Matthew 1:18
येशू ख्रीष्टकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो। तर तिनीहरूको विवाह हुनु भन्दा अघिनै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन्।
Matthew 1:20
तर जब यूसुफले यसो गर्ने विचार लिए, परमप्रभुका एउटा दूत सपनामा उनीकहाँ आए। दूतले भने, “यूसुफ, दाऊदको पुत्र, मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउनु पर्दैन। उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो।
Matthew 3:11
‘म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिष्मा गरिदिन्छु। तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
Matthew 4:5
त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो। त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो।
Matthew 7:6
“कुकुरहरूलाई पवित्र चीजहरू नदेऊ। तिमीहरूले तिमीलाई झम्टने छन् अनि टुक्रा-टुक्रा पारी च्यात्नेछन्। आफ्ना मोतीहरू सुँगुरका अगाडी नफाल। तिमीहरूले केवल त्यसलाई कुल्चने छन्।
Matthew 12:32
यदि कसैले मानिसका पुत्रका विरुद्धमा कुरा गरे उसलाई क्षमा हुनेछ। तर कसैले पवित्र आत्माको विरुद्धमा-कुरा गरे क्षमा हुनेछैन। त्यस मानिसलाई न ता अहिले क्षमा दिइन्छ न ता भविष्यमानै।
Matthew 24:15
“दानियल अगमवक्ताले ‘यस्तो खराब कुराहरूलेविध्वंश ल्याउने छ भनी बताएका थिए। तिमीहरूले यस्तो डरलाग्दा कुराहरू पवित्र ठाउँ अनि मन्दिरमा उभिएर देख्नेछौ।” यी कुरा पढने मानिसले यसको अर्थ बुझ्नुपर्छ।
Matthew 25:31
“मानिसको पुत्र फेरि आउनु हुनेछ। उहाँ अत्यन्त गौरवसँग आउनु हुनेछ। सबै स्वर्गदूतहरू पनि उहाँसंगै आउने छन्। उहाँ राजाको रूपमा सिंहासनमा विराजमान हुनुहुनेछ।
Matthew 27:52
चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे।
Matthew 27:53
येशू बौरी उठ्नु भए पछि, ती मानिसहरू चिहानबाट बौरी उठे र ती नगरका थुप्रै मानिसहरूकहाँ देखापरे।
Occurences : 229
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்