Hosea 1:2
परमप्रभुबाट होशेलाई नै यो पहिलो वचन थियो। परमप्रभुले भन्नुभयो, “जाऊ, गएर एउटी वेश्यालाई पत्नी बनाऊ र त्यसको वेश्यावृतिबाट जन्मिएको सन्तानलाई आफ्नो बनाऊ किन? किनभने यस देशका मानिसहरूले वेश्याहरू जस्तै काम गर्छन्। तिनीहरू परमप्रभुदेखि अविश्वासी भइरहेका छन्।”
Hosea 1:2 in Other Translations
King James Version (KJV)
The beginning of the word of the LORD by Hosea. And the LORD said to Hosea, Go, take unto thee a wife of whoredoms and children of whoredoms: for the land hath committed great whoredom, departing from the LORD.
American Standard Version (ASV)
When Jehovah spake at the first by Hosea, Jehovah said unto Hosea, Go, take unto thee a wife of whoredom and children of whoredom; for the land doth commit great whoredom, `departing' from Jehovah.
Bible in Basic English (BBE)
The start of the word of the Lord by Hosea: And the Lord said to Hosea, Go, take for yourself a wife of loose ways, and children of the same, for the land has been untrue to the Lord.
Darby English Bible (DBY)
The beginning of the word of Jehovah through Hosea. And Jehovah said to Hosea, Go, take unto thee a wife of whoredoms, and children of whoredoms; for the land is entirely given up to whoredom, away from Jehovah.
World English Bible (WEB)
When Yahweh spoke at the first by Hosea, Yahweh said to Hosea, "Go, take for yourself a wife of prostitution and children of unfaithfulness; for the land commits great adultery against from Yahweh."
Young's Literal Translation (YLT)
The commencement of Jehovah's speaking by Hosea. And Jehovah saith unto Hosea, `Go, take to thee a woman of whoredoms, and children of whoredoms, for utterly go a-whoring doth the land from after Jehovah.'
| The beginning | תְּחִלַּ֥ת | tĕḥillat | teh-hee-LAHT |
| of the word | דִּבֶּר | dibber | dee-BER |
| Lord the of | יְהוָ֖ה | yĕhwâ | yeh-VA |
| by Hosea. | בְּהוֹשֵׁ֑עַ | bĕhôšēaʿ | beh-hoh-SHAY-ah |
| Lord the And | וַיֹּ֨אמֶר | wayyōʾmer | va-YOH-mer |
| said | יְהוָ֜ה | yĕhwâ | yeh-VA |
| to | אֶל | ʾel | el |
| Hosea, | הוֹשֵׁ֗עַ | hôšēaʿ | hoh-SHAY-ah |
| Go, | לֵ֣ךְ | lēk | lake |
| take | קַח | qaḥ | kahk |
| wife a thee unto | לְךָ֞ | lĕkā | leh-HA |
| of whoredoms | אֵ֤שֶׁת | ʾēšet | A-shet |
| children and | זְנוּנִים֙ | zĕnûnîm | zeh-noo-NEEM |
