Bible

John 1 - DBY (Nepali)

1 In [the] beginning was the Word, and the Word was with God, and the Word was God.संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचनथियो। त्यो वचन परमेश्वरसंग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो।

2 *He* was in the beginning with God.उहाँको वचन शुरूमा परमेश्वसंग हुनुहुन्थ्यो।

3 All things received being through him, and without him not one [thing] received being which has received being.र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन।

4 In him was life, and the life was the light of men.उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो।

5 And the light appears in darkness, and the darkness apprehended it not.त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन।

6 There was a man sent from God, his name John.परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए।

7 He came for witness, that he might witness concerning the light, that all might believe through him.यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए।

8 *He* was not the light, but that he might witness concerning the light.यूहन्ना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए।

9 The true light was that which, coming into the world, lightens every man.सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ।

10 He was in the world, and the world had [its] being through him, and the world knew him not.उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन।

11 He came to his own, and his own received him not;उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्।

12 but as many as received him, to them gave he [the] right to be children of God, to those that believe on his name;केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो।

13 who have been born, not of blood, nor of flesh's will, nor of man's will, but of God.ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बद्लामा तिनीहरू परमेश्वरबाट जन्मेका थिए।

14 And the Word became flesh, and dwelt among us (and we have contemplated his glory, a glory as of an only-begotten with a father), full of grace and truth;वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो।

15 (John bears witness of him, and he has cried, saying, This was he of whom I said, He that comes after me is preferred before me, for he was before me;)यूहन्नाले ख्रीष्टकै सम्बन्धमा मानिसहरूलाई भने, “उहाँ एकजना हुनुहन्छ जसका विषयमा म भनिरहेको थिंए, ‘जो म पछि आउनु हुन्छ, उहाँ मभन्दा महान हुनुहुन्छ। किनभने उहाँ मभन्दा पहिल्यै आउनु भएको थियो।

16 for of his fulness we all have received, and grace upon grace.उहाँ वचन अनुग्रह र सत्यको भण्डार हुनुहुन्छ। हामीले उहाँबाट धेरै आशिष पाएका छौं।

17 For the law was given by Moses: grace and truth subsists through Jesus Christ.मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो।

18 No one has seen God at any time; the only-begotten Son, who is in the bosom of the Father, *he* hath declared [him].कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ।

19 And this is the witness of John, when the Jews sent from Jerusalem priests and Levites that they might ask him, Thou, who art thou?यरूशलेममा यहूदीहरूले केही पूजाहारीहरू र लेवीहरू यूहन्नाकहाँ पठाए। तिनीहरूलाई यूहन्ना लाई “तिमी को हौ?” भनि सोध्न पठाए।

20 And he acknowledged and denied not, and acknowledged, I am not the Christ.यूहन्नाले प्रत्युत्तर दिनलाई हिच्‌किचाएनन्, खुलस्त भनी दिए, “म ख्रीष्ट होइन।”

21 And they asked him, What then? Art thou Elias? And he says, I am not. Art thou the prophet? And he answered, No.यहूदीहरूले यूहन्नालाई सोधे, “तब तिमी को हौ? तिमा एलिया हौ?” यूहन्नाले उत्तर दिए, “होइन, म एलिया होइन।”यहूदीहरूले सोधे, “के तिमी अगमवक्ता हौ?”यूहन्नाले उत्तर दिए, “होइन, म अगमवक्ता होइन।”

22 They said therefore to him, Who art thou? that we may give an answer to those who sent us. What sayest thou of thyself?तब यहूदीहरूले सोधे, “तब तिमी को हौ? आफ्नो विषयमा हामीलाई बताऊ कि जसले हामीलाई पठाए तिनीहरूलाई बताउन सकूँ। तिम्रो विषयमा तिमी के भन्छौ?”

23 He said, I [am] [the] voice of one crying in the wilderness, Make straight the path of [the] Lord, as said Esaias the prophet.यूहन्नाले तिनीहरूलाई अगमवक्ता यशैयाको वाणीहरू भने“मरूभूमिमा चिच्याई हिंड्ने मानिसको म आवाज हुँ, ‘परमप्रभुको निम्ति मार्ग सोझो बनाऊ भन्दै।”‘

24 And they were sent from among the Pharisees.ती यहूदीहरूलाई फरिसीरूले पठाएका थिए।

25 And they asked him and said to him, Why baptisest thou then, if thou art not the Christ, nor Elias, nor the prophet?तिनीहरूले यूहन्नालाई सोधे, “यदि तिमी ख्रीष्ट होइनौ, एलिया होइनौं, अगमवक्ता पनि होइनौ भने किन तिमी मानिसहरूलाई बप्तिस्मा दिन्छौ?”

