Exodus 5 - DBY (Nepali)
1 And afterwards Moses and Aaron went in, and said to Pharaoh, Thus saith Jehovah, the God of Israel, Let my people go that they may celebrate a feast to me in the wilderness.मानिसहरूसंग कुरा गरेपछि मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले भने, “परमप्रभु इस्राएलीहरूका, परमेश्वर भन्नुहुन्छ, ‘मेरो मानिसहरू भरूभूमिमा जाऊन अनि तिनीहरूले मेरो सम्मानमा भोज मनाउन सकून्।”
2 And Pharaoh said, Who is Jehovah, to whose voice I am to hearken to let Israel go? I do not know Jehovah, neither will I let Israel go.तर फिरऊनले भने, “परमप्रभु को हुनुहुन्छ? मैले किन उहाँको आज्ञा पालन गर्नु पर्छ? मैले किन इस्राएलीहरूलाई जान दिनु पर्छ? म यो परमप्रभुको हो चिन्दिन, अनि म इस्राएलीहरूलाई जान दिंदिनँ।”
3 And they said, The God of the Hebrews has met with us: let us go, we pray thee, three days' journey into the wilderness, and sacrifice to Jehovah our God; lest he fall upon us with pestilence or with sword.तब हारून र मोशाले भने, “हिब्रूहरूका परमेश्वरले हामीसित कुरा गर्नु भयो। यसर्थ हामीहरूलाई तीन दिनसम्म मरूभूमिमा यात्रा गर्न दिनुहोस् भनी विन्ती गर्छौं। हामी परमप्रभु हाम्रा परमेश्वरलाई त्यहाँ बलि चढाउने छौं। यदि हामीले त्यसो गरेनौं भने उहाँले हामीमाथि रोगहरू लगाउनु हुनेछ अथवा शत्रुहरूद्वारा आक्रमण गराउनु हुनेछ।”
4 And the king of Egypt said to them, Why do ye, Moses and Aaron, wish to have the people go off from their works? Away, to your burdens!तर फिरऊनले तिनीहरूलाई भने, “हारून र मोशा! तिमीहरूले कर्मचारीहरूलाई विरक्त पारिरहेका छौ। तिनीहरूलाई आफ्नो काम गर्न देऊ! जाऊ तिमीहरू आफ्नो काम गर।
5 And Pharaoh said, Behold the people of the land are now many, and ye wish to make them rest from their burdens.हिब्रूहरू ती मिश्रीहरूभन्दा ज्यादै संख्यामा छन्, अनि तिमीहरू उनीहरूलाई काम गर्नबाट रोक्न चाहन्छौ।”
6 And Pharaoh commanded the same day the taskmasters of the people, and their officers, saying,त्यही दिन इस्राएलीहरूको निम्ति कठोर काम दिनु भनी फिरऊनले आदेश दिए। फिरऊनले कमारा मालिकहरू र हिब्रू परिदर्शकहरूलाई भने,
7 Ye shall no more give the people straw to make brick, as heretofore: let them go and gather straw for themselves.“अहिलेसम्म ईंटा बनाउने कर्मीहरूलाई तिमीहरूले पराल दिइरहेका छौ। अब उसो तिनीहरू आफैले पराल बटुल्नु पर्छ अनि ईंटा बनाउनु पर्छ।
8 And the number of the bricks they have made heretofore shall ye lay upon them: ye shall not diminish any of it, for they are idle; therefore they cry, saying, Let us go [and] sacrifice to our God.तिनीहरूले पहिले झैं त्यति नै संख्या ईंटा बनाउनु पर्छ। तिनीहरू अल्छी भएका छन् अनि त्यसैकारण तिनीहरू यहाँबाट जाने अनुमति मागि रहेका छन् त्यसैले तिनीहरू आफ्नो परमेश्वरलाई बलि चढाउन अनुमति माग्दैछन्।
9 Let them put heavier labour on the men, that they may be taken up with it, and not regard vain words.यसर्थ तिनीहरूलाई कठोर काम दिएर व्यस्त राख। तिनीहरूले मोशाका झूटा कुराहरू सुन्ने समय पाउने छैनन्।”
10 And the taskmasters of the people and their officers went out and spoke to the people, saying, Thus says Pharaoh: I will not give you straw:यसर्थ मिश्र देशका कमारा मालिकहरू र हिब्रू परिदर्शकहरू इस्राएली मानिसहरू कहाँ गए र भने, “तिमीहरूलाई ईंटा बनाउन फिरऊनले पराल नदिने निर्णय लिएका छन्।
11 go ye, get yourselves straw where ye may find it; but none of your work shall be diminished.तिमीहरू आफै गएर आफ्नो ईंटा बनाउने पराल खोज। तर तिमीहरूले आफ्नो निम्ति पराल खोजेर पनि ईंटा चाँहि पहिले जति बनाउँथ्यौ त्यति नै संख्यामा बनाउनु पर्छ।”
12 And the people were scattered abroad throughout the land of Egypt to gather stubble for straw.यसर्थ ती मानिसहरू पराल बटुल्नलाई मिश्र देशमा प्रत्येक ठाउँमा गए।
13 And the taskmasters urged [them], saying, Fulfil your labours, the daily work, as when there was straw.कमारा मालिकहरूले मानिसहरूलाई झन कठोर काममा लगाए। तिनीहरूलाई बलपूर्वक पहिले बनाए जति नै ईंटा बाउने आदेश दिए।
14 And the officers of the children of Israel, whom Pharaoh's taskmasters had set over them, were beaten, [and] it was said, Why have ye not fulfilled your task in making brick, both yesterday and to-day, as heretofore?मिश्री कमारा मालिकहरूले हिब्रू परिदर्शकहरूलाई चुनेर मानिसहरूको कामको निम्ति उत्तरदायी बनाएका थिए। मिश्र कमारा मालिकहरूले ती हिब्रू नायकहरूलाई पिटे अनि तिनीहरूलाई भने, “तिमीहरूले किन पहिले जति ईंटा बनाइरहेका छैनौ, यदि तिमीहरूले त्यति समय बनाउन सकथ्यौ भने अहिले बनाउन सक्छौ?”
15 Then the officers of the children of Israel came and cried to Pharaoh, saying, Why dost thou deal thus with thy bondmen?त्यसपछि हिब्रू परिदर्शकहरू फिरऊनकहाँ गए। तिनीहरूले अर्जी गरे। “हामी तपाईंका सेवकहरू हौ, किन हामीसित यस्तो व्यवहार गर्नु हुँदैछ?
16 There is no straw given to thy bondmen, and they say to us, Make brick; and behold, thy bondmen are beaten, but it is the fault of thy people.तपाईंले हामीलाई पहिला पराल दिंदै हुनु हुन्थ्यो। तर अहिले आफ्नो आफ्नो निम्ति पराल जम्मा गर्नु पर्छ। तर पहिलेको जति नै ईंटाहरू बनाउन हामीलाई भन्नुहुन्छ। अहिले हामीलाई मालिकहरूले कुट्छन्। तपाईंहरूका मानिसहरू यस्तो गरेर गल्ती गर्दैछन्।”
17 And he said, Ye are idle, idle! therefore ye say, Let us go and sacrifice to Jehovah.फिरऊनले जवाफ दिए, “तिमीहरू अल्छे छौ र तिमीहरू काम गर्न चाहदैनौ यसकारण तिमीहरू मलाई छोडी दिनु भन्छौ। त्यसैले यहाँको काम छोडेर तिमीहरू आफ्नो परमप्रभुलाई बलि चढाउन खोज्छौ।
18 And now go -- work! and straw shall not be given you, and ye shall deliver the measure of bricks.अब तिमीहरू आ-आफ्नो काममा जाऊ तर तिमीहरूलाई पराल दिने छैनौ। र तिमीहरूले अब पनि त्यति नै ईंटाहरू बनाउनु पर्छ जति पहिले बनाउँथ्यौ।”
19 And the officers of the children of Israel saw [that] it stood ill with them, because it was said, Ye shall not diminish anything from your bricks, the daily work.हिब्रू परिदर्शकहरूले बुझे तिनीहरूले पहिले जाति ईंटा बनाउन सक्ने छैनन् र तिनीहरू अप्ठेरोमा पर्नेछन्।
20 And they met Moses and Aaron, who stood there to meet them, as they came out from Pharaoh.जब तिनीहरू फिरऊनलाई भेटेर जाँदैथे तिनीहरूले मोशा र हारूनलाई भेटे। मोशा र हारूनले तिनीहरूलाई पर्खिरहेका थिए।
21 And they said to them, Jehovah look upon you and judge, that ye have made our odour to stink in the eyes of Pharaoh, and in the eyes of his bondmen, putting a sword into their hand to kill us!यसैकारण तिनीहरूले मोशा र हारूनलाई भने, “तपाईंहरूले साँच्चे गल्ती गर्नु भयो जब तपाईंहरूले फिरऊनलाई हामीलाई छोडने कुरा गर्नुभयो। परमप्रभुले तपाईंहरूलाई दण्ड दिऊन्। किनभने तपाईंहरूले फिरऊन र उसका अधिकारीहरूलाई हामीसित घिनाउने बनाउनु भयो। तपाईंले तिनीहरूलाई हामीलाई मार्ने निहुँ दिनु भएको छ।”
22 And Moses returned to Jehovah, and said, Lord, why hast thou done evil to this people? why now hast thou sent me?तब मोशाले परमप्रभुसित प्रार्थना गर्दै भने, “हे मालिक! तपाईंले आफ्नो मानिसहरूसित किन नराम्रो व्यवहार गर्नु भयो? तपाईंले मलाई यहाँ किन पठाउनु भयो?
23 For ever since I came to Pharaoh to speak in thy name, he hath done evil to this people; neither hast thou delivered thy people at all!म फिरऊनकहाँ गएँ र तपाईंले जे भन्नु भएको थियो त्यही कुरा गरें। तर त्यस समयदेखि फिरऊन तिनीहरू प्रति अधिक क्रोधित भएका छन् अनि तपाईंले तिनीहरूलाई केही सहायता गर्नु भएन।”
Nepali Bible