| of whoredoms: | וְיַלְדֵ֣י | wĕyaldê | veh-yahl-DAY |
| for | זְנוּנִ֔ים | zĕnûnîm | zeh-noo-NEEM |
| land the | כִּֽי | kî | kee |
| hath committed great | זָנֹ֤ה | zānō | za-NOH |
| whoredom, | תִזְנֶה֙ | tizneh | teez-NEH |
| departing from | הָאָ֔רֶץ | hāʾāreṣ | ha-AH-rets |
| the Lord. | מֵֽאַחֲרֵ֖י | mēʾaḥărê | may-ah-huh-RAY |
| יְהוָֽה׃ | yĕhwâ | yeh-VA |
Cross Reference
Hosea 3:1
त्यसपछि परमप्रभुले मलाई फेरि भन्नुभयो, “गोमेरका धेरै प्रेमीहरू छन्। तर तिमीले उसलाई प्रेम गरिरहनु पर्छ। किन? किनभने तिम्रो व्यवहार परमप्रभुको जस्तो हुनु पर्छ। परमप्रभुले इस्राएलका मानिसहरूलाई माया गर्नु हुन्छ अनि गरिरहनु हुन्छ। तर तिनीहरू चाहिँ अरू देवताहरूलाई पूजा गरिरहन्छन्। अनि तिनीहरू दाखको रोटी खानु रूचाउँछन्।”
Deuteronomy 31:16
परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी चाँडै मर्नेछौ। अनि तिमी आफ्नो पिता-पुर्खाहरूकहाँ गएपछि यी मानिसहरू मप्रति चाँडै अविश्वासी हुनेछन् र तिनीहरूले प्रवेश गर्दै गरेको भूमिका झूटा देवताहरूलाई पूज्नेछन्। तिनीहरूसित मैले गरेको करार मान्ने छैनन्।
Hosea 2:4
म उसका नानीहरूलाई कुनै दया देखाउँने छैन, कारण तिनीहरू सबै वेश्यावृतिबाट जन्मिएका नानीहरू हुन्।
Exodus 34:15
“होशियार होऊ त्यस ठाउँमा बस्ने मानिसहरूसंग कुनै सन्धि नगर, नत्र तिमीहरूले तिनीहरूका देवताहरूको आराधना र अनि बलिदान दिन शुरू गर्ने छौ। तिनीहरूले तिमीहरूलाई बलिदानका भोजन खानु निम्त्याउने छन्।
Jeremiah 3:9
यहूदाले आफू वेश्या झैं कर्म गरिरहेको कुनै ध्यान नै दिएन। यसकारण उसले आफ्नो देश ‘अशुद्ध’ बनाई। उसले चट्टान र काठले बनिएका मूर्तिहरू पूजा गरेर व्यभिचारी पाप गरी।
Ezekiel 6:9
त्यसपछि ती बाँचेका मानिसहरूलाई बन्दी बनाइनेछ। तिनीहरूलाई विदेशमा बस्नको निम्ति बाध्य पारिनेछ। तर ती बाँचेका मानिसहरूले मलाई सम्झनेछन्। मैले तिनीहरूको आत्मालाईखण्डित पारें। जुन पाप तिनीहरूले गरे त्यसको निम्ति तिनीहरू स्वंयले आफैंलाई धृणा गर्ने छन्। बितेको समयमा जो मबाट विमुख भएर टाढा गएका थिए, तिनीहरू आफ्नो नराम्रो मूर्तिहरूको पछि लागेका थिए। तिनीहरू त्यस प्रकारको स्त्रीहरू जस्तै थिए जो आफ्नो पतिलाई छोडेर अर्को पुरूषको पछि लाग्छे। तिनीहरूले भयंकर पाप गरेका थिए।
Hosea 5:3
म एप्रैमलाई चिन्दछु औ इस्राएल मबाट लुकेको छैन। हे एप्रैम! तैंले व्यभिचार गरिस्। इस्राएल अशुद्ध भएकोछ।
Revelation 17:1
सातवटा कपहरु हुने स्वर्गदूतहरु मध्ये एकजना आए अनि मलाई भने, “आऊ, म तिमीलाई त्यो दण्ड देखाउँछु जो त्यस महावेश्यालाई दिइनेछ। उ धेरै पानीमाथि बसेकी छ।
Revelation 17:5