26 John answered them saying, I baptise with water. In the midst of you stands, whom ye do not know,यूहन्नाले उत्तर दिए, “म पानीले मानिसहरूलाई बप्तिस्मा दिन्छु। तर एकजना मानिस तिमीहरूसंगै अहिले हुनुहुन्छ जसलाई तिमाहरू चिन्दैनौ।

27 he who comes after me, the thong of whose sandal I am not worthy to unloose.ती एक मात्र मानिस जो मेरो पछाडि आउनुहुन्छ, जसको म जुत्ताको फित्ता खोल्ने योग्य सम्म छैन।”

28 These things took place in Bethany, across the Jordan, where John was baptising.यी सबै कुराहरू यर्दन नदीको अर्को स्थान बेथानीयमा भइसकेको हो। त्यो जहाँ यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए।

29 On the morrow he sees Jesus coming to him, and says, Behold the Lamb of God, who takes away the sin of the world.अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।

30 He it is of whom I said, A man comes after me who takes a place before me, because he *was* before me;त्यो उही हो जसको विषयमा मैले भनेको थिएँ। ‘एकजना पुरुष मेरो पछि आउनेवाला हुनुहुन्छ जो मभन्दा महान हुनुहुन्छ किनभने उहा मभन्दा पहिले नै अस्तित्वमा हुनु हुन्थ्यो।’

31 and I knew him not; but that he might be manifested to Israel, therefore have I come baptising with water.उहाँ को हुनुहुन्छ भनेर पनि मैले जानेको थिइन, तर म मानिसहरूलाई पानीले बप्तिस्मा दिदै आँए ताकि यहूदीहरूले जानुन् कि उहाँ ख्रीष्ट हुनुहुन्छ।

32 And John bore witness, saying, I beheld the Spirit descending as a dove from heaven, and it abode upon him.तब यूहन्नाले भने, “ख्रीष्ट को थिए भनेर पनि जान्दिन थिएँ। तर परमेश्वरले मलाई पानीले मानिसहरूलाई बप्तिस्मा दिन पठाउनु भएको हो।

33 And I knew him not; but he who sent me to baptise with water, *he* said to me, Upon whom thou shalt see the Spirit descending and abiding on him, he it is who baptises with [the] Holy Spirit.अनि परमेश्वरले मलाई भन्नुभयो, ‘तिमीले आत्मा ओर्लिदै एक जना मानिसमाथि बसेको देख्नेछौ। त्यही मानिसले पवित्र आत्माद्वारा बप्तिस्मा दिनेछन्।”‘ यूहन्नाले भने, ‘मैले यो सबै भइरहेको देखेकोछु। मैले स्वर्गबाट आत्मा ओलंदै गरेको देखें। मैले पवित्र आत्मालाई ढुक्कुर जस्तै देखें अनि उहाँमाथि बसेको देखें।

34 And I have seen and borne witness that this is the Son of God.मैले यो देखेको हुँ र म गवाही पनि दिन्छु कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।”

35 Again, on the morrow, there stood John and two of his disciples.अर्को दिन फेरि यूहन्ना त्यहाँ उपस्थित थिए। उनिसँग उहाँका दुइजना चेलाहरू थिए।

36 And, looking at Jesus as he walked, he says, Behold the Lamb of God.यूहन्नाले येशू हिडिरहेका देखे र उनोले भने, “हेर, परमेश्वरका थुमा।”

37 And the two disciples heard him speaking, and followed Jesus.यूहन्नाको कुरा सुनिसके पछि ती दुइ चेलाहरू येशूको पछि लागे।

38 But Jesus having turned, and seeing them following, says to them, What seek ye? And *they* said to him, Rabbi (which, being interpreted, signifies Teacher), where abidest thou?येशूले फर्केर हेर्नु भयो र उहाँको पछि ती दुइजना चेला आहरहेको देखेर उहाँले भन्नुभयो, “तिमीहरू के चाहन्छौ?”ती दूइजनाले भने, “रब्बी, तपाँईं कहाँ बस्नुहुन्छ?”

