2 Kings 14
1 यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा योआहजाका छोरा योआशको शासनकालको दोस्रो वर्ष राजा भए।
2 जब उनले शासन गर्न शुरू गर्दा अमस्याह पच्चीस वर्षका थिए। अमस्याहले यरूशलेममा उनन्तीस वर्ष शासन गरे। अमस्याहकी आमा यहोअदीन यरूशलेमकी थिइन्।
3 अमस्याहले ती कामहरू गरे जो परमप्रभुले सही भन्नुभएको थियो, तर उनले आफ्ना पुर्खा दाऊदले जस्तै सम्पूर्ण रूपले परमेश्वरको अनुसरण गरेनन्। अमस्याहले ती सबै कामहरू गरे जो उनका पिता योआशले गरेका थिए।
4 उनले अग्लो ठाउँहरू नष्ट पारेनन्। मानिसहरू अझै ती पूजा स्थलहरूमा बलिहरू र धूपबलि जलाउने गर्दथे।
5 जुन समयमा अमस्याहले राज्यलाई कडा नियन्त्रणमा राखेका थिए, उनले अधिकारीहरूलाई मारे जसले उनका पितालाई मारेका थिए।
6 तर उसले हत्याराहरूका नानीहरूलाई मारेनन् किनभने मोशाको नियमहरू व्यवस्था पुस्तकमा लेखिएका थिए। परमप्रभुले मोशाको व्यवस्थामा यस्तो आदेश दिनुभएको थियो, “माता-पिताहरूलाई उनका नानीहरूले केही गरेकोमा मार्नु हुँदैन। अनि नानिहरूलाई उनका माता-पिताहरूले केही गरेकोमा मार्नु हुँदैन। एक जना मानिसहरूलाई उसले गरेको भूल काम वापत नै मात्र मार्नु पर्छ।”
7 अमस्याहले नूनको बेंसीमा 10,000 एदोमीहरूलाई मारेर। युद्धमा अमस्याहरूले सेनालाई जिते अनि त्यस ठाउको नाउँ “योक्तेल” राखे। त्यो ठाउँ आजसम्म “योक्तेल” भनिन्छ।
8 अमस्याहले इस्राएलका राजा येहूका नाती, योआहाजका छोरा योआशकहाँ दूत पठाए। अमस्याहको सन्देश थियो, “आऊ, हामी आपस्तमा मुखामुख गर्यौ अनि युद्ध गर्यौ।”
9 इस्राएलका राजा योआशले यहूदाका राजा अमस्याहलाई उत्तर पठाए। योआशले भने, “लबानोनका एउटा काँडे झाडीले लबानोनकै देवदारू रूखले खबर पठायो। यसले भन्यो, ‘तिमीले आफ्नी छोरी मेरो छोरालाई बिवाह गर्न देऊ।’ तर लबानोनको एउटा जंगली जनावर त्यहाँ त्यतै तिरबाट गयो अनि काँडे झाडीलाई कुल्चि दियो।
10 साँचो हो, तिमीले एदोमलाई जितेका छौ। तर एदोमलाई जितेको कारणले गर्दा तिमी घमण्डी भएका छौ। तर घरमा नै बस र खुशी मनाऊ। आफ्नो लागि संकट सृष्टि नगर। यदि तिमी यस्तो गर्छौ, तिमी लड्ने छौ अनि तिमीसँगै यहूदाको पतन हुनेछ।”
11 तर अमस्याहले योआशको चेताउनी नसुने जस्तो गरे। यसकारण इस्राएलका राजा योआश यहूदाको वेतशेमेशमा यहूदाका राजा अमस्याहको विरोधमा युद्ध गर्न हिंडे।
12 इस्राएलले यहूदालाई परास्त गर्यो। यहूदा घरतिर भाग्यो।
13 बेतशेमेशमा, योआश, इस्राएलका राजाले अहज्याहका नाति र योआशका छोराले, यहूदाका राजा अमस्याहलाई बन्दी बनाए। योआशले 400 हातको यरूशलेमको भित्ता एप्रैमद्वारा देखि कुनाको द्वारसम्म भत्काए।
14 तब योआशले परमप्रभुको मन्दिर र राजाको महलको भन्डारबाट सबै सुन चाँदी र सबै भाँडा-कुँडाहरू लगे। योआशले मानिसहरूलाई बन्दीको रूपमा पनि लगे। तब योआश समारिया फर्के।
15 सबै महान कार्यहरू योआशले गरे जसमा उनले यहूदाका राजा अमस्याहको विरोधमा कसरी युद्ध गरे। ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
16 योआश मरे अनि उनलाई पुर्खाहरू सँगै गाडियो। योआशलाई इस्राएलका राजाहरूसँगै सामरियामा गाडियो। योआशका छोरा यारोबाम उनीपछि नयाँ राजा भए।
17 यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा योआहाजका छोरा योआशको मृत्युपछि 15 वर्ष बाँचे।
