Revelation 7:10 in Nepali

Nepali Nepali Bible Revelation Revelation 7 Revelation 7:10

Revelation 7:10
तिनीहरु ठूलो स्वरमा कराए, “हाम्रा परमेश्वर जो सिंहासनमा विराजमान हुनुहुन्छ अनि भेंडाको पाठाको जय होस्।”

Revelation 7:9Revelation 7Revelation 7:11

Revelation 7:10 in Other Translations

King James Version (KJV)
And cried with a loud voice, saying, Salvation to our God which sitteth upon the throne, and unto the Lamb.

American Standard Version (ASV)
and they cry with a great voice, saying, Salvation unto our God who sitteth on the throne, and unto the Lamb.

Bible in Basic English (BBE)
Saying with a loud voice, Salvation to our God who is seated on the high seat, and to the Lamb.

Darby English Bible (DBY)
And they cry with a loud voice, saying, Salvation to our God who sits upon the throne, and to the Lamb.

World English Bible (WEB)
They cried with a loud voice, saying, "Salvation be to our God, who sits on the throne, and to the Lamb!"

Young's Literal Translation (YLT)
and crying with a great voice, saying, `The salvation `is' to Him who is sitting upon the throne -- to our God, and to the Lamb!'

And
καὶkaikay
cried
κράζοντεςkrazontesKRA-zone-tase
with
a
loud
φωνῇphōnēfoh-NAY
voice,
μεγάλῃmegalēmay-GA-lay
saying,
λέγοντες,legontesLAY-gone-tase

ay
Salvation
σωτηρίαsōtēriasoh-tay-REE-ah
to
our
τῷtoh

καθημένῳkathēmenōka-thay-MAY-noh
God
ἐπὶepiay-PEE
which
τοῦtoutoo
sitteth
θρόνου,thronouTHROH-noo
upon
τοῦtoutoo
the
θεοῦtheouthay-OO
throne,
ἡμῶνhēmōnay-MONE
and
καὶkaikay
unto
the
τῷtoh
Lamb.
ἀρνίῳarniōar-NEE-oh

Cross Reference

प्रकाश 19:1
तब मैले स्वर्गमा धेरै मानिसहरुको बढो भीडले गरेको गर्जन जस्तै आवाज सुनें। तिनीहरु भन्दै थिए“हल्लेलूयाह! विजय, महिमा अनि सक्ति हाम्रा परमेश्वरमा रहिरहुन्।

भजनसंग्रह 3:8
हे परमप्रभु, विजय तपाईंको हो! आफ्ना मानिसहरू प्रति कल्यानकारी हुनुहुन्छ।

प्रकाश 12:10
तब मैले स्वर्गमा ठूलो स्वरमा भनेको सुने “हाम्रा परमेश्वरको विजय, शक्ति, अनि राज्य अनि ख्रीष्टको अधिकार अब आएको छ। किनभने हाम्रो भाइहरुलाई दोषलगाउने पयाँकिएको छ। उसले हाम्रो भाइहरूलाई परमेश्वरको अघि दिन रात दोष लगाई रहेको थियो।

प्रकाश 22:3
परमेश्वरको सराप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि भेंडाको पाठाको सिंहासन नगरमा रहने छ। परमेश्वरका सेवकहरुले उहाँलाई आराधना गर्नेछन्।

भजनसंग्रह 68:19
परमप्रभुको प्रशंसा गर! प्रत्येक दिन उहाँले हाम्रो बोझ उठाउनु हुन्छ। जुन हामी आफैंले उठाउनु पर्ने हो परमेश्वरले हामीलाई मृत्युबाट बचाउनुहुन्छ।

यशैया 43:11
म हो म नै परमप्रभु हुँ। मबाहेक अरू कोही पनि मुक्तिदाता छैन।

यशैया 45:21
यी मानिसहरूलाई भन, मकहाँ आऊ। तिनीहरूका आफ्ना मामला प्रस्तुत गर्दै ती कुराहरूका छलफल तिनीहरूलाई देऊ।“कसले तिमीहरूलाई ती कुराहरू बताए जुन धेरै वर्ष अघि घटेका थिए? कसले धेरै वर्षहरूदेखि यी कुराहरू लगातार भने? म, परमप्रभुले, मात्र यी कुराहरू भनें। म मात्र परमेश्वर हुँ। त्यहाँ के म जस्तो अन्य कोही देवता छ? के त्यहाँ अन्य असल देवता छ? के त्यहाँ अन्य कोही देवता छ जसले आफ्ना मानिसहरूलाई बचाउँदछ? अँह! त्यहाँ अन्य देवता छैन्।

योना 2:9
तर म धन्यवादको स्तुति सहित तपाईंमा बलिदान चढाउने छु, मैले जेकुराको भाकल गरेको छु सो पुरा गर्नेछु। “उद्धार परमप्रभुबाटै हुन्छ।”

