Psalm 94:20 in Nepali

Nepali Nepali Bible Psalm Psalm 94 Psalm 94:20

Psalm 94:20
परमेश्वर, कपटी न्यायकर्त्तालाई सहयोग नगर्नुहोस्। ती दुष्ट न्यायकर्त्ताहरूले साधारण जनताको लागि कठिन जीवन यापन गर्ने नियमहरू बनाउँदछन्।

Psalm 94:19Psalm 94Psalm 94:21

Psalm 94:20 in Other Translations

King James Version (KJV)
Shall the throne of iniquity have fellowship with thee, which frameth mischief by a law?

American Standard Version (ASV)
Shall the throne of wickedness have fellowship with thee, Which frameth mischief by statute?

Bible in Basic English (BBE)
What part with you has the seat of sin, which makes evil into a law?

Darby English Bible (DBY)
Shall the throne of wickedness be united to thee, which frameth mischief into a law?

World English Bible (WEB)
Shall the throne of wickedness have fellowship with you, Which brings about mischief by statute?

Young's Literal Translation (YLT)
Is a throne of mischief joined `with' Thee? A framer of perverseness by statute?

have
fellowship
Shall
הַֽ֭יְחָבְרְךָhayḥobrĕkāHA-hove-reh-ha
the
throne
כִּסֵּ֣אkissēʾkee-SAY
of
iniquity
הַוּ֑וֹתhawwôtHA-wote
frameth
which
thee,
with
יֹצֵ֖רyōṣēryoh-TSARE
mischief
עָמָ֣לʿāmālah-MAHL
by
עֲלֵיʿălêuh-LAY
a
law?
חֹֽק׃ḥōqhoke

Cross Reference

भजनसंग्रह 58:2
होइन, तिमीहरू दुष्ट्‌याँई कामहरू गर्नलाई मात्र सोच्दछौ। तिमीहरू घोर अपराधहरू मात्र यस भूमिमा गर्दछौ।

आमोस 6:3
हाय! तिमीहरु आफैलाई हेर, तिमीहरु जसले खराब दिन जम्मा गर्छौ अनि हिंसाको दिन नजिक ल्याउँछन्।

यशैया 10:1
कानून बनाउनेहरूलाई हेर। तिनीहरू कुटिल कानूनहरू लेख्दछन्। कानूनहरूले अन्यायपूर्ण फैसला दिन्छन्।

दानियल 6:7
राज्यको हामी सबै मंत्रि, शासक, प्रान्तीय बडा हाकिम, भारादार र प्रदेशपालहरू सल्लाह गरेर सहमत भएकाछौं कि राजाले एउटा यस्तो विशेष नियम कायम राख्नुहोस्, अनि प्रत्येक मानिसले त्यो नियम पालन गर्नुपर्ने होस्, यस्तो नियम होस् कुनै पनि मानिसले तपाईंलाई छोडेर अर्को कुनै मानिस अथवा देवताको पूजा तीस दिन सम्म गर्यो भने, त्यसलाई सिंहको खोरमा हालेर मारियोस्।

मीका 6:16
यस्तो किन हुन्छ? किनकि तिमीहरु ओम्रीको कानूनहरु पालन गर्छौ। तिमीहरु ती नराम्रा कुराहरु भन्छौ जुन कुराहरु आहाब का घरानामा गर्छन्। तिमीहरु उनीहरुको शिक्षा अनुसार चल्छौ। यसकारण म तिमीहरुलाई नष्ट पर्नेछु। तिम्रो शहरका मानिसहरु हाँसोको पात्र हुनेछन्। तिमीहरु अन्य राज्यहरुको घृणाको पात्र बनिनेछौ।”

यूहन्ना 9:22
उनको आमा - बाबुले यहूदी अगुवाहरूको डरले गर्दा त्यसो भनेको हुन्। यहूदी अगुवाहरूले पहिल्यै निर्णय लिइसकेका थिए कि जजसले येशूलाई ख्रीष्ट भन्छन् तिनीहरू दण्डित हुनेछन्। अनि ती मानिसहरूलाई सभा-घरबाट निकलिदिनेछन्।

यूहन्ना 11:57
तर येशूको विषयमा मुख्य पूजाहारीहरू र फरिसीहरूले विशेष आज्ञा दिएका थिए। तिनीहरूले भने कि यदि कसैले येशू कहाँ थियो भनेर थाहा पायो भने त्यस मानिसले तिनीहरूलाई भन्नै पर्छ, ताकि तिनीहरूले पक्रन सकुन्।

यूहन्ना 18:28
त्यसपछि यहूदीहरूले येशूलाई कैयाफाबाट लिएर रोमी राज्यपालको महलतर्फ गए। यो बिहानी पख थियो। यहूदीहरू महलभित्र पसेनन्। तिनीहरू आफूले आफूलाई अशुद्ध राख्न चाहेनन् किनभने तिनीहरूले निस्तार चाडको भोज खानु थियो।