18 सबै कुराहरू जो अमस्याहले गरे ‘यहूदाका राजाहरूको इतिहासमा’ लेखिएको छ।
19 मानिसहरूले येरूशलेममा अमस्याहको विरूद्धमा षड्यन्त्र बनाए। अमस्याह लाकीशतिर भागे। तर मानिसहरूले अमस्याहको पछि केही मानिसहरू लाकीशमा पठाए र तिनीलाई त्यहीं ठाउँमा मारे।
20 मानिसहरूले अमस्याहको लाश घोडाहरूमा ल्याए। अमस्याहलाई दाऊदको शहरमा उनका पिता-पुर्खाहरूसँगै गाडे।
21 तब यहूदाका सबै मानिसरूले अजर्याहलाई नयाँ राजा बनाए अजर्याह 16 वर्षका थिए।
22 यसकारण राजा अमस्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। तब अजर्याहले एलतलाई फेरि राजा बनाए अनि यसलाई यहूदामा फर्काइदिए।
23 इस्राएलका राजा योआशका छोरा यारोबामले यहूदाका राजा योआशका छोरा अमस्याहको शासनकालको पन्ध्रौं वर्षमा शासन शुरू गरे। यारोबामले 41 वर्ष शासन गरे।
24 यारोबामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। यारोबामले नबातका छोरा यारोबामको पाप काम बन्द गरेनन् जसले इस्राएललाई पाप गर्न लगायो।
25 यारोबामले इस्राएलको भूमि फिर्ता लिए जो लेबो हमात देखि अराबाको सागरसम्म फिंजिएको थियो। यो त्यसरी नै भयो जस्तो इस्राएलका परमप्रभुले उहाँको दास अमित्तैक छोरा अगमवक्ता योना, गात हेपेरबाटकाले भन्नुभएको थियो।
26 परमप्रभुले त्यो देख्नु भयो सबै इस्राएली, दास हुन वा स्वतन्त्र, संकटमा परेका थिए। इस्राएललाई मद्दत गर्न कोही मानिस थिएन।
27 परमप्रभुले इस्राएलको नाउँ संसारबाट हटाउनेछु भन्नुभएको थिएन यसकारण परमप्रभुले योआशका छोरा यारोबामलाई इस्राएलका मानिस बचाउनमा प्रयोग गरे।
28 सबै महान कामहरू जो यारोबामले गरे, ‘इस्राएलका राजाहरूको इतिहास’ पुस्तकमा लेखिएको छ। यसमा यारोबामले इस्राएलका लागि दमीशक र हमात जितेर फिर्ता लिएको कथा सामेल छ। यी शहरहरू यहूदाका थिए।
29 यारोबाम मरे अनि उनलाई इस्राएलका उनका आफ्ना पुर्खाहरूसँगै गाडियो। यारोबामका छोरा जकर्याह उनीपछि नयाँ राजा भए।
1 In the second year of Joash son of Jehoahaz king of Israel reigned Amaziah the son of Joash king of Judah.
2 He was twenty and five years old when he began to reign, and reigned twenty and nine years in Jerusalem. And his mother’s name was Jehoaddan of Jerusalem.
3 And he did that which was right in the sight of the Lord, yet not like David his father: he did according to all things as Joash his father did.
4 Howbeit the high places were not taken away: as yet the people did sacrifice and burnt incense on the high places.
5 And it came to pass, as soon as the kingdom was confirmed in his hand, that he slew his servants which had slain the king his father.
6 But the children of the murderers he slew not: according unto that which is written in the book of the law of Moses, wherein the Lord commanded, saying, The fathers shall not be put to death for the children, nor the children be put to death for the fathers; but every man shall be put to death for his own sin.
7 He slew of Edom in the valley of salt ten thousand, and took Selah by war, and called the name of it Joktheel unto this day.