39 He says to them, Come and see. They went therefore, and saw where he abode; and they abode with him that day. It was about the tenth hour.येशूले उत्तर दिनुभयो, “मसँग आओ अनि तिमीहरूले देख्नेछौ।” तब ती दुइजना येशूसंग गए। तिनीहरूले येशू बस्नु भएको ठाउँ देखे। त्यस दिन येशूसंगै तिनीहरू वास बसे। त्यसबेला चार बजी सकेको थियो।

40 Andrew, the brother of Simon Peter, was one of the two who heard [this] from John and followed him.यूहन्नाबाट येशूको विषयमा जाने पछि तिनीहरू येशूकै पछि लागे। ती दुइजना मध्ये एकजनाको नाउँ अन्द्रियास थियो। तिनी शिमोन पत्रुसका भाइ थिए।

41 He first finds his own brother Simon, and says to him, We have found the Messias (which being interpreted is Christ).पहिले अन्द्रियसले आफ्नो भाइ शिमोनलाई खोज्ने काम गरे। शिमोनलाई अन्द्रियासले भने, “हामीले मसीह पाएकोछौं”

42 And he led him to Jesus. Jesus looking at him said, Thou art Simon, the son of Jonas; thou shalt be called Cephas (which interpreted is stone).तब शिमोनलाई अनिद्रयासले येशूकहाँ ल्याए। येशूले शिमोनतर्फ हेर्दै भन्नु भयो, “तिमी यूहन्नाको छोरो शिमोन हौ। तिमीलाई केफासभनेर भनिन्छ।”

43 On the morrow he would go forth into Galilee, and Jesus finds Philip, and says to him, Follow me.अर्को दिन गालील जान येशूले निश्चय गर्नुभयो। येशूले फिलिपलाई भेटनुभयो र भन्नुभयो “मलाई पछ्याउ।”

44 And Philip was from Bethsaida, of the city of Andrew and Peter.अन्द्रियास र पत्रुस जस्तै फिलिप पनि बेथसेदा शहरका थिए।

45 Philip finds Nathanael, and says to him, We have found him of whom Moses wrote in the law, and the prophets, Jesus, the son of Joseph, who is from Nazareth.फिलिपले नथानेललाई भेट्टाए र भने, “मोशाले व्यवस्थामा के लेख्नु भएको थियो सम्झ। मोशाले एकजना मानिस आइरहेछ भनी लेख्नु भएको थियो जो आइरहेको छ। अगमवक्ताहरूले पनि उहाँको विषयमा लेख्नु भएको थियो। हामीले उहाँलाई नै पायौं। उहाँको नाउँ येशू हो, योसेफका पुत्र। उहाँ नासरतका हुनुहुन्छ।”

46 And Nathanael said to him, Can anything good come out of Nazareth? Philip says to him, Come and see.तर नथानेलले फिलिपलाई सोधे, “के नासरतबाट केही असल कुरो आउन सक्छ?”फिलिपले उत्तर दिए, “आएर अनि हेर।”

47 Jesus saw Nathanael coming to him, and says of him, Behold [one] truly an Israelite, in whom there is no guile.येशूले नथानेललाई आफूतर्फ आइरहेको देख्नु भयो र भन्नुभयो, “यो आइरहेको मान्छे साँच्चि नै एकजना इस्राएली हुन्। उनमा त्यस्तो कुनै खराबी छैन।”

48 Nathanael says to him, Whence knowest thou me? Jesus answered and said to him, Before that Philip called thee, when thou wast under the fig-tree, I saw thee.नथानेलले उहाँलाई सोधे, “मलाई कसरी तपाईंले चिन्नुहुन्छ?”येशूले उत्तर दिनुभयो, “फिलिपले तिमीसंग मेरो विषयमा बात गर्न भन्दा पहिल्यै तिमी नेभारको रूखमुनि हुँदा नै तिमीलाई देखें।”

49 Nathanael answered and said to him, Rabbi, thou art the Son of God, thou art the King of Israel.तब नथानेलले येशूलाई भने, “रब्बी तपाई परमेश्वरका पुत्र हुनुहुन्छ। तपाईंनै इस्राएलका राजा हुनुहुन्छ।”

50 Jesus answered and said to him, Because I said to thee, I saw thee under the fig-tree, believest thou? Thou shalt see greater things than these.येशूले नथानेललाई भन्नुभयो, “तिमी यसकारण विश्वास गर्दैछौ कि मैले तिमीलाई नेभारको रूखमनि देखेको थिएँ भनेर? तिमीले यो भन्दा महान चीज देख्नेछौ।”

51 And he says to him, Verily, verily, I say to you, Henceforth ye shall see the heaven opened, and the angels of God ascending and descending on the Son of man.तब येशूले पनि भन्नुभयो, “म तिमीलाई सत्य भन्नेछु। तिमीहरू सबैले स्वर्ग उघ्रिएको देख्नेछौ अनि तिमीले ‘परमेश्वरका स्वर्गदूतहरूलाई मानिसको पुत्रमाथि जाँदै तल आँउदै, गरेको देख्नेछौं।”‘ 52

Nepali Bible