1 यूहन्ना 1:5
हामीले परमेश्वरबाट साँचो सन्देश सुन्यौं। अब हामी यो तिमीहरुलाई भनिरहेकाछौं कि परमेश्वर ज्योति हुनुहुन्छ। परमेश्वरमा अन्धकार हुँदैन।

प्रकाश 13:15
त्यो दोस्रो पशुलाई त्यो पहिलो पशुको मूर्ति जीवित तुल्याउने शक्ति दिइएको थियो। तब त्यो मूर्ति बोल्न सक्थ्यो अनि त्यसलाई पूजा-गर्ने सबैलाई मार्ने आदेश दिन सक्थ्यो।

दानियल 3:4
त्यसपछि प्रवक्ताहरूले ठूलो स्वरमा कराएर भने, “हे विभिन्न राष्ट्र र विभिन्न भाषाका मानिसहरू ध्यान देऊ।

यर्मिया 7:4
कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।”

1 राजा 12:32
अनि राजा यारोबामले आठौं महिनाको पन्ध्रौं दिनमा एउटा नयाँ चाड पालन गर्नु शुरू गरे जुन चाड यहूदामा मनाईने जस्तैं थियो। यो चाड यहूदाहरूको निस्तार चाड जस्तैं नै थियो। तर यो चाड आठौं महिनाको पन्ध्रौं दिन पर्दथ्यो, पहिलो महिनाको पन्ध्रौं दिनमा पर्दैनथ्यो। त्यस समयमा राजा बेतेल शहरको वेदीमा बलिहरू चढाउने गर्दथे। अनि उनी आफूले बनाएका बाछाहरूलाई बलि चढाउने गर्दथे। राजा यारोबामले बेतेलका अग्ला ठाउँहरूका लागि पूजाहारीहरू पनि छाने जो उसले बनाएका थिए।

2 इतिहास 6:14
सुलेमानले भनेः“इस्राएलका परमप्रभु परमेश्वर, तपाईं जस्तो परमेश्वर स्वर्ग वा पृथ्वीमा कोही छैन। तपाईंले तपाईंको प्रेम अनि दयाको करार राख्नु हुन्छ। तपाईंले तपाईंका सेवकहरूसित गर्नु भएको करारको पालन गर्नुहुन्छ, यदि तिनीहरू सम्पूर्ण हृदयले ठीकसित बस्छन् अनि तपाईंको आज्ञा पालन गर्छन् भने।

एस्तर 3:6
जब उसले मोर्दकैको राष्ट्रयता चाल पायो उसले मोर्दकैलाई मात्र मार्न संतुष्ट थिएन। हामानले अहासूरसका समस्त यहूदीहरूलाई नष्ट गर्न चाहन्थ्यो किनभने तिनीहरू मोर्देकैको मानिसहरू थिए।

भजनसंग्रह 50:16
परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ, “तिमीहरूले मेरो नियमहरूको बारेमा कुरा गर्छौ। तिमीहरूले मेरो करारको बारेमा कुरा गर्यौ।

भजनसंग्रह 52:1
हे वीर मानिस, किन तिमी आफ्नो अधर्म कामहरूमा घमण्ड गर्दछौं? तिमी परमेश्वरको नजरमा अपमानित मानिस हौ।

भजनसंग्रह 82:1
परमेश्वर अन्य देवताहरूको सभामा उभिनु हुन्छ। उहाँ त्यस सभाको प्रमुख न्यायकर्ता हुनुहुन्छ।

उपदेशक 3:16
यस जीवनमा मैले यी कुराहरू पनि देखेको छु, कि न्यायालय जहाँ न्याय र भलाई हुनुपर्छ, तर त्यहाँ आज खराब मात्र पाइन्छ।

उपदेशक 5:8
कतिपय देशहरूमा तिमीले यस्ता दीन-हीन मानिसहरू देख्छौ जसलाई कठोर मेहनत गर्न वाध्य गरिन्छ। तिमी बुझ्न सक्छौ कि गरीबहरू प्रति यस्तो व्यवहार राम्रो होइन। यो गरीबहरूको अधिकारको विरूद्ध ठहरिन्छ। तर अचम्म नमान। जो शासकले ती मानिसहरूलाई काम गर्न वाध्य तुल्याउँछन् तिनलाई वाध्य तुल्याउने अर्को शासक पनि हुन्छन्। अनि अझै अर्को एक शासक पनि हुन्छ, जसले यी दुवै शासकहरूलाई काम गर्न वाध्य गराउँछन्।

यशैया 1:11
परमेश्वर भन्नुहुन्छ, “तिमीहरू किन मलाई यस्ता बलिहरू दिइरहेकाछौ? मसित तिमीहरूले बलि चढाएका बाख्राहरू, साँढे र भेडाको बोसो चाहिएको भन्दा अधिक थियो। म यिनीहरूमा आनन्द लिदिँन।

1 शमूएल 22:12
शाऊलले अहीमेलेकलाई भने, “हे अहीतूबका छोरा, सुन।”अहीमेलेकले जवाफ दिए, “भन्नुहोस, मेरो प्रभु।”