8 Then Amaziah sent messengers to Jehoash, the son of Jehoahaz son of Jehu, king of Israel, saying, Come, let us look one another in the face.
9 And Jehoash the king of Israel sent to Amaziah king of Judah, saying, The thistle that was in Lebanon sent to the cedar that was in Lebanon, saying, Give thy daughter to my son to wife: and there passed by a wild beast that was in Lebanon, and trode down the thistle.
10 Thou hast indeed smitten Edom, and thine heart hath lifted thee up: glory of this, and tarry at home: for why shouldest thou meddle to thy hurt, that thou shouldest fall, even thou, and Judah with thee?
11 But Amaziah would not hear. Therefore Jehoash king of Israel went up; and he and Amaziah king of Judah looked one another in the face at Beth-shemesh, which belongeth to Judah.
12 And Judah was put to the worse before Israel; and they fled every man to their tents.
13 And Jehoash king of Israel took Amaziah king of Judah, the son of Jehoash the son of Ahaziah, at Beth-shemesh, and came to Jerusalem, and brake down the wall of Jerusalem from the gate of Ephraim unto the corner gate, four hundred cubits.
14 And he took all the gold and silver, and all the vessels that were found in the house of the Lord, and in the treasures of the king’s house, and hostages, and returned to Samaria.
15 Now the rest of the acts of Jehoash which he did, and his might, and how he fought with Amaziah king of Judah, are they not written in the book of the chronicles of the kings of Israel?
16 And Jehoash slept with his fathers, and was buried in Samaria with the kings of Israel; and Jeroboam his son reigned in his stead.
17 And Amaziah the son of Joash king of Judah lived after the death of Jehoash son of Jehoahaz king of Israel fifteen years.
18 And the rest of the acts of Amaziah, are they not written in the book of the chronicles of the kings of Judah?
19 Now they made a conspiracy against him in Jerusalem: and he fled to Lachish; but they sent after him to Lachish, and slew him there.
20 And they brought him on horses: and he was buried at Jerusalem with his fathers in the city of David.
21 And all the people of Judah took Azariah, which was sixteen years old, and made him king instead of his father Amaziah.
22 He built Elath, and restored it to Judah, after that the king slept with his fathers.
23 In the fifteenth year of Amaziah the son of Joash king of Judah Jeroboam the son of Joash king of Israel began to reign in Samaria, and reigned forty and one years.
24 And he did that which was evil in the sight of the Lord: he departed not from all the sins of Jeroboam the son of Nebat, who made Israel to sin.
25 He restored the coast of Israel from the entering of Hamath unto the sea of the plain, according to the word of the Lord God of Israel, which he spake by the hand of his servant Jonah, the son of Amittai, the prophet, which was of Gath-hepher.
26 For the Lord saw the affliction of Israel, that it was very bitter: for there was not any shut up, nor any left, nor any helper for Israel.
27 And the Lord said not that he would blot out the name of Israel from under heaven: but he saved them by the hand of Jeroboam the son of Joash.
28 Now the rest of the acts of Jeroboam, and all that he did, and his might, how he warred, and how he recovered Damascus, and Hamath, which belonged to Judah, for Israel, are they not written in the book of the chronicles of the kings of Israel?
29 And Jeroboam slept with his fathers, even with the kings of Israel; and Zachariah his son reigned in his stead.
Genesis 43 in Tamil and English
1 त्यस देशमा अनिकालको प्रकोप साह्रै थियो।
And the famine was sore in the land.
2 मानिसहरूले मिश्र देशबाट ल्याएको सबै अन्न खाइसके। जब अन्न सकियो, याकूबले आफ्ना छोराहरूलाई भने, “हामीले खानुको निम्ति अझ केही अन्न किन्न मिश्र देश जानु पर्छ।”
And it came to pass, when they had eaten up the corn which they had brought out of Egypt, their father said unto them, Go again, buy us a little food.
3 तर यहूदाले याकूबलाई भने, “तर त्यस देशको शासकले हामीलाई चेताउनी दिएकाछन्। उनले भने, ‘यदि तिमीहरूले आफ्नो भाइ मकहाँ लिएर आएनौ भने म तिमीहरूसित कुरा गर्ने छैन।’
And Judah spake unto him, saying, The man did solemnly protest unto us, saying, Ye shall not see my face, except your brother be with you.
4 यदि तपाईं बिन्यामीनलाई हामीसित पठउनु हुन्छ भने, मात्र हामीहरू अन्न किन्नु जान सक्छौ।
If thou wilt send our brother with us, we will go down and buy thee food:
5 तर यदि तपाईं उसलाई पठाउन अस्वीकार गर्नु भयो भने तब हामी जानेछैनौ। त्यस मानिसले बिना बिन्यामीन हामीलाई त्यहाँ जानु होशियारी गराएकाछन्।”
But if thou wilt not send him, we will not go down: for the man said unto us, Ye shall not see my face, except your brother be with you.
6 इस्राएलले भने, “उसलाई तिमीहरूले अर्को पनि भाइ छ भनी किन भन्यौ? तिमीहरूले मेरो निम्ति यस्तो नराम्रो काम किन गर्यौ?”
And Israel said, Wherefore dealt ye so ill with me, as to tell the man whether ye had yet a brother?
7 ती दाज्यू-भाइहरूले जवाफ दिए, “उनले हामी र हाम्रा कुटुम्बका विषय धेरै जान्न खोज्थ्यो र उनले हामीलाई थुप्रै प्रश्नहरू गर्यो। उनले हामीलाई सोध्यो, ‘के तिम्रा दाज्यू-भाइहरू अझ बाँचेका छन्? घरमा अझ कोही भाइहरू छन् छैनन्?’ हामीले खाली उसको प्रश्नहरूको उत्तर मात्र दियौं। हामीले जानेका थिएनौ उनले भाइ लिएर मात्र आइज भन्छ।”
And they said, The man asked us straitly of our state, and of our kindred, saying, Is your father yet alive? have ye another brother? and we told him according to the tenor of these words: could we certainly know that he would say, Bring your brother down?
8 त्यसपछि यूहदाले आफ्नो बाबु इस्राएललाई भने, “बिन्यामीन मसित जाओस्। म उसको हेरचाह गर्नेछु। हाम्रो निम्ति अन्न लिनु हामी मिश्र देश जानै पर्छ। यदि हामी गएनौं भनें हाम्रा नानीहरू हामीहरूसंगै मर्नेछन्।
And Judah said unto Israel his father, Send the lad with me, and we will arise and go; that we may live, and not die, both we, and thou, and also our little ones.
9 म तिमीलाई विश्वास दिलाउँछु हाम्रो भाइ सुरक्षित रहनेछ। यसको लागि म सम्पूर्ण दायित्व लिने छु। यदि मैले उसलाई फर्काउन सकिन भने तिमीले मलाई सँधैं दोष दिन सक्छौ।
I will be surety for him; of my hand shalt thou require him: if I bring him not unto thee, and set him before thee, then let me bear the blame for ever:
10 यदि तपाईं हामीलाई अघाडी नै जान दिएको भए, अहिलेसम्म दुइ चोटी अन्न लिएर आई सक्ने थियौं।”
For except we had lingered, surely now we had returned this second time.
11 त्यसपछि तिनीहरूका बाबु इस्राएलले भने, “यदि यो सही रूपमा नै साँचो हो भने, तब बिन्यामीनलाई तिमीहरूसँगै लिएर जाऊ। तर त्यस शासकको निम्ति केही उपहारहरू लैजाऊ। हामीले आफ्नो भूमिमा उब्जाएका चीजहरूबाट केही लिएर जाऊ। केही सुगन्धित मसला, अलिकती मह, अलिकता, सुगन्धित लेप, मूर्र, पेक्ता, र हाडे-बदाम लिएर जाऊ।
And their father Israel said unto them, If it must be so now, do this; take of the best fruits in the land in your vessels, and carry down the man a present, a little balm, and a little honey, spices, and myrrh, nuts, and almonds:
12 यसपाली तिमीहरूसँग भएको पैसा भन्दा पनि दुइ गुणा वेशी लिएर जाऊ। हुन सक्छ शासकले भूल गरे होलान, यसर्थ तिमीहरूलाई फर्काई दिएको पैसा पनि लिएर जाऊ।
And take double money in your hand; and the money that was brought again in the mouth of your sacks, carry it again in your hand; peradventure it was an oversight:
13 बिन्यामीनलाई त्यस मानिसकहाँ लिएर जाऊ।
Take also your brother, and arise, go again unto the man:
14 म प्रार्थना गर्छु जब तिमी त्यो प्रशासकअघि उभिन्छौ सर्वशक्तिमान परमेश्वरले सहायता गर्नु हुनेछ। म प्रार्थना गर्छु उनले बिन्यामीन र शिमोनलाई सुरक्षित फर्कन दिनेछन। यदि यस्तो भएन भने, म फेरि पुत्र शोकले व्याकुल हुनेछु।”
And God Almighty give you mercy before the man, that he may send away your other brother, and Benjamin. If I be bereaved of my children, I am bereaved.
