र सन्तुष्ट भए। सबै मानिसहरूले खाना खाइसके, पछि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर बाह्रवटा टोकरीहरूमा भरे
Matthew 14:20 in Other Translations
King James Version (KJV) And they did all eat, and were filled: and they took up of the fragments that remained twelve baskets full.
American Standard Version (ASV) And they all ate, and were filled: and they took up that which remained over of the broken pieces, twelve baskets full.
Bible in Basic English (BBE) And they all took of the food and had enough: and they took up twelve baskets full of broken bits which were not used.
Darby English Bible (DBY) And all ate and were filled, and they took up what was over and above of fragments twelve hand-baskets full.
World English Bible (WEB) They all ate, and were filled. They took up twelve baskets full of that which remained left over from the broken pieces.
Young's Literal Translation (YLT) and they did all eat, and were filled, and they took up what was over of the broken pieces twelve hand-baskets full;
Read Full Chapter :
Matthew 14
Cross Reference
मत्ती 16:8
येशूले चेलाहरूका धारणा बुझ्नुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, ‘किन रोटीको विषयमा तिमीहरू कुरा गर्न लागिरहेछौ? तिमीहरूसित कमजोर विश्वास छ।
मर्कूस 6:42
सबैले अघाउञ्जेल खाए।
मर्कूस 8:8
सबै मानिसहरूले खाए अनि तृप्त भए। तब उब्रिएका रोटीका टुकाहरू चेलाहरूले बटुलेर सात टोकरी भरे।
लूका 1:53
उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ। तर स्वार्थी र धनीहरूलाई रित्तै हात पठाई दिनु भएकोछ।
लूका 9:17
सबैले अघाउन्जेल खाना खाए अनि प्रेरितहरूले उब्रेको खाना बटुले जो बाह्र डालो भरीभयो।
2 राजा 4:43
एलीशाको सेवकले भन्यो, “के भन्नु हुन्छ? यहाँ एक सय जना मानिसहरू छन्। म ती सबै मानिसहरूलाई यो भोजन दिन सक्छु?”तर एलीशाले भने, “मानिसहरूलाई भोजन खान देऊ। परमप्रभु भन्नुहुन्छ, ‘तिनीहरूले खान्छन् अनि अझै पनि भोजन रहने छ।”
हितोपदेश 13:25
एकजना धर्मी मानिसको प्रचुर मात्रमा खाने कुरा हुन्छ, तर दुष्ट मानिसहरूको पेट भर्न प्रयाप्त खाने कुरा हुँदैन।
इजकिएल 4:14
त्यसपछि मैले आश्चर्य भएर भनें, “तर हे परमप्रभु मेरो मालिक! मैले अशुद्ध भोजन कहिले खाइनँ। मैले कहिले जनावरको मासु खाइन जुन कुनै रोगले मरेको होस् या कुनै जङ्गली जनावरले मारेको होस्। मैले बाल्यकालदेखि अहिले सम्म कुनै दिन पनि अपवित्र मासु खाइनँ। मेरो मुखमा त्यस्तो नराम्रो मासु पसेको छैन।”
हाग्गै 1:6
तिमीहरूले रोप्न त धेरै रोप्छौ, तर कट्नी चाँहि कम्ती गर्दछौ। तिमीहरूले खाना त खान्छौ तर भोकै हुन्छौ। तिमीहरूले मद्यपान पनि गर्छौ तर नशा लाग्दैन्, तिमीहरू लुगा पनि लगाउँछौ तर सम्पूर्ण रूपमा तिमीहरूलाई तातो हुँदैन, तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तिमीहरूलाई थाहा हुँदैन त्यो कहाँ खर्च हुन्छ, तिमीलाई लाग्छ कि गोजीमा छेंड परेकोछ।’”
मत्ती 5:6
धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ।
प्रस्थान 16:8
अनि मोशाले भने, “तिमीहरूले गन-गन गरिरहेका छौ र परमप्रभुले पनि तिमीहरूको गुनासो सुन्नु भएको छ। यसर्थ आज राती परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्छ अनि बिहान तिमीहरूको आवश्यकता अनुसार रोटी दिनु हुनेछ। तिमीहरूले हारून, र मलाई गन-गन गरिरहेका छौ। हुनु सक्छ अब हामीले केही आराम पाउने छौं। यति बुझ तिमीहरू हारून, र मेरो विरूद्धमा होईन तर परमप्रभुको विरूद्धमा गन-गन गरिरहेका छौ।”
मत्ती 15:37
सबै मानिसहरू खाए र तृप्त भए। चेलाहरूले उब्रेका रोटीको टुक्राहरू बटुले ती सात टोकरीभरि भए।
मर्कूस 8:16
चेलाहरूले यस कुराको अर्थ बारे चर्चा गरे। तिनीहरूले भने, “उहाँले यसो भनेको कारण हामीसंग रोटी छैन भन्नु भएको हो।”
यूहन्ना 6:7
फिलिपले उत्तर दिए, “यदी हामी सबैले महिनाभरि काम गर्यौ भने पनि प्रत्येकलाई एक एक टुक्रा रोटी दिने पैसा पुग्ने छैन।”
यूहन्ना 6:11
येशूले रोटी लिनु भयो र परमेश्वरलाई यसको निम्ति धन्यवाद दिनुभयो, अनि त्यहाँ बसेका जम्मैलाई रोटी बाडनु भयो। माछा पनि त्यसरीनै बाँडनु भयो। येशूले मानिसहरूलाई जति चहान्थे त्यति नै दिनु भयो।
मत्ती 15:33
चेलाहरूले येशूलाई सोधे, “यी मानिसहरूलाई खुवाउन यति विघ्न भोजन हामी कहाँ पाउन सक्छौ? शहरदेखि हामी धेरै टाढा छौं।”
प्रस्थान 16:12
“मैले इस्राएलीहरूको गुनासो सुनेको छु। यसर्थ तिनीहरूलाई भन, ‘तिनीहरूले आज रातीमासु खानेछन् र बिहान रोटी खानेछन्। तब तिमीहरूले जान्नेछौ म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।”‘
लेवी 26:26
म तिमीहरूको अन्न वितरण विछिन्न बनाउनेछु। दश जना स्रीहरूले एउटै चुल्हामा भान्सा पकाउनेछन्। तिनीहरूले एक-एक जना गरेर रोटी नाप्नेछन्। तिमीहरूले खानेछौ तर तिमीहरू अघाउने छैनौ।
1 राजा 17:12
स्त्रीले भनिन्, “जीवित परमप्रभु तपाईंको परमेश्वर समक्ष मैले शपथ गरिभन्छु म सित रोटी छैन। म सित भाडाँमा अलिकति पीठो मात्र छ। अनि म सित ढुंग्रोमा अलिकति अंडीरको तेल छ। म यस ठाउँमा आगोको निम्ति केही दाउराका टुक्रा जम्मा गर्न आएकी हुँ। म यसलाई घर लिएर जानेछु अनि हाम्रो निम्ति भोजन पकाउने छु। मेरो छोरा र म यसलाई खाने छौं अनि त्यसपछि भोकले मर्नेछौं।”
2 राजा 4:1
अगमवक्ताहरूका समूह मध्ये एउटाकी पत्नीले एलीशालाई यसो भनेर बिन्ती गरिन्, “तपाईंको दास मेरो पति अहिले मरे। तपाईलाई थाहै छ कि उनले परमप्रभुको सम्मान गर्दथे। तर उनले एक जना मानिसको ऋण लिएका थिए। र अहिले त्यो मानिसले मेरो दुइजना छोराहरूलाई लिन र तिनीहरूलाई आफ्नो दास बनाउन आइरहेको छ।”