Daniel 5 - WEB (Nepali)
1 Belshazzar the king made a great feast to a thousand of his lords, and drank wine before the thousand.राजा बेलसजरले आफ्ना 1,000 अधिकारीहरूलाई राजकीय भवनमा ठूलो भोज दिए अनि ती अधिकारीहरूले दाखरस पिउन थाले।
2 Belshazzar, while he tasted the wine, commanded to bring the golden and silver vessels which Nebuchadnezzar his father had taken out of the temple which was in Jerusalem; that the king and his lords, his wives and his concubines, might drink from it.दाखरस पिउरहेको बेला बेलसजरले आफ्नो सेवकहरूलाई सुन र चाँदीको प्याला ल्याउन हुकुम गरे जुन प्याला उनका बाजेले यरूशलेमको मन्दिरबाट ल्याएका थिए। नबूकदनेस्सरले चाहन्थे कि शासकहरू, तिनका पत्नीहरू, तथा दासीहरूले यो प्यालामा दाखरस पिउन।
3 Then they brought the golden vessels that were taken out of the temple of the house of God which was at Jerusalem; and the king and his lords, his wives and his concubines, drank from them.जब तिनीहरूले त्यो सुनको प्याला ल्याए जुन यरूशलेमको परमेश्वरको मन्दिरबाट ल्याइएको थियो। राजा अनि उसका अधिकारीहरू, पत्नीहरू तथा दासीहरूले त्यो प्यालामा दाखरस हालेर पिए।
4 They drank wine, and praised the gods of gold, and of silver, of brass, of iron, of wood, and of stone.तिनीहरूले दाखरस पिए त्यस पछि उनीहरूले पूजा गर्ने सुन, चाँदी काँसा, फलाम, काठ र ढुङ्गाको देवताहरूको प्रशंशा गर्न थाले।
5 In the same hour came forth the fingers of a man's hand, and wrote over against the lampstand on the plaster of the wall of the king's palace: and the king saw the part of the hand that wrote.त्यस समयमा अचानक एकजना मानिसको हातको औंलाले सामदानको अघि महलको भित्तामा केही लेखि रहेको देखियो। राजाले भित्तामा लेखिरहेको हात देखे।
6 Then the king's face was changed in him, and his thoughts troubled him; and the joints of his loins were loosened, and his knees struck one against another.यो देखेर राजा बेलसजर भयभीत भए र तिनको अनुहारको रंग पहेंलो भयो र हात खुट्टा गलेर थरथर काम्न थाले।
7 The king cried aloud to bring in the enchanters, the Chaldeans, and the soothsayers. The king spoke and said to the wise men of Babylon, Whoever shall read this writing, and show me the interpretation of it, shall be clothed with purple, and have a chain of gold about his neck, and shall be the third ruler in the kingdom.अनि राजा चिच्याएर बाबेलका तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूलाई ल्याउन पठाए। तिनले बाबेलको ज्ञानी पुरूषहरूलाई भने, “जसले यो लेखोट पढेर मलाई त्यसको अर्थ खोलिदिन्छ, त्यसलाई बैजनी लुगा र सुनको हार पहिराइनेछ र यस राज्यको दर्जामा त्यो तेस्रो गनिने छ।”
8 Then came in all the king's wise men; but they could not read the writing, nor make known to the king the interpretation.त्यस पछि सबै ज्ञानी पुरूषहरू राजाकहाँ आए, तर कसैले पनि त्यो लेखोट पढन सकेनन्।
9 Then was king Belshazzar greatly troubled, and his face was changed in him, and his lords were perplexed.यसकारण राजा बेलसजर साहै डराए अनि चिन्तित भए। अनि उनका सबै हाकिमहरू पनि चिन्तित भए।
10 [Now] the queen by reason of the words of the king and his lords came into the banquet house: the queen spoke and said, O king, live forever; don't let your thoughts trouble you, nor let your face be changed.राजा र अधिकारीहरूको हल्ला-खल्ला सुनेर राजमाता भोजमा आइन् र राजमाताले भनिन्, “राजा अमर रहुन। नडराऊ।
