Isaiah 13:6 परमप्रभुको विशेष दिन नजिक आइरहेको छ। यसैले तिमीहरू आफ्नैलागि रोई कराई गर। समय आइरहेको छ जब शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति चोर्नेछन्। सर्वशक्तिमान परमेश्वरले त्यस्तो घट्ना घटाउनु हुनेछ।
Isaiah 13:6 in Other Translations
King James Version (KJV) Howl ye; for the day of the LORD is at hand; it shall come as a destruction from the Almighty.
American Standard Version (ASV) Wail ye; for the day of Jehovah is at hand; as destruction from the Almighty shall it come.
Bible in Basic English (BBE) Send out a cry of grief; for the day of the Lord is near; it comes as destruction from the Most High.
Darby English Bible (DBY) Howl, for the day of Jehovah is at hand; it cometh as destruction from the Almighty.
World English Bible (WEB) Wail; for the day of Yahweh is at hand; as destruction from the Almighty shall it come.
Young's Literal Translation (YLT) Howl ye, for near `is' the day of Jehovah, As destruction from the Mighty it cometh.
Read Full Chapter :
Isaiah 13
Cross Reference
Joel 1:15
त्यस दिनको लागि यो एकदमै नराम्रो दिन हुनेछ। किनकि परमप्रभुको एक विशेष दिन नजिकै आउँदैछ। त्यस समय यस्तो सर्वनाश हुनेछ कि सर्वशक्तिमान परमेश्वरले आक्रमण गरिरहनु भएको जस्तै हुनेछ।
Zephaniah 1:7
मेरो मालिक परमप्रभुको अघि चूपचाप बस! किन? किनभने मानिसहरूलाई न्याय गर्ने परमप्रभुको दिन नजिक आउँदैछ। परमप्रभुले उहाँको बलि तयार पार्नु भएकोछ अनि उहाँको पाहुनाहरूलाई तयार रहनु भन्नु भएको छ।
Amos 5:18
आहा, परमप्रभुको बिशेष दिनलाई पर्खिरहेका तिमीहरु आफैंलाई हेर। तिमीहरु किन परमप्रभुको न्यायको दिन चाहन्छौ? यो एउटा गहिरो दिन हुनेवाला छउज्यालो होइन।
Joel 2:11
परमप्रभुले आफ्नो सेनाहरुलाई ठुलो स्वरले बोलाउनु हुन्छ। उहाँको छाउनी अत्यन्त विशाल छ। ती जसले परमप्रभुको आज्ञा पालन गर्छन् तिनीहरु धेरैल संख्यामा छन्। परमप्रभुको विशेष दिन महान् अनि डर लाग्दो हुनेछ। यो कसले सहन सक्छ र?
Ezekiel 30:2
“हे मानिसको छोरा! मेरा निम्ति केही भन! भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छरूँनु अनि भन, “हाय! त्यो डरलाग्दा दिन आउँदै छ।”
Isaiah 34:8
ती कुराहरू हुने नै छन्, किनभने परमप्रभुले दण्ड दिने समय निर्णय गरिसक्नु भयो। परमप्रभुले वर्ष पनि चुनिसक्नु भयो। मानिसहरूले सियोनले गरेका कामहरूको परिणाम भोग्नु नै पर्नेछ।
Isaiah 2:12
परमप्रभुसंग एक त्यस्तो दिनको योजना छ। त्यस खास दिनमा परमप्रभुले ती घमण्डी र सेखी गर्ने मानिसहरूलाई दण्ड दिनुहुनेछ। तब ती घमण्डी मानिसहरूको महत्व रहने छैन्।
Isaiah 13:9
हेर, परमप्रभुको विशेष दिन आइरहेछ! यो दिन भयानक हुनेछ। परमेश्वर रिसाउनु हुनेछ अनि उहाँले देश ध्वंश पारि दिनुहुनेछ। प्रत्येक पापीलाई त्यस देश छोड्नु वाध्यतामा पार्नुहुनेछ।
Joel 2:31
सूर्य अँध्यारोमा बद्लनेछ। चन्द्रमाको रंग रगतमा बद्लनेछ। अनि परमप्रभुको महान् र डरलाग्दो दिन आउनेछ।
Isaiah 14:31
तिमी मानिसहरू आफ्नो शहरको प्रवेशद्वारमा रूनु! शहरका मानिसहरू विलाप गर। पलिश्तीमा तिम्रा सबै मानिसहरू भयभीत हुनेछन्। तिम्रो आँट मोमबत्ती जस्तै पग्लिनेछ। उत्तरतिर हेर। त्यहाँ बादलको रूपमा धूलो छ। अश्शूरबाट सेनाहरू आउँदैछन्। त्यस सेनाका सबै मानिसहरू बलिया छन्।
