Isaiah 19:1 मिश्रको बारेमा शोक सन्देश हेर! परमप्रभु तिब्र गतिमा उडिरहने बादलमाथि चडेर आउनु हुँदैछ। परमप्रभु मिश्रमा प्रवेश गर्नु हुनेछ अनि मिश्रका सबै झूटा देवताहरू डरले काम्नेछन्। मिश्र वीर थियो, तर त्यो गरिमा पग्लेर जानेछ।
Isaiah 19:1 in Other Translations
King James Version (KJV) The burden of Egypt. Behold, the LORD rideth upon a swift cloud, and shall come into Egypt: and the idols of Egypt shall be moved at his presence, and the heart of Egypt shall melt in the midst of it.
American Standard Version (ASV) The burden of Egypt. Behold, Jehovah rideth upon a swift cloud, and cometh unto Egypt: and the idols of Egypt shall tremble at his presence; and the heart of Egypt shall melt in the midst of it.
Bible in Basic English (BBE) The word about Egypt. See, the Lord is seated on a quick-moving cloud, and is coming to Egypt: and the false gods of Egypt will be troubled at his coming, and the heart of Egypt will be turned to water.
Darby English Bible (DBY) The burden of Egypt. Behold, Jehovah rideth upon a swift cloud, and cometh to Egypt; and the idols of Egypt are moved at his presence, and the heart of Egypt melteth in the midst of it.
World English Bible (WEB) The burden of Egypt. Behold, Yahweh rides on a swift cloud, and comes to Egypt: and the idols of Egypt shall tremble at his presence; and the heart of Egypt shall melt in the midst of it.
Young's Literal Translation (YLT) The burden of Egypt. Lo, Jehovah is riding on a swift thick cloud, And He hath entered Egypt, And moved have been the idols of Egypt at His presence, And the heart of Egypt melteth in its midst.
Read Full Chapter :
Isaiah 19
Cross Reference
Exodus 12:12
“आज राती म मिश्रभित्र पस्नेछु अनि पहिले जन्मेका मानिसहरू र पशुहरूलाई नष्ट गर्नेछु। यस प्रकारले म मिश्रका सबै देवताहरूको न्याय गर्नेछु, म परमप्रभु हुँ।
Joshua 2:11
हामीले ती कुराहरू सुन्यौं अनि हामी अत्यन्त भयभीत भयौं। अनि जब हामी मध्ये कोही पनि यस्तो साहसी मानिस छैन जो तिमीहरूसित युद्ध गर्न सकुन्। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले माथि स्वर्ग अनि तल पृथ्वीमा शासन गर्नुहुन्छ।
Joel 3:19
मिश्रदेश मरुभूमिझैं हुनेछ अनि एदोम पनि उजाड भूमि हुनेछ। किनकि तिनीहरु यहूदाका मनिसहरु प्रति निष्ठुर थिए। तिनीहरुले तिनीहरुकै देशको निर्दोषमानिसको हत्या गरेका छन्।
Revelation 1:7
हेर, येशू मेघहरुमा आँउदै हुनुहुन्छ। उहाँलाई सबै मानिसहरुले, ती मानिसहरु जसले घोंचेका थिए तिनीहरुले पनि देख्नेछन्। उहाँको कारणले पृथ्वीका सम्पूर्ण मानिसहरु जोडले कराउनेछन्। यो सत्य हो, यो घट्ने छ। आमिन।
Psalm 104:3
परमेश्वर, तपाईंले तिनीहरूमाथि आफ्नो घर बनाउनु भयो। तपाईंले बाक्लो बादलहरू रथ सरह चलाउनु भयो, अनि बतासको पखेंटाहरूमा आकाश तरेर चढनुभयो।
Ezekiel 30:13
परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ“म मिश्रमा मूर्तिहरू नष्ट पार्नेछु! म मूर्तिहरू नोपबाट बाहिर निकाल्छु। भविष्यका निम्ति मिश्र देशमा कुनै पनि शासक हुनेछैन, अनि म मिश्रबाट डर हटाउनेछु!
