No lexicon data found for Strong's number: 1063

मत्ती 1:18
येशू ख्रीष्टकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो। तर तिनीहरूको विवाह हुनु भन्दा अघिनै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन्।

मत्ती 1:20
तर जब यूसुफले यसो गर्ने विचार लिए, परमप्रभुका एउटा दूत सपनामा उनीकहाँ आए। दूतले भने, “यूसुफ, दाऊदको पुत्र, मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउनु पर्दैन। उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो।

मत्ती 1:21
उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्वार गर्नुहुनेछ।

मत्ती 2:2
ती ज्योतिषीहरूले मानिसहरूलाई यसोभनी सोधे, ‘यहूदीहरूका राजा भएर जन्मेका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौं जसले उहाँ जन्मेको संकेत दिएको छ। हामिले पुर्वी आकाशमा तारा उदय हुँदै गरेको देख्यौ। हामी उहाँको आराधना गर्न आएका छौं।’

मत्ती 2:5
तिनीहरूले जवाफ दिए, ‘यहुदीयाको बेतलेहेम शहरमा; अगमवक्तद्वारा यस विषयमा लेखिएको छ

मत्ती 2:6
‘ए बेतलेहेम, यहूदाको मुलुक, तँ यहुदाका शासकहरूका माझ महान छस्। हो, तँबाट एकजना शासक आउनेछन् जो मेरो मानिस, इस्राएलको रखवाल गर्नेछन्।”‘

मत्ती 2:13
ज्योतिषीहरू गएपछि, परमप्रभुको एउटा दूत सपनामा यूसुफकहाँ देखा परे। दूतले भने, “उठ, साना बालक र उहाँकी आमालाई साथमा लिएर मिश्रदेशमा जाऊ। हेरोदले साना बालकहरूलाई खोज्न लागिरहेकोछ। उसले सानो बालकलाई मार्न चाहन्छ। मैले नभनेसम्म तिमी त्यहीं बस्नु।”

मत्ती 2:20
स्वर्गदूतले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई लिएर इस्राएल जाऊ। बालकलाई मार्न चाहने ती मानिस अहिले मरिसकेका छन्।”

मत्ती 3:2
तिनले भने, “पश्चाताप गर, आफ्नो हृदय र रहन-सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाडै आउन लागेको छ।”

मत्ती 3:3
बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए“मरुभूमिमा एकजना कराइरहेछन्, ‘परमप्रभुको बाटो तयार पार; उहाँका मार्गहरू सोझ्याऊ।”

Occurences : 1067

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்