Bible

Proverbs 30 - KJV (Nepali)

1 The words of Agur the son of Jakeh, even the prophecy: the man spake unto Ithiel, even unto Ithiel and Ucal,यी हितोपदेशहरू आगूरले भनेका हुन्। आगूर याकेका छोरा थिए। यी हितोपदेशहरू इथीएल अनि यूकाललाई भनिएका हुन्,

2 Surely I am more brutish than any man, and have not the understanding of a man.अरू कुनै मानिस भन्दा म धैरे अनभिज्ञ छु, जसरी बुझ्नु पर्छ त्यसरी बुझ्न म असक्षम छु।

3 I neither learned wisdom, nor have the knowledge of the holy.मैले ज्ञान के चीज हो जानिनँ, न त मैले परमेश्वरको विषयमा नै जान्न पाएँ।

4 Who hath ascended up into heaven, or descended? who hath gathered the wind in his fists? who hath bound the waters in a garment? who hath established all the ends of the earth? what is his name, and what is his son's name, if thou canst tell?स्वर्ग गएको छु र फेरि फर्केर आएको छु? कसले आफ्नो खोक्रो हातमा हावा जम्मा गरेको छ? कसले पानीलाई आफ्नो खाष्टोमा पोको पारेको छ? कसले पृथ्वीको सीमानाहरू स्थानपना गरेको छ? उनको नाम के हो उनको छोराको नाम के हो?

5 Every word of God is pure: he is a shield unto them that put their trust in him.परमेश्वरको प्रत्येक वचन दोष रहित हुन्छ औ जो परमेश्वरको शरणमा जान्छ उसको निम्ति उहाँ सुरक्षित स्थान हुनुहुन्छ।

6 Add thou not unto his words, lest he reprove thee, and thou be found a liar.यसकारण परमेश्वरको वचनमा परिवर्तन नगर नत्र उहाँले दण्ड दिनु हुन्छ साथै तिमी झूट प्रमाणित हुनेछौ।

7 Two things have I required of thee; deny me them not before I die:हे परमप्रभु! मेरो मृत्यु अघि हजुरबाट केवल दुईओटा चीज माग्नेछु औ ती हुन्,

8 Remove far from me vanity and lies: give me neither poverty nor riches; feed me with food convenient for me:मलाई झूटो नबोल्न सहायता गर्नुहोस् अनि साह्रै धनि अथवा साह्रै गरीब नपार्नु होस केवल मलाई ती चीजहरू दिनु होस जो प्रत्येक दिन खाँचो पर्छ।

9 Lest I be full, and deny thee, and say, Who is the LORD? or lest I be poor, and steal, and take the name of my God in vain.यदि मसँग चाहिने भन्दा वेशी भए, मैले तपाईसंगको सम्बध छोडने छु अनि भन्ने छु, “यो परमप्रभु को हो?” यदि म गरीब भए भने चोर बनेर परमेश्वरको नाममा दुर्नाम ल्याउने छु।

10 Accuse not a servant unto his master, lest he curse thee, and thou be found guilty.मालिक अघि उसको नोकरको विरोधमा नबोल। यदि तिमीले त्यो गर्यौ भने, उसले तिमीलाई सराप्ने छ अनि तिमीलाई दोषी बनाउनेछ।

11 There is a generation that curseth their father, and doth not bless their mother.कति मानिसहरूले आफ्नो बाबुको विरोधमा कुरा गर्छन् अनि आफ्नी आमा प्रति कुनै आदर गर्दैनन्।

12 There is a generation that are pure in their own eyes, and yet is not washed from their filthiness.केहि मानिसहरू आफैंलाई शुद्ध सम्झिन्छन्। तर वास्तवमा तिनीहरू आफ्नो फोहोरबाट सफा भएका हुदैनन्।

13 There is a generation, O how lofty are their eyes! and their eyelids are lifted up.केहि मानिसहरू घमण्डी हुन्छन् अनि तिनीहरूले आफूलाई अरू मानिसहरू भन्दा उत्तम सोच्छन्।

14 There is a generation, whose teeth are as swords, and their jaw teeth as knives, to devour the poor from off the earth, and the needy from among men.मानिसहरू यस्ता पनि हुन्छन् जसका दाँत तरवार र बङ्गारा छुरी जस्ता हुन्छन्। तिनीहरू यी चीजले गरीब मानिसहरूबाट तिनीहरूको प्रत्येक चीज लिन्छन्।

15 The horseleach hath two daughters, crying, Give, give. There are three things that are never satisfied, yea, four things say not, It is enough:जूकाका दुई जना छोरीहरू छन् अनि तिनीहरू “अझै देऊ, अझै देऊ” मात्र भन्छन्। तीनओटा यस्ता वस्तुहरू छन् जो कहिल्यै तृप्त हुदैनन् चौथोले कदापि प्रयाप्त भयो भन्दैन।