11 There is a man in your kingdom, in whom is the spirit of the holy gods; and in the days of your father light and understanding and wisdom, like the wisdom of the gods, were found in him; and the king Nebuchadnezzar your father, the king, [I say], your father, made him master of the magicians, enchanters, Chaldeans, and soothsayers;तपाईंको राज्यमा एउटा यस्तो मानिस छ, जसमा पवित्र देवताहरूको आत्मा छ। तपाईंको पितामहको पालामा तिनमा उत्तम समझ र देवताको झैं ज्ञान भएको पाइयो। यसैले तपाईंको पितामह नबूकदनेस्सरले तिनलाई जादूगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूका प्रधान नियुक्त गरिदिए।
12 because an excellent spirit, and knowledge, and understanding, interpreting of dreams, and showing of dark sentences, and dissolving of doubts, were found in the same Daniel, whom the king named Belteshazzar. Now let Daniel be called, and he will show the interpretation.यिनी दानियल, जसलाई राजाले बेलसजर नाउँ राखिदिए, खूबै उत्तम आत्मा, बुद्धि र समझ भएका सपनाको अर्थ खोल्ने, अड्को फुकाउने र समस्याहरू हल गर्ने ज्ञान भएका छन्। अब यिनै दानियललाई बोलाउन पठाऊ, र तिनले अर्थ खोलिदिनेछन्।”
13 Then was Daniel brought in before the king. The king spoke and said to Daniel, Are you that Daniel, who are of the children of the captivity of Judah, whom the king my father brought out of Judah?त्यस पछि दानियललाई राजाको अघि पेश गरियो। राजाले दानियललाई भने, “तिमीनै दानियल हौ, निकालाबास भएको एक यहूदी, जसलाई राजा, मेरो पितामहले यहूदाबाट ल्याएका थिए।
14 I have heard of you, that the spirit of the gods is in you, and that light and understanding and excellent wisdom are found in you.मैले तिम्रो विषयमा सुनें। तिमी एकजना त्यस्ता मानिस हौ जसमा पवित्र देवताहरूको आत्मा छ। तिमी एकजना त्यस्तो मानिस हौ, जसकोमा उत्तम समझ र अचम्मको रहस्य बुझ्ने ज्ञान छ।
15 Now the wise men, the enchanters, have been brought in before me, that they should read this writing, and make known to me the interpretation of it; but they could not show the interpretation of the thing.बुद्धिमान पुरूष अनि तांत्रिकहरूलाई यो भित्ताको लेखौटको अर्थ बताउँनको निम्ति मेरोमा ल्याइयो। म चाहन्थें कि उनीहरूले यसको अर्थ खोलुन्। तर तिनीहरूले भित्ताको लेखौटको व्याख्या गर्न सकेनन्।
16 But I have heard of you, that you can give interpretations, and dissolve doubts; now if you can read the writing, and make known to me the interpretation of it, you shall be clothed with purple, and have a chain of gold about your neck, and shall be the third ruler in the kingdom.मैले सुनें तिमीले यसको अर्थ खोल्न र व्याख्या गर्न सक्छौ अनि समस्याहरू हल गर्न सक्छौ। हेर, यदि तिमीले यो पढ्न सक्यौ अनि मलाई व्याख्या गर्न सक्यौ भने तिमीलाई बैजनी वस्त्र अनि सुनको हार दिनेछु। साथै तिमी यस राज्यको दर्जामा तेस्रो मानिस गनिनेछौ।”
17 Then Daniel answered before the king, Let your gifts be to yourself, and give your rewards to another; nevertheless I will read the writing to the king, and make known to him the interpretation.त्यस पछि दानियलले उत्तर दिए, “तपाईंको उपहारहरू तपाईंनै राख्नु होस्, अनि आफ्ना उपहारहरू अरूलाई नै दिनु होस्। तर म यो लेखौट पढेर तपाईंलाई यसको अर्थ खोलि दिन्छु।
18 You king, the Most High God gave Nebuchadnezzar your father the kingdom, and greatness, and glory, and majesty:सर्वोच्च परमेश्वरले तपाईंको बाजे राजा नबूकदनेस्सरलाई एउटा राज्यको महान शक्तिशाली राजा बनाउनु भयो।
19 and because of the greatness that he gave him, all the peoples, nations, and languages trembled and feared before him: whom he would he killed, and whom he would he kept alive; and whom he would he raised up, and whom he would he put down.अनि उहाँले दिनु भएको अधिकारले विभिन्न भाषा बोल्ने जाति जातिका मानिसहरू तिनको अघि डरले थरथर काम्थे। आफ्नो इच्छा अनुसार तिनले कसैको प्राण लिन्थे वा जीउँदो राख्थे, पदोन्नति गरिदिन्थे वा पदाच्यूत गरिदिन्थे।
20 But when his heart was lifted up, and his spirit was hardened so that he dealt proudly, he was deposed from his kingly throne, and they took his glory from him:“तर जब नबूकदनेस्सर अट्टेरी, ढिट र अभिमानी भए तब तिनी आफ्नो सिंहासनबाट खसालिए र तिनको गौरव तिनीबाट खोसियो।
21 and he was driven from the sons of men, and his heart was made like the animals', and his dwelling was with the wild donkeys; he was fed with grass like oxen, and his body was wet with the dew of the sky; until he knew that the Most High God rules in the kingdom of men, and that he sets up over it whoever he will.तब नबूकदनेस्सर समाजबाट निकालिए। उनको मन पशुको जस्तै बनाईयो तिनको बसाई जङ्गली गधाहरूसित हुन थाल्यो। अनि गाईले जस्तै घाँस खान थाले। उनको शरीर आकाशको शीतले भिज्यो। उनीमाथि यस्तो हुँदै गयो, फेरि उनलाई ज्ञान भयो कि मानिसको राज्य माथि सर्वोच्च परमेश्वरले शासन गर्नुहुन्छ अनि साम्राज्यहरूमाथि शासन गर्नको निम्ति उहाँले जसलाई चाहानुहुन्छ त्यसैलाई पठाउँनुहुन्छ।
22 You his son, Belshazzar, have not humbled your heart, though you knew all this,“अनि तिमी बेलसजर उहाँकै नाति हुनुहुन्छ, तपाईंले यो सबै कुरा जान्दा जान्दै पनि अझै आफ्नो हृदयलाई नम्र बनाउनु भएको छैन।
23 but have lifted up yourself against the Lord of heaven; and they have brought the vessels of his house before you, and you and your lords, your wives and your concubines, have drunk wine from them; and you have praised the gods of silver and gold, of brass, iron, wood, and stone, which don't see, nor hear, nor know; and the God in whose hand your breath is, and whose are all your ways, you have not glorified.होइन, तपाईं नम्र हुनु भएन यसको सट्टामा तपाईं स्वर्गका परमेश्वरको विरूद्धमा खडा हुनुभयो। तपाईंले परमप्रभुको मन्दिरका भाँडा-कुँडाहरू तपाईंकहाँ ल्याउने आज्ञा दिनुभयो, अनि तपाईं र राज भवनका अधिकारीहरू, तपाईंका पत्नीहरू र दासहरूले त्यो भाँडाहरूमा दाखरस पिउनु भयो। तपाईंले दाखरस पिउँदै सुन, चाँदी, काँस, फलाम, काठ अनि ढुङ्गाका देवताहरूको महिमा गर्न थाल्नु भयो। तिनीहरू साँचो देवता होइनन्। तिनीहरूले देख्न सक्तैनन् सुन्न सक्तैनन् तथा केही पनि सोच्न सक्तैनन्। तर तपाईंले परमेश्वरको सम्मान गर्नुभएन जसको शक्तिमा तपाईंको जीवन अनि प्रत्येक कुरा त्यसमाथि निर्भर छ।
24 Then was the part of the hand sent from before him, and this writing was inscribed.यसैले, परमेश्वरले त्यो हात पठाउनु भयो, जसले भित्तामा लेखौट लेख्यो।
25 This is the writing that was inscribed: MENE, MENE, TEKEL, UPHARSIN.लेखौट यही हो“मने, मने तकेल, पर्सीन।“
26 This is the interpretation of the thing: MENE; God has numbered your kingdom, and brought it to an end;“अनि त्यो लेखौटको व्याख्या यही हो “अर्थात तिम्रो राज्यको अन्त हुन्छ, परमेश्वरले त्यति बेला सम्मको दिन गनी सक्नु भएको छ।
27 TEKEL; you are weighed in the balances, and are found wanting.तकेल-तिमीलाई तराजुमा जोखियो अनि तिमीलाई घट्दै गएको पाइयो।
28 PERES; your kingdom is divided, and given to the Medes and Persians.पर्सीन तिम्रो राज्य भाग भाग गरेर मादी र फारसीहरूलाई दिइने छ।”
29 Then commanded Belshazzar, and they clothed Daniel with purple, and put a chain of gold about his neck, and made proclamation concerning him, that he should be the third ruler in the kingdom.यस पछि बेलसजरले आज्ञा दिए कि दानियललाई बैजनी लुगा लगाई दिनु अनि गलामा सुनको हार पहिराइयोस् अनि तिनी राज्यको तेस्रो दर्जाको मानिस हुन् भनी घोषण गरियो।
30 In that night Belshazzar the Chaldean King was slain.त्यसै रात कल्दीहरूको राजा बेलसजर मारिए।
31 Darius the Mede received the kingdom, being about sixty-two years old.अनि मादिका राजा दाराले त्यो राज्य लिए, उनी त्यति बेला 62 वर्षका थिए।
Nepali Bible