15 यसर्थ ती दाज्यू-भाइहरूले शासकलाई दिनको निम्ति उपहार लगे। तिनीहरूले पहिलो पाली लगेको भन्दा दोबर रकम पनि लिएर गए। यस पल्ट बिन्यामीन आफ्नो दाज्यूहरूसँग मिश्र देश गए।दाज्यू-भाइहरूलाई यूसुफको घरमा निम्त्याइयो
And the men took that present, and they took double money in their hand, and Benjamin; and rose up, and went down to Egypt, and stood before Joseph.
16 मिश्र देशमा यूसुफले तिनीहरूसँग बिन्यामीनलाई देखे। यूसुफले आफ्ना नोकरलाई भने, “ती मानिसहरूलाई मेरो घरमा लिएर जाऊ। एउटा पशु मार अनि पकाऊ, यिनीहरू आज दिउँसो मसित भोजन खानेछन्।”
And when Joseph saw Benjamin with them, he said to the ruler of his house, Bring these men home, and slay, and make ready; for these men shall dine with me at noon.
17 उसलाई जे भनिएको थियो नोकरले त्यही गर्यो। उनले ती मानिसहरूलाई यूसुफको घरमा ल्यायो।
And the man did as Joseph bade; and the man brought the men into Joseph’s house.
18 जब ती दाज्यू-भाइहरूलाई यूसुफको घरमा लगियो तिनीहरू डराए। तिनीहरूले भने, “अस्तिको पाली हाम्रो बोराहरूमा पैसा हालेर फर्काइएको थियो त्यसैकारण हामीलाई यहाँ ल्याइयो। त्यो तिनीहरूले हाम्रो विरू द्वमा अस्त्र बनाउने छन्। अनि तिनीहरू हाम्रो गधाहरू चोरेर लगी हामीलाई कमारा बनाउनेछन्।”
And the men were afraid, because they were brought into Joseph’s house; and they said, Because of the money that was returned in our sacks at the first time are we brought in; that he may seek occasion against us, and fall upon us, and take us for bondmen, and our asses.
19 यसर्थ ती दाज्यू-भाइहरू यूसुफको घरको नोकरहरूको मुखियाकहाँ गए।
And they came near to the steward of Joseph’s house, and they communed with him at the door of the house,
20 तिनीहरूले भने, “महाशय, म प्रतिज्ञा गर्छु यो सत्य हो, अस्तिको पाली हामी अन्न किन्न आयौं।
And said, O sir, we came indeed down at the first time to buy food:
21 तर जब हामीहरूले रात बिताउनु पर्ने ठाउँमा आई पुग्यौं, हामीले आफ्नो बोरा खोल्यौं तब बोराको मुखमा नै हामीहरूले तिरेको पुरै रकम पायौं। अहिले हामीले यहाँ ल्याएका छौं।
And it came to pass, when we came to the inn, that we opened our sacks, and, behold, every man’s money was in the mouth of his sack, our money in full weight: and we have brought it again in our hand.
22 अनि अहिले फेरि पनि अन्न किन्नको निम्ति अरू रकम ल्याएका छौं। हामी जान्दैनौ कसले त्यो रकम हाम्रो बोरामा राख्यो।”
And other money have we brought down in our hands to buy food: we cannot tell who put our money in our sacks.
23 तब नोकरले उत्तर दियो, “तिमीहरू शान्तिसित बस। नडराऊ। तिमीहरूका परमेश्वर, तिमीहरूको बाबुका परमेश्वरले नै तिमीहरूको निम्ति बोरामा धन राखिदिएको हुनसक्छ। तिमीहरूले तिरेको रकम मैले पाएकै हुँ।”त्यसपछि त्यस नोकरले तिनीहरू भएको ठाउँमा शिमोनलाई ल्यायो।
And he said, Peace be to you, fear not: your God, and the God of your father, hath given you treasure in your sacks: I had your money. And he brought Simeon out unto them.