Jeremiah 51:8
तर बाबेल एक्कासि पतन हुनेछ अनि टुक्रिनेछ। उसको लागि विलाप गर अनि उसको घाउमा मलहम लगाऊ। हुन सक्छ ऊ निको हुन्छे।
Zephaniah 1:14
परमप्रभुको न्यायको दिन चाँडै आउँदैछ। त्यो दिन नजिकै छ र झट्टै आउँदैछ। परमप्रभुको न्यायको विशेष दिनमा मानिसहरूको रूवाबासीको आवाज सुनिने छ। यहाँ सम्म कि वीर योद्धाहरू पनि रूनेछन्।
Malachi 4:5
परमप्रभुले भन्नुभयो, “हेर, म अगमवक्तालाई तिमीहरू कहाँ पठाउँनेछु। परमप्रभुबाट त्यो महान अनि भयंकर न्यायको पहिला नै आउँनेछ।
1 Thessalonians 5:2
तिमीहरू सबैले जान्दछौ जुन दिन प्रभु आउनु हुन्छ त्यो दिन घरमा राती चोर पसेको जस्तै हुन्छ।
James 5:1
तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ।
Revelation 18:10
ती राजाहरु त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरुले भन्नेछन्‘हे! शक्तिशाली नगर बेबिलोन! दुखै दुख होस् तिमीलाई एक घण्टा भित्रैमा तिमीले सजाय पायौ।’
Isaiah 65:14
मेरा दासहरू आनन्दले खुशी हुनेछन्, तर दुष्ट मानिसहरू दुखले रूनेछन्। तिमीहरूका आत्माहरू टुटेका छन् अनि तिमीहरू दुखी छौ।
Isaiah 52:5
अब हेर के भयो। अर्को जातिले मेरा मानिसहरू लगेर गयो। त्यो देशले ज्याला तिरेन्। यी जातिले मेरा मानिसहरूमा शासन गरे र उनीहरू हाँसे। ती मानिसहरूले मेरो बारेमा सधैं नराम्रा कुराहरू गर्दछन्।”
Isaiah 23:1
सोरको विषयमा शोक सन्देश “हे तर्शीशका जहाजहरू हो! शोक मनाऊ! तिमीहरूको बन्दरगाह ध्वंश गरिएकोछ। जहाजहरूमा भएका मानिसहरूलाई सूचना दिइयो जब तिनीहरू कित्तिमहरूको भूमिबाट आफ्नो लक्ष्यतिर गईरहेका थिए।
Joel 1:11
हे किसानहरु! निरास हौ। हे दाखवरीका किसानहरु अच्काली विलाप गर! गहुँ र जौंको निम्ति विलाप गर किनकि खेतको फसलहरु नष्ट भएकोछ।
Joel 1:13
हे पूजाहरीहरु! भाङ्ग्रा लगाऊ अनि साह्रै विलाप गर। हे वेदीका सेवकहरु हो! विलाप गर। हे मेरा परमेशवरका सेवकहरु! तिमीहरु भाङ्ग्रा लाएर सुत। किनकि अन्नबलि र अर्घबली तिम्रा परमेश्वरको मन्दिरमा हुने छैन।
Zephaniah 2:2
तिमीहरूको जीवन शैली परिवर्तन गर! दिउँसो गर्मीमा केही फूलहरू ओइलाएर मर्छन्, तिमीहरू पनि त्यस्तै हुनेछौ, जब परमप्रभुले आफ्नो भयंकर क्रोध प्रकट गर्नुहुनेछ। यसकारण परमेश्वरको महान क्रोध तिमीहरूको अघि प्रकट हुनु अघि नै आफ्नो जीवन बदलि गर।
Joel 1:5
हे मतवालाहरु! जाग अनि रोऊ! तिमीहरु सबै दाखरस पिउनेहरु हौ, जोडसित रोऊ। किनभने तिमीहरुको मिठो दाखरस अब छैन। अब तिमीहरुले मिठो नयाँ दाखरस पाउने छैनौ।
Ezekiel 21:12
“हे मानिसको छोरो! चिच्याऊ अनि कराऊ। किन? किनकि तरवारको उपयोग मेरा मानिसहरू अनि इस्राएलको सबै शासकहरूको विरूद्धमा हुन्छ। ती अगुवाहरू मेरो मानिसहरूसितै तरवारद्वारा मारिनेछन्। यसकारण, तिमीले आफ्नो छाती पीट।
Job 31:23
तर मैले त्यस्तो नराम्रो काम गरिनँ। म परमेश्वरको दण्डदेखि त्रासित छु। उहाँको महिमाले मलाई भयभीत पार्छ।
Jeremiah 49:3
“हे हेशबोनका मानिसहरू! विलाप गर। किनभने ऐ शहर ध्वंस भएको छ। हे रब्बामा बस्ने अम्मोनी स्त्रीहरू शोक प्रकट गर्ने लुगाहरू लगाऊ। विलाप गर अनि पर्खालतिर दगुर। मल्कम आफ्नो पूजाहारी र अधिकारीहरूसित निष्कासन हुन्छ।
Jeremiah 25:34
हे गोठालाहरू हेर, विलाप गर! हे बथानका नायकहरू हो, खरानीमा लडीबडी गर। किनभने तिमीहरूका हत्या हुने र चिच्चाउने अनि तितर-बितर हुने समय आएको छ। तिमीहरू झर्नेछौ र दामी जग झैं फुट्नेछौ।