लूका 3:6
सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्।”‘

यूहन्ना 1:29
अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।

एफिसी 2:8
तिमीहरू अनुग्रहले बचाइएकाछौ। अनि त्यो अनुग्रह विश्वासद्वारा पाएका हौ। तिमीहरू आफैले तिमीहरूलाई बचाएनौ। परमेश्वरको यो एउटा उपहार हो।

प्रकाश 21:5
उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु। तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरु विश्वासयोग्य अनि सत्य छन्।”

प्रकाश 5:13
तब मैले स्वर्गमा भएका, पृथ्वीमा भएका, पृथ्वी मूनि भएका अनि सागरमा भएका हरेक सजीव वस्तुहरुलाई भन्दै गरेको सुनें। मैले तिनीहरु सबैले यो भनेको सुनें“उहाँ एक, जो सिंहासनमा बस्नु भएकोछ, उहाँ अनि भेंडाको पाठाप्रति सम्पूर्ण स्तुति अनि सम्मान अनि गौरव अनि शक्ति सदा सर्वदा रहून्।”

प्रकाश 5:7
तो भेंडाको पाठो आयो अनि जो सिंहासनमा बसिरहेका थिए तिनको दाहिने हातबाट त्यो बेह्रिएको पत्र लियो।

भजनसंग्रह 115:1
हे परमप्रभु, हामीले सम्मान पाउनु पर्ने होइन। तपाईंको प्रेम र विश्वासले गर्दा सम्मान तपाईंको मात्र हो।

यशैया 45:15
परमेश्वर, तपाईं सर्वशक्तिमान् हुनुहुन्छ, मानिसहरूले देख्न सक्तैनन्। तपाईं इस्राएलको उद्धारक हुनुहुन्छ।

यर्मिया 3:23
“डाँडाहरूमाथि मूर्ति पूज्न एउटा मूर्खता थियो। पर्वतमा होहल्ला गर्ने दलहरू सबै गल्ती थिए। निसन्देह इस्राएलको उद्धार परमप्रभु परमेश्वरबाट आउँछ।

होशे 13:4
“मिश्रदेशमा जब तिमीहरू थियौ, त्यहि समयदेखि म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म बाहेक तिमीहरूले अन्य कुनै परमेश्वरलाई चिन्दैनौ। त्यो म नै हुँ जसले तिमीहरूलाई बचायो।

जकरिया 4:7
त्यो अग्लो पर्वत यरुबाबेलका निम्ति समतल भूमि जस्तै हुनेछ, त्यहाँ मन्दिर बनिने छ। जब अन्तिम ढुङ्गा त्यहाँ राखिनेछ तब मानिसहरु चिच्याएर कराउँनेछन्, ‘सुन्दर! अति सुन्दर।”‘

जकरिया 9:9
हे सियोन, आनन्दित होऊ! यरूशलेमका मानिसहरू खुसिले कराऊ! हेर! तिमीहरूका राजा तिमीहरूकहाँ आइरहेछन्। उहाँ धर्मी हुनुहुन्छ अनि उहाँले मुक्ति ल्यउँनुहुन्छ। उहाँ नम्र हुनुहुन्छ अनि उहाँ गधामा चढेर आउँदै हुनुहुन्छ उहाँ एउटा जवान गधामा चढेर आउँदै हुनुहुन्छ।

यूहन्ना 1:36
यूहन्नाले येशू हिडिरहेका देखे र उनोले भने, “हेर, परमेश्वरका थुमा।”

यूहन्ना 4:22
तिमी सामरीहरू जे आराधना गर्दछौं। त्यो जान्दैनौ। हामी यहूदीहरू के आराधना गर्दछौं त्यो जान्दछौं। मुक्ति यहूदीहरूबाटै आउँदछ।

प्रकाश 4:2
तब आत्माले मलाई नियन्त्रणमा लियो। स्वर्गमा मेरो अघि एउटा सिंहासन थियो। त्यस सिंहासनमा कोही बसिरहेका थिए।

प्रकाश 4:6
सिंहासनको अघि काँचका समुद्र झैं केही थियो। त्यो स्फटिक जस्तै स्वच्छ थियो।सिंहासनको सामुन्ने अनि प्रत्येक छेऊमा चारवटा सजीव बस्तु थिए। ती सजीव बस्तुहरुका अघाडि, पछाडि सम्पूर्ण शरीर भरि आँखाहरु थिए।

प्रकाश 4:9
यी सजीव वस्तुहरुले त्यहाँ “एक” जो सिंहासनमा हुनु हुन्थ्यो, उहाँलाई महिमा, सम्मान अनि धन्यवाद अर्पण गर्छन्। उहाँ एक हुनुहुन्छ जो सदासर्वदा रही रहनु हुन्छ। अनि हरेक समय ती जीवित बस्तुहरु यसो गर्छन्,

भजनसंग्रह 37:39
धर्मी मानिसहरूलाई परमप्रभुले बचाउनु हुन्छ। जब धर्मी मानिसहरू संकटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ।