Exodus 16 - DBY (Nepali)
1 And they journeyed from Elim, and the whole assembly of the children of Israel came into the wilderness of Sin, which is between Elim and Sinai, on the fifteenth day of the second month after their departure out of the land of Egypt.त्यसपछि ती मानिसहरूले एलीमबाट यात्रा शुरू गरेर एलीम र सीन बीचको सीनै मरूभूमिमा आइपुगे। तिनीहरू त्यस स्थानमा मिश्र देश छोडेको दोस्रो महीनाको पन्ध्रौं दिनमा आइपुगे।
2 And the whole assembly of the children of Israel murmured against Moses and against Aaron in the wilderness.इस्राएलका मानिसहरू फेरि गुनासो गर्न थाले। मानिसहरूले मरूभूमिमा मोशा र हारूनको विरूद्ध गुनासो गरे।
3 And the children of Israel said to them, Would that we had died by the hand of Jehovah in the land of Egypt, when we sat by the flesh-pots, when we ate bread to the full; for ye have brought us out into this wilderness, to kill this whole congregation with hunger!मानिसहरूले भने, “यदि परमप्रभुले हामीलाई मिश्र देशमा नै मर्न दिनु भएको भए राम्रो हुने थियो त्यहाँ हामीलाई खानलाई प्रशस्त अन्न थियो। जे होस त्यहाँ हाम्रो निम्ति हामीले मागेको प्रशस्त खाने कुरो थियो। हामीलाई आवश्यक परेका सबै खाध्यहरू थिए तर अहिले तिमीहरूले हामीहरूलाई यहाँ मरूभूमिमा ल्यायौ अब हामी भोकैले मर्ने भयौं।”
4 Then said Jehovah to Moses, Behold, I will rain bread from heaven for you; and the people shall go out and gather the daily need on its day, that I may prove them, whether they will walk in my law, or not.त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूको निम्ति खाध्य आकाशबाट झारी दिन्छु। त्यो खाध्य तिमीहरूको निम्ति हुनेछ अनि प्रत्येक दिन मानिसहरू बाहिर जान्छन् र आफूलाई चाहिएको खाध्य बटुलेर ल्याउँछन्। मैले मानिसहरूलाई भनेको कुरो गर्छन् अथवा गर्दैनन् त्यो बुझ्नको निम्ति म त्यसो गर्छु।
5 And it shall come to pass on the sixth day, that they shall prepare what they have brought in; and it shall be twice as much as they shall gather daily.छैटौं दिनमा जब मानिसहरूले तिनीहरूको भोजन तयार गर्छन, तिनीहरूले दुई दिनको निम्ति प्रशस्त पुग्ने भोजन तयार गर्नु पर्छ।”
6 And Moses and Aaron said to all the children of Israel, In the evening, then shall ye know that Jehovah has brought you out from the land of Egypt;तब मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “साँझ सम्ममा तिमीहरूले जान्ने छौ परमप्रभुले नै तिमीहरूलाई मिश्र बाहिर ल्याउनु भएको हो।
7 and in the morning, then shall ye see the glory of Jehovah; for he has heard your murmurings against Jehovah; -- and what are we, that ye murmur against us?तिमीहरूले परमप्रभुलाई गुनासो पोख्यौ अनि उहाँले त्यो गुनासो सुन्नु भयो। यसकारण भोलि बिहान तिमीहरूले उहाँको महिमा थाह पाउनेछौ। तिमीहरू हामीहरूसंग गन-गन गरिरहन्छौ र हुन सक्छ अब हामीले केही आराम पाउँने छौं।”
8 And Moses said, When Jehovah gives you in the evening flesh to eat, and in the morning bread to the full; for Jehovah hears your murmurings which ye murmur against him ... and what [are] we? your murmurings are not against us, but against Jehovah.अनि मोशाले भने, “तिमीहरूले गन-गन गरिरहेका छौ र परमप्रभुले पनि तिमीहरूको गुनासो सुन्नु भएको छ। यसर्थ आज राती परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्छ अनि बिहान तिमीहरूको आवश्यकता अनुसार रोटी दिनु हुनेछ। तिमीहरूले हारून, र मलाई गन-गन गरिरहेका छौ। हुनु सक्छ अब हामीले केही आराम पाउने छौं। यति बुझ तिमीहरू हारून, र मेरो विरूद्धमा होईन तर परमप्रभुको विरूद्धमा गन-गन गरिरहेका छौ।”
9 And Moses spoke to Aaron, Say to all the assembly of the children of Israel, Come near into the presence of Jehovah; for he has heard your murmurings.तब मोशाले हारूनलाई भने, “इस्राएली मानिसहरूसंग कुरा गर अनि तिनीहरूलाई भन, ‘परमप्रभुकहाँ संगै आऊ किनभने उहाँले तिमीहरूको गुनासो सुन्नु भएकोछ।”‘
10 And it came to pass, when Aaron spoke to the whole assembly of the children of Israel, that they turned toward the wilderness, and behold, the glory of Jehovah appeared in the cloud.हारून इस्राएलका मनिसहरूसंग बोले। तिनीहरू सबै एक ठाउँमा भेला भएका थिए। जब हारून कुरा गरिरहेका थिए मानिसहरू फर्के र मरूभूमिमा हेरे। अनि तिनीहरूले परमप्रभुको महिमा बादलमा प्रकट भएको देखे।”‘
11 And Jehovah spoke to Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,
12 I have heard the murmurings of the children of Israel: speak to them, saying, Between the two evenings ye shall eat flesh, and in the morning ye shall be filled with bread; and ye shall know that I am Jehovah your God.“मैले इस्राएलीहरूको गुनासो सुनेको छु। यसर्थ तिनीहरूलाई भन, ‘तिनीहरूले आज रातीमासु खानेछन् र बिहान रोटी खानेछन्। तब तिमीहरूले जान्नेछौ म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।”‘
13 And it came to pass in the evening, that quails came up, and covered the camp; and in the morning the dew lay round the camp.त्यस रात बट्टाई चराहरू छाउनी वरिपरि आए। बिहान त्यहाँतिर सबै छाउनी वरिपरि शीत पारेको थियो।
14 And when the dew that lay [round it] was gone up, behold, on the face of the wilderness there was [something] fine, granular, fine as hoar-frost, on the ground.जब शीत सुक्यो भुइँमा पातलो तुसारोको पलाक जस्तो थियो।
15 And the children of Israel saw [it], and said one to another, What is it? for they did not know what it was. And Moses said to them, This is the bread which Jehovah has given you to eat.इस्राएलीहरूले यी सबै देखेर एक अर्कामा सोधे, “यो के हो?”तिनीहरूले सोधे किनभने तिनीहरूलाई थाहा थिएन यो के थियो। तब मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई दिनु भएको भोजन हो!
16 This is the thing which Jehovah has commanded: Gather of it every man according to what he can eat, an omer a poll, [according to] the number of your persons: ye shall take every man for those that are in his tent.परमप्रभु भन्नु हुन्छ, ‘प्रत्येक मानिसले उसलाई आवश्यक परे जत्ति भोजन जम्मा गर्नु पर्छ, तिमीहरू प्रत्येकले परिवारको एक मानिसको निम्ति एक-एक ओमेरखाध्य जम्मा गर्नु पर्छ।”‘
17 And the children of Israel did so, and gathered, some much, some little.तब इस्राएली मानिसहरूले यसै गरे। प्रत्येक मानिसले खाध्य बटुले अनि कतिपय मानिसहरूले अरूले भन्दा वेशी खाध्य कुरा बटुले।
18 And they measured with the omer: then he that gathered much had nothing over, and he that gathered little wanted nothing: they had gathered every man according to the measure of his eating.खाध्य ओजन गर्दा प्रत्येकले वेशी बटुल्ने को थियो पाइयो। तर त्यहाँ प्रशस्त चाहिं थिएन। तिमीहरूमध्ये प्रत्येकले आफू र आफ्नो पारिवारलाई खानु पुग्नें भन्दा बढी बटुलेको थिएन।
19 And Moses said to them, Let no man leave [any] of it until the morning.मोशाले तिनीहरूलाई भने, “अर्को दिनको निम्ति खाध्य नजोगाऊ।”
20 But they did not hearken to Moses; and some men left of it until the morning; then worms bred in it and it stank. And Moses was wroth with them.तर केही मानिसहरूले मोशाको कुरा सुनेन्। ती मानिसहरूले भोलिपल्टको निम्ति पनि खाध्य जोगाए तर खानामा किरा पर्यो र गनाउन थाल्यो। यसकारण त्यसो गर्ने मानिसहरूसंग रिसाए।
21 And they gathered it every morning, every man as much as he could eat; and when the sun became hot, it melted.प्रत्येक दिन बिहान मानिसहरूले आफूलाई चाहिए जति भोजन बटुले। तर जब दिन तातिन्थ्यो हराउँथ्यो।
22 And it came to pass on the sixth day, that they gathered twice as much bread, two omers for one; and all the princes of the assembly came and told Moses.छैटौं दिनचाहिं मानिसहरूले दुइ गुणा बढी ओमेर खाध्य बटुले तिनीहरूले प्रत्येकका लागि दुई डाला बटुले। यसर्थ अगुवाहरू आए र मोशालाई यो सबै बताए।