Isaiah 13:1
परमेश्वरले आमोसको छोरा यशैयालाई यस्तो बाबेलको विषयमा दुःखको सन्देश बताउनु भयोः
Jeremiah 50:2
“प्रत्येक जाति-जातिलाई यो घोषण गर, झण्डा उठाऊ र सन्देश प्रचार गर। सम्पूर्ण सन्देश सुनाऊ र भन, ‘बाबेलको राज्य कब्जा गरिनेछ। बाल देवता लाजको पात्र हुनेछ। मरोदक देवता भयभीत हुनेछ। बाबेलका मूर्तीहरू लज्जित हुनेछन्। उसका देवताका मूर्तिहरू त्रासित हुनेछन्।’
Ezekiel 29:1
देशबाट निकालिएको दशौं वर्षको दशौं महीनाको बाह्रौं दिनमा परमप्रभु मेरा मालिकको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
Isaiah 13:7
मानिसहरूले आफ्नो हिम्मत हार्नेछन् र मानिसहरूलाई डरले कमजोर बनाउने छ।
Isaiah 19:16
त्यसबेला मिश्रदेशवासीहरू डराएकी स्त्रीहरू जस्तै हुनेछन्। तिनीहरू सेनाहरूका परमप्रभुदेखि डराउनेछ। परमप्रभुले तिनीहरूलाई दण्ड दिनलाई उहाँको पाखुरा उठाउनु हुनेछ र तिनीहरू डराउनेछन्।
Isaiah 21:9
हेर! तिनीहरू आइरहे छन्! मानिसहरूका लस्कर र घोडचडी सिपाहीहरूका लस्कर म देख्छु।”तब एउटा सन्देशवाहकले भन्यो, “बाबेल पराजित भयो। बाबेलको पतन भयो। उसका सारा झूटा देवताका मूर्तिहरू भूईंमा बजार्दै फ्याँकिए अनि ती सबै टुक्रा-टुक्रा भए।”
Isaiah 46:1
बाल देवता अनि नबो देवता, मेरो समक्ष झुक्नेछन्। ती झूटा देवताहरू मूर्ति मात्र हुन्। मानिसहरूले ती मूर्तिहरू पशुहरूका ढाडहरूमाथि राख्दछन ती मूर्तिहरू खाली बोक्नको भारी मात्र हुन्।
Jeremiah 25:19
मैले मिश्रका राजा फिरऊन, तिनका अधिकारीहरू, महत्वपूर्ण नायकहरू, उनका सबै मानिसहरू,
Jeremiah 43:8
तहपनेस शहरमा, यर्मियाले परमप्रभुबाट सन्देश प्राप्त गरे
Exodus 15:14
“अरू राष्ट्रहरूले यो कथा सुन्ने छन् र तिनीहरू डराउने छन्। पलिश्तीका मानिसहरू डरले काम्ने छन्।
Jeremiah 46:1
ती वचनहरू जो परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ आए धेरै जाति-जातिहरूको विषयमा छ।
Jeremiah 51:44
म बाबेलको बाललाई दण्ड दिनेछु। उसले जे-जे निलेको छ त्यसलाई उल्टी गराउँछु। बाबेलमा जाति-जातिहरूका मानिसहरू अब उसो आउने छैनन्। बाबेलको पर्खाल ढल्नेछ।
Zechariah 10:11
यो पहिलेको झैं हुनेछ जब परमेश्वरले तिनीहरूलाई मिश्रबाट ल्याउनु भएको थियो। उहाँले समुद्रको छालमा हिर्काउँनु भयो, समुद्र छुट्टियो अनि मानिसहरू दुःखको समुद्रमा पैदल हिंडेर पार गरे। परमप्रभुले नदीको बहावलाई सुकाई दिनु हुनेछ। उहाँले अश्शूरको घमण्ड अनि मिश्रको शक्ति ध्वंश गरिदिनुभयो।
Zechariah 14:18
यदि माश्रदेशका कुनै पनि परिवारका मानिस छाप्रो-बासको चाड मान्न आएन भने तिनीहरू डरलाग्दो रोगको शिकार हुनेछन्, जस्तो परमप्रभुले अरू शत्रु देशहरूलाई लगाई दिनु भएको थियो।
Matthew 26:64
येशूले भन्नुभयो, “हो, म नै हुँ। तर म भन्दछु भविष्यमा तपाईंले मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि बसिरहेको र स्वर्गको बादलमा आउँदै गरेको देख्नु हुनेछ।”
Jeremiah 44:29
तब म तिमीहरूलाई प्रमाण दिनेछु,’ यो परमप्रभुको सन्देश हो, ‘म मिश्रमा तिमीहरूलाई दण्ड दिनेछु अनि तिमीहरूले जान्नेछौ कि “तिमीहरूलाई नोक्सान पुर्याउने” मेरो वचन साँचो ठहरिनेछ।’
Deuteronomy 33:26
“यशूरूनमा जस्ता परमेश्वर अरू कोही छैन। परमेश्वर तिमीहरूलाई सहायता गर्नको खातिर आकाशबाट आफ्नो प्रतापमा बादलमाथि चढनुहुन्छ।
Joshua 2:9
राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्।
Joshua 2:24
तिनीहरूले यहोशूलाई भने, “परमप्रभुले साँच्चै नै सम्पूर्ण देश हामीलाई दिनु भएको छ। त्यस देशका समस्त मानिसहरू हामीसित भयभीत छन्।”
1 Samuel 5:2
पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई दागोनको मन्दिरमा लगेर दागोनकै मूर्तिको छेउमा राखे।
Psalm 18:10
परमप्रभु करूब स्वर्गदूतमाथि चढेर आकाश वारिपारि उडनुभयो। उहाँमाथि बतासमा उडिरहनु भएको थियो।
Psalm 68:4
उहाँको सम्मानमा बाजा गाजा सहित गीत गाऊ। परमेश्वरको निम्ति बाटो तयार पार। उहाँले आफ्नो रथ मरूभूमि तिर उडाउनुहुन्छ उहाँको नाउँ ‘याह, हो उहाँको नाउँको प्रशंसा गर!
Psalm 68:33
परमेश्वरकोलागि गीत गाऊ! उहाँ रथद्वारा सनातन आकाश भएर आउनु भईरहेछ। उहाँको शक्तिशाली आवाज सुन!
Psalm 104:34
भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ। म परमप्रभुसित खुशी छु।