24 तब उनले तिनीहरूलाई यूसुफको घरमा ल्याए अनि पानी दिए। तिनीहरूले तिनको खुट्टा धोए। उसले तिनीहरूको गधाहरूलाई पनी खुवायो।
And the man brought the men into Joseph’s house, and gave them water, and they washed their feet; and he gave their asses provender.
25 यूसुफले पनि मध्य दिनको भोजन तिनीहरूसित खानेछन् भनी सुनेकोले त्यसपछि तिनीहरूले यूसुफलाई दिइने उपहार तयार राखे।
And they made ready the present against Joseph came at noon: for they heard that they should eat bread there.
26 यूसुफ घरमा आए अनि दाज्यू-भाइहरूले तिनीहरूसित ल्याएको उपहारहरू तिनलाई दिए। त्यसपछि तिनीहरू तिनको अगाडी भूइँमा निहुरिए।
And when Joseph came home, they brought him the present which was in their hand into the house, and bowed themselves to him to the earth.
27 यूसुफले तिनीहरूलाई आफ्नो भलोकुशल सोधपूछ गरे। यूसुफले भने, “तिमीहरूले आफ्नो बूढो बाबुको बारेमा बताएका थियौ, तिनी अझै जीवित अनि स्वस्थ हुनुहुन्छ?”
And he asked them of their welfare, and said, Is your father well, the old man of whom ye spake? Is he yet alive?
28 ती दाज्यू-भाइहरूले जवाफ दिए, “ज्यु हजुर, उहाँ जीवित हुनु हुन्छ।” अनि तिनीहरू फेरि यूसुफअघि निहुरिए।
And they answered, Thy servant our father is in good health, he is yet alive. And they bowed down their heads, and made obeisance.
29 त्यसपछि यूसुफले आफ्नो भाइ बिन्यामीनलाई देखे। (बिन्यामीन र यूसुफकी एउटै आमा हुन्) यूसुफले भने, तिमीहरूले मलाई बताएको कान्छो भाइ यही हो?” त्यसपछि यूसुफले बिन्यामीनलाई भने, “हे बाबू, परमेश्वरले तिमीलाई आशीर्वाद दिनु हुनेछ।”
And he lifted up his eyes, and saw his brother Benjamin, his mother’s son, and said, Is this your younger brother, of whom ye spake unto me? And he said, God be gracious unto thee, my son.
30 तब यूसुफ हतारिएर कोठा छोडे किनभने तिनी आफ्ना दाज्यू-भाइहरूको मनोभावले व्याकुल भएका थिए अनि रून चाहन्थे। तिनी आफ्नो कोठाभित्र पसे अनि रोए।
And Joseph made haste; for his bowels did yearn upon his brother: and he sought where to weep; and he entered into his chamber, and wept there.
31 त्यसपछि यूसुफ मुख धोएर बाहिर आए। तिनले आफौंलाई वशमा राखेर भने, “अहिले भोजन गर्ने समय हो।”
And he washed his face, and went out, and refrained himself, and said, Set on bread.
32 यूसुफले एक्लै एउटा टेबलमासँगै भोजन खाए। उनका भाइहरूले अर्को एउटा टेबलमा भोजन खाए। मिश्र देशबासीहरूले अर्को टेबलमा सँगै भोजन खाए। तिनीहरूको विश्वास थियो हिब्रू मानिसहरूसँगै बसेर खानु राम्रो होइन।
And they set on for him by himself, and for them by themselves, and for the Egyptians, which did eat with him, by themselves: because the Egyptians might not eat bread with the Hebrews; for that is an abomination unto the Egyptians.
33 यूसुफका दाज्यूभाइहरू तिनकै टेबल अघि बसेका थिए। तिनीहरू जेठादेखि कान्छासम्म उमेर अनुसार लहरै बसेका थिए। के भइरहेको छ सबै दाज्यूभाइहरूले एका-अर्कामा आश्चर्यमानी हेरिरहेका थिए।
And they sat before him, the firstborn according to his birthright, and the youngest according to his youth: and the men marvelled one at another.
34 नोकरहरूले यूसुफको टेबलबाट भोजन ल्याएर तिनीहरूलाई दिन्थे। तर ती नोकरहरूले बिन्यामीनलाई अरू दाज्यूभाइहरूलाई भन्दा पाँच गुणा वेशी दिन्थे। ती दाज्यूभाइहरू नअघाउञ्जेलसम्म यूसुफसँगै खाए।
And he took and sent messes unto them from before him: but Benjamin’s mess was five times so much as any of theirs. And they drank, and were merry with him.