23 And he said to them, This is what Jehovah has said: To-morrow is the rest, the holy sabbath, of Jehovah: bake what ye will bake, and cook what ye will cook; and lay up for yourselves all that remains over, to be kept for the morning.मोशाले तिनीहरूलाई भने, “परमप्रभुले भन्नु भएको जस्तै नै भयो। यसो भयो कारण भोलि परमप्रभुको सम्मानमा मनाइने विश्रामको दिन हो। तिमीहरूलाई जति आवश्यक पर्छ आज त्यति खाध्य पकाउन सक्छौ तर भोलि बिहानको निम्ति यस खाध्यको रहल राख।”
24 And they laid it up for the morning, as Moses had commanded; and it did not stink, neither was there any worm in it.तब मोशाले भने झैं मानिसहरूले अर्को दिनका निम्ति खाध्य बँचाएर राखे तर त्यो खाध्यमा बिग्रिएन, कुनैमा किरा परेन।
25 And Moses said, Eat it to-day; for to-day is sabbath to Jehovah: to-day ye shall not find it in the field.शनिवारको दिन मोशाले मानिसहरूलाई भने, “आज परमप्रभुलाई सम्मान गर्ने विशेष विश्रामको दिन हो। यसर्थ तिमीहरू कोही पनि बाहिर मैदानमा जाने छैनौ र हिजो बचाएको भोजन खाने छौ।
26 Six days shall ye gather it; but on the seventh day is sabbath: on it there shall be none.तिमीहरूले हप्तामा छः दिनको निम्ति खाध्य बटुल्नु पर्छ अनि सातौं दिन विश्रामको दिन हो यसकरण भूईंमा केही कुनै विशेष खाद्य हुनेछैन।”
27 And it came to pass on the seventh day that there went out [some] from the people to gather [it], and they found none.केही मानिसहरू सातौं दिनमा पनि खाद्य बटुल्नु गए तर तिनीहरूले केही पनि पाएनन्।
28 And Jehovah said to Moses, How long do ye refuse to keep my commandments and my laws?तब परमप्रभुले मोशालाई भन्नु भयो, “कहिलेसम्म तिम्रा मानिसहरूले मेरो आज्ञाहरू र उपदेशहरू अस्वीकार गर्छन्?”
29 See, for Jehovah hath given you the sabbath; therefore he giveth you on the sixth day the bread for two days. Abide every man in his place: let no man go from his place on the seventh day.हेर, परमप्रभुले तिम्रालागि शनिवारलाई एउटा विश्रामको दिन बनाउनु भयो। अनि छैटौं दिनमा परमप्रभुले तिमीहरूलाई दुइ दिनको निम्ति प्रशस्त खाद्य दिनु हुन्छ। सातौंदिनमा तिमीहरू प्रत्येकले विश्राम लेऊ। तिमीहरू जहाँ छौ त्यहीं बस।”
30 And the people rested on the seventh day.यसर्थ मानिसहरूले सातौं दिनमा विश्राम गरे।
31 And the house of Israel called its name Manna; and it was like coriander-seed, white; and the taste of it was like cake with honey.इस्राएलीहरूले त्यस विशेष भोजनलाई “मन्न“भन्न थाले। मन्न मसिनो धनियाँको बिऊ जस्तो सेतो थियो अनि खाँदा मह मिसाएर बनाएको पात्लो रोटी जस्तै स्वादिलो थियो।
32 And Moses said, This is the thing which Jehovah has commanded: Fill an omer of it to be kept for your generations; that they may see the bread that I gave you to eat in the wilderness, when I brought you out of the land of Egypt.मोशाले भने, “परमप्रभुले भन्नु भयो, ‘तिमीहरूका सन्तानको निम्ति एक ओमेर खाद्य जोगाएर राख। मैले तिमीहरूलाई मिश्रबाट लिएर आउँदा मरूभूमिमा दिएको खाद्य भनी तिनीहरूले हेर्न सक्छन्।”‘
33 And Moses said to Aaron, Take a pot, and put in it an omer full of manna, and deposit it before Jehovah, to be kept for your generations.अनि मोशाले हारूनलाई भने, “एउटा भाँडो ल्याऊ र त्यसमा एक ओमेर मन्न भरेर परमप्रभुकोअधि राख। आफ्नो सन्तानको निम्ति जोगाऊ।”
34 As Jehovah had commanded Moses, so Aaron deposited it before the Testimony, to be kept.परमप्रभुले मोशालाई आज्ञा गरे जस्तै नै हारूनले गरे। हारूनले मन्नको भाँडा लगे अनि करार सामुने राखे।
35 And the children of Israel ate the manna forty years, until they came into an inhabited land: they ate the manna until they came to the borders of the land of Canaan.इस्राएलीहरू 40 वर्षसम्म मन्न खाँदै बसे। तिनीहरूले तबसम्म मन्न खाए जबसम्म तिनीहरू जुन भूमिमा बस्नु थियो त्यहाँ आई पुगेनन्। तिनीहरूले कनान प्रदेश नजिकै नपुगुञ्जेल मन्न खाए।
36 Now an omer is the tenth [part] of an ephah.(प्रायः एक ओमेर अर्थात एपको दशौं भागको भाडोद्वारा तिनीहरूले मन्न जोखे।)
Nepali Bible