उसको निधारमा उपाधि लेखिएको थियो। त्यो उपाधिको गुप्ती अर्थ थियो। यो लेखिएको थियोमहान बेविलोन वेश्याहरु अनि पृथ्वीका दुष्ट कुराहरुको जननी।
2 Peter 2:14
हरेकपल्ट तिनीहरु स्त्रीलाई हेर्छन्, अनि तिनीहरु उसैलाई चाहन्छन्। यी झूटा शिक्षकहरु सदैव पाप गरिरहन्छन्। तिनीहरुले कसजोर मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरु आफैले स्वार्थी हुन् प्रशिक्षण लिएका छन्। तिनीहरु श्रापित छन्।
Mark 1:1
येशूख्रीष्ट, परमेश्वरको पुत्रको सुसमाचार, अगमवक्ता यशैयाहले भनेका घट्नाबाटै आरम्भ हुन्छ।
Ezekiel 23:1
परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
Psalm 73:27
हे परमेश्वर, मानिस जसले तपाईंलाई त्यग्दछ त्यो हराउने छ। तपाईंले तिनीहरूलाई ध्वंश गर्नु हुनेछ जो तपाईंसित विश्वासी छैनन्।
Psalm 106:39
यसकारण परमेश्वरका मानिसहरू अरूजातिहरू जस्तै पापहरूले दूषित भए। उहाँका मानिसहरू परमेश्वर प्रति आज्ञाकारी भएनन् अनि अरू जातिहरूले जे अधर्म सिकाए त्यही कामहरू गरे।
Isaiah 20:2
त्यस बेला, परमप्रभुले आमोसका छोरा यशैयाद्वारा बोल्नुभयो, “जाऊ, तिम्रा कम्मरबाट उदासपूर्ण लुगाहरू खोलेर फ्याँक। खुट्टाहरूबाट जुत्ताहरू खोल।” यशैयाले परमप्रभुको आज्ञा पालन गरे। अनि यशैया निवस्त्र र खाली खुट्टा वरिपरि हिंडे।
Jeremiah 2:13
“मेरा मानिसहरूले दुइवटा कुकर्महरू गरे। तिनीहरू म देखि टाडिए म जीवित पानीको श्रोत हूँ अनि तिनीहरू आफैले आफ्ना पानीको कुवाहरू खन्छन्। तिनीहरू अन्य देवताहरू प्रति फर्किए। तर तिनीहरूका कुवाहरू फुटे अनि पानी थाम्न सक्दैन्।
Jeremiah 3:1
“यदि एकजना मानिसले आफ्नी पत्नीसित छुटानाम गर्छ र त्यस पत्नीले अर्को मानिससित विवाह गरी भने के त्यो पहिलो मानिस त्यही स्त्रीसित फेरि सम्बन्ध राख्न आँउछ? अँह, यदि त्यस स्त्रीकहाँ त्यो पहिलो पुरूष फर्की आए, जमीन नै एकदमै दूषित हुनेछ। तिमी धेरै प्रेमीहरूसित वेश्या झैं व्यवहार गरिरहेका छौ। अनि अब तिमी मकहाँ फर्की आउनु चाहन्छौ।” यो सन्देश परमप्रभुबाट आएको हो।
Jeremiah 13:1
परमप्रभुले मलाई जे भन्नुभयो त्यो यही हो “यर्मिया, जाऊ अनि सुतीको लुगा किनेर। तिम्रो कम्मरमा वरिपरि बाँध। यसलाई भिज्न नदेऊ।”
Ezekiel 4:1
“हे मानिसको छोरो! एउटा ईटाँका पाटा लिएर। त्यसमा एउटा नक्सा बनाऊ। एउटा शहरको अर्थात यरूशलेमको एउटा नक्सा बनाऊ।
Ezekiel 16:1
त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
2 Chronicles 21:13
तर तँ इस्राएलका राजाहरू जस्तै जिइस् तैंले यहूदा अनि यरूशलेमका मानिसहरूलाई, परमेश्वर देखि अविश्वासीहरू हुने कारण बनाईस्। आहाब अनि तिनका परिवारले त्यसै गरे। तिनीहरू परमेश्वर प्रति अविश्वसनीय थिए। तैंले तेरो भाइहरूलाई मारिस्। जो तँ भन्दा असल थिए।