16 The grave; and the barren womb; the earth that is not filled with water; and the fire that saith not, It is enough.चिहान, बाँझी गर्भ र भूमि, पानीले कहिल्यै तृप्त हुदैनन् अनि आगोले “अब पुग्यो कहिल्यै भन्दैन।”

17 The eye that mocketh at his father, and despiseth to obey his mother, the ravens of the valley shall pick it out, and the young eagles shall eat it.जुन आँखाले आफ्नै बाबुलाई खिसी गर्छ, आफ्नी आमाको आज्ञालाई घृणा गर्छ, बेंसीको कागले त्यसलाई ठुंङ्गछ अनि गिद्धले मासु खान्छ।

18 There be three things which are too wonderful for me, yea, four which I know not:तीनओटा कुराहरू मलाई अचम्म लाग्छ अनि चौथो कुरा त म बुझ्दिनँ।

19 The way of an eagle in the air; the way of a serpent upon a rock; the way of a ship in the midst of the sea; and the way of a man with a maid.आकाशमा उडने गरूडको चाल, चट्टानमा घस्रने साँपको चाल, समुद्रमा चल्ने जहाजको चाल र एक तरूणी कन्याको प्रेम पासोमा बाँधिएको पुरूषको चाल।

20 Such is the way of an adulterous woman; she eateth, and wipeth her mouth, and saith, I have done no wickedness.यसप्रकार कि एउटी आइमाईले व्यभिचार गर्छे, उसले खान्छे, मुख पुस्छे र भन्छे, “मैले केही पनि खराब काम गरेकी छैन।”

21 For three things the earth is disquieted, and for four which it cannot bear:यी तीन कुराहरू यस्ता छन् जसले पृथ्वीलाई कमाउँछन् अनि चौथो यस्तो चिज हो जो पृथ्वीले यसलाई खप्न सक्दैन।

22 For a servant when he reigneth; and a fool when he is filled with meat;एकजना कमारा जो राजा हुन्छ अनि एकजना मूर्ख जो खाएर टन्न अघाउँछ।

23 For an odious woman when she is married; and an handmaid that is heir to her mistress.माया नपाएकि आइमाई जसले विवाह गर्छे अनि एउटी केटी जसले आफ्नो मालिक्नीको ठाउँ लिन्छे।

24 There be four things which are little upon the earth, but they are exceeding wise:पृथ्वीका प्राणीहरू बीचमा यी चारओटा प्राणीहरू सबै भन्दा साना छन्, तर तिनीहरू ज्ञानी मानिसहरू भन्दा बुद्धिमान् छन।

25 The ants are a people not strong, yet they prepare their meat in the summer;कमिलाहरूको एक्दमै बलियो समुदाय हुँदैन तर तिनीहरूले ग्रीष्म ऋतुमा हिउँदको भोजन संचय गर्छन्।

26 The conies are but a feeble folk, yet make they their houses in the rocks;पहराको न्याउरी मुसाको समुदाय शक्तिशाली हुँदैन् तापनि चट्टानमा तिनीहरू आफ्नो घर बनाउँछन्।

27 The locusts have no king, yet go they forth all of them by bands;सलहको कोही नेता हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अघि बढ्छन।

28 The spider taketh hold with her hands, and is in kings' palaces.अनि छेपारो जसलाई हातले सजिलै समात्न सकिन्छ त्यो राजमहलहरूमा पनि बस्छ।

29 There be three things which go well, yea, four are comely in going:तीनओटा प्राणीहरू आर्कषक ढंगले हिंडछन् अनि वास्तवमा चारवोटा प्राणी मर्यादित भएर हिंडछन्।

30 A lion which is strongest among beasts, and turneth not away for any;सबै पशुहरू भन्दा बलियो अनि कहिल्यै कसैसित नडराउने सिंह।

31 A greyhound; an he goat also; and a king, against whom there is no rising up.लचकमा हिंडने कुखुराको भाले, र बोका अनि आफ्नो मानिसहरूलाई नेतृत दिने राजा।

32 If thou hast done foolishly in lifting up thyself, or if thou hast thought evil, lay thine hand upon thy mouth.यदि तिमी आफैंलाई प्रशंसा गर्ने मूर्ख भयो भने, यदि तिमीले दुष्ट योजनाहरू बनाएका छौ, भने तिमी आफ्नो मुख आफ्नै हातले बन्द गर।

33 Surely the churning of milk bringeth forth butter, and the wringing of the nose bringeth forth blood: so the forcing of wrath bringeth forth strife.जसरी दूध मथ्यो भने घिउ पाइन्छ, नाक वेस्सरी घस्दा रगत निस्कन्छ र त्यसरी नै रीस उठाउदा झगडा मच्चिन्छ।

Nepali Bible