No lexicon data found for Strong's number: 2127

Matthew 5:44
तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर।

Matthew 14:19
त्यसपछि येशूले सबै मानिसहरूलाई घाँसमा पंक्ति मिलाएर बस्न लगाउनु भयो। उहाँले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेरेर परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यसपछि उहाँले रोटीहरू टुक्रा पारेर चेलाहरूलाई ती रोटी दिनुभयो, अनि चेलाहरूले चाँही रोटी मानिसहरू माझ बाडिदिए।

Matthew 21:9
केही मानिसहरू येशूको अधि-अधि हिंड्दै थिए। कोही मानिसहरू येशूको पछि-पछि हिंडदै थिए। मानिसहरू यसो भन्दै कराउन लागे, “दाऊदको पुत्र होसन्ना! ‘प्रभुको नाउँमा आउने धन्यका हुन्!’

Matthew 23:39
म भन्दछु, अब उप्रान्त परमप्रभुको नाउँमा आउने मानिस धन्यका हुन् भन्दै उसलाई स्वागत नगरूञ्जेल सम्म तिमीहरूले मलाई ख्नेछैनौ।”‘

Matthew 25:34
“राजाले आफ्नो दाहीने पट्टि बसेकाहरूलाई भन्नु हुनेछ, ‘आऊ, मेरो पिताले तिमीहरूलाई धेरै आर्शिवाद दिनुभएको छ। आऊ र परमेश्वरले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएको राज्य ग्रहन गर। सृष्टिको शुरूदेखि नै यो तिमीहरूको निम्ति तयार गरिएको थियो।

Matthew 26:26
खाँदै गर्दा येशूले रोटी लिनुभयो। येशूले रोटीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र त्यसलाई टुक्रा पार्नुभयो। येशूले आफ्ना चेलाहरूलाई रोटी दिनुभयो। र भन्नुभयो, “यो रोटीहरू लेओ र खाओ। यो रोटी नै मेरो शरीर हो।”

Mark 6:41
उहाँले पाँचवटा रोटी र दुईवटा माछाको टुक्रा लिनुभयो। उहाँले स्वर्गतिर हेर्नुभयो अनि रोटीको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। अनि उहाँले ती रोटीहरू टुक्रा पारेरे मानिसहरूलाई दिनु भनी आफ्ना चेलाहरूलाई दिनुभयो।। उहाँले ती माछाहरूलाई टुक्रा पार्नु भयो अनि प्रत्येकलाई दिनुभयो।

Mark 8:7
चेलाहरूसंग केही माछाहरू पनि थिए। येशूले तिनीहरूको लागि परमेश्वरलाई धन्यवाद चढाउनुभयो अनि चेलाहरूलाई ती मानिसहरूलाई बाँढनु भन्नु भयो।

Mark 10:16
त्यसपछि येशूले ती बालकलाई आफ्नो काखमा लिनुभयो। उहाँले आफ्नो हातहरू तिनीहरूमाथि राख्नुभयो अनि आशीर्वाद दिनुभयो।

Mark 11:9
केही मानिसहरू येशूको अघि- अघि हिँडदै थिए। केही मानिसहरू उहाँकै पछि-पछि हिँडदै थिए। सबै मानिसहरू कराउँदै थिए,“उहाँको प्रशंसा गर स्वागत गर परमेश्वरले उहाँलाई आशीर्वाद गरून जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!

Occurences : 44

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்