Bible

1 Chronicles 3 - ASV (Nepali)

1 Now these were the sons of David, that were born unto him in Hebron: the first-born, Amnon, of Ahinoam the Jezreelitess; the second, Daniel, of Abigail the Carmelitess;दाऊदका केही छोराहरूः हेब्रोन शहरमा जन्मेका थिए। यो दाऊदका छोराहरूको सूची होः दाऊदका जेठा छोरा अम्मोन हुन। अम्मोनकी आमा अहीनोअम थिइन्। तिनी यिज्रेल शहरकी हुन्। माहिला छोरा दानिएल थिए। तिनकी आमा अबीगेल यहूदाको कर्मेलकी थिइन्।

2 the third, Absalom the son of Maacah the daughter of Talmai king of Geshur; the fourth, Adonijah the son of Haggith;साहिंला छोरा अब्शालोम थिए। तिनकी आमा तल्मैकी छोरी माका थिइन्। तल्मै गशूरका राजा थिए। काँहिला छोरा अदोनियाह थिए। तिनकी आमा हग्गीत थिइन्।

3 the fifth, Shephatiah of Abital; the sixth, Ithream by Eglah his wife:अन्तरे छोरा शपत्याह थिए। तिनकी आमा अबीतल थिइन्। कान्छा छोरा यित्राम थिए। तिनकी आमा दाऊदकी पत्नी एग्ला थिइन्।

4 six were born unto him in Hebron; and there he reigned seven years and six months. And in Jerusalem he reigned thirty and three years;दाऊदका यी छ जना छोराहरू हेब्रोनमा जन्मिए। दाऊदले त्यहाँ सात बर्ष छः महीना शासन गरे। दाऊदले यरूशलेममा 33 बर्ष सम्म राज गरे।

5 and these were born unto him in Jerusalem: Shimea, and Shobab, and Nathan, and Solomon, four, of Bath-shua the daughter of Ammiel;यरूशलेममा जन्मेका दाऊदका छोराहरू यी हुन्। दाऊदकी पत्नी बेतशेबा अम्मीएलकी छोरी थिइन्। बेतशेबाबाट चारजना छोरा छोरीहरू भए, शिमा, शोबाब, नातान र सुलेमान।

6 and Ibhar, and Elishama, and Eliphelet,अन्य नौ जना छोरा छोरीहरू थिए, यिभार,

7 and Nogah, and Nepheg, and Japhia,एलीशूअ, एलीपेलेत, नोगह, नेपेग, यापी,

8 and Elishama, and Eliada, and Eliphelet, nine.एलीशामा, एल्यादा अनि एलीशापेलेत।

9 All these were the sons of David, besides the sons of the concubines; and Tamar was their sister.तिनीहरू सबै दाऊदका छोराहरू थिए। दाऊदकी उप-पत्नीबाट अन्य छोराहरू थिए। तामार दाऊदकी छोरी थिइन्। दाऊद पछि यहूदाका राजाहरू

10 And Solomon's son was Rehoboam, Abijah his son, Asa his son, Jehoshaphat his son,सुलेमानका छोरा रहबाम थिए। अनि रहबामका छोरा अबियाह थिए। अबियाहका छोरा आसा थिए। आसाका छोरा यहोशापात थिए।

11 Joram his son, Ahaziah his son, Joash his son,यहोशापातका छोरा योराम थिए। योरामका छोरा अहज्याह थिए। अहज्याहका छोरा योआश थिए।

12 Amaziah his son, Azariah his son, Jotham his son,योआशका छोरा अमस्याह थिए। अमस्याहका छोरा अजर्याह थिए। अजर्याहका छोरा योताम थिए।

13 Ahaz his son, Hezekiah his son, Manasseh his son,योतामका छोरा आहाज थिए। आहाजका छोरा हिजकियाह थिए। हिजकियाहका छोरा मनश्शे थिए।

14 Amon his son, Josiah his son.मनश्शेका छोरा आमोन थिए। आमोनका छोरा योशियाह थिए।

15 And the sons of Josiah: the first-born Johanan, the second Jehoiakim, the third Zedekiah, the fourth Shallum.यो योशियाहका छोराहरूको सूची यही होः जेठा छोरा योहानान थिए। माहिला छोरा यहोयाकीम थिए। साहिंला छोरा सिदकियाह थिए अनि कान्छा छोरा शल्लूम थिए।

16 And the sons of Jehoiakim: Jeconiah his son, Zedekiah his son.यहोयाकीमका छोराहरू यकोन्याह, तिनका छोरा सिदकियाह थिए। बाबेल कब्जा पछि दाऊदको परिवार

17 And the sons of Jeconiah, the captive: Shealtiel his son,यहोयाकीम बाबेलमा कैदी भए पछि यहोयाकीमका छोरा-छोरीहरूको सूची यही हो। तिनका छोरा-छोरीहरू शालतीएल,

18 and Malchiram, and Pedaiah, and Shenazzar, Jekamiah, Hoshama, and Nedabiah.मल्कीराम, पदायाह, शेनस्सर, यकन्याह, होशामा अनि नदब्याह थिए।

19 And the sons of Pedaiah: Zerubbabel, and Shimei. And the sons of Zerubbabel: Meshullam, and Hananiah; and Shelomith was their sister;पदायाहका छोराहरू यरूबाबेल अनि शिमी थिए। यरूबाबेलका छोराहरू मशुल्लाम अनि हनन्याह थिए। शलोमीत तिनीहरूकी बहिनी थिइन्।

20 and Hashubah, and Ohel, and Berechiah, and Hasadiah, Jushab-hesed, five.यरूबाबेलका अरू पनि पाँच जना छोरा थिए। तिनीहरूका नाउँ हशूबा, ओहेल, बेरेक्याह, हसयाह, अनि यूशप-हेसेद हो।

21 And the sons of Hananiah: Pelatiah, and Jeshaiah; the sons of Rephaiah, the sons of Arnan, the sons of Obadiah, the sons of Shecaniah.हनन्याहका छोरा पलत्याह थिए तिनका छोरा यशैयाह थिए अनि तिनका छोरा रपायाह थिए, अनि तिनका छोरा अर्नान थिए, तिनका छोरा ओबधाह, तिनका छोरा शकन्याह थिए।

22 And the sons of Shecaniah: Shemaiah. And the sons of Shemaiah: Hattush, and Igal, and Bariah, and Neariah, and Shaphat, six.यो शकन्याहका सन्तानहरूको सूची हो शमायाह शमायाहका छ जना छोराहरू थिएः शमायाह, हत्तूश, यिगाल, बारीह, नार्याह अनि शापात।

23 And the sons of Neariah: Elioenai, and Hizkiah, and Azrikam, three.नार्याहका तीन जना छोराहरू थिए। ती एल्योएनै, हिजकियाह अनि अज्रीकाम थिए।

24 And the sons of Elioenai: Hodaviah, and Eliashib, and Pelaiah, and Akkub, and Johanan, and Delaiah, and Anani, seven.एल्योएनैका सात जना छोराहरू थिए। ती होदक्याह, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी थिए।

Nepali Bible