Psalm 33:3
उहाँको निम्ति एउटा नयाँ गीत गाऊ। सुखमय सुन्दर वाद्यहरू बजाऊ!
Psalm 33:3 in Other Translations
King James Version (KJV)
Sing unto him a new song; play skilfully with a loud noise.
American Standard Version (ASV)
Sing unto him a new song; Play skilfully with a loud noise.
Bible in Basic English (BBE)
Make a new song to him; playing expertly with a loud noise.
Darby English Bible (DBY)
Sing unto him a new song; play skilfully with a loud sound.
Webster's Bible (WBT)
Sing to him a new song; play skillfully with a loud noise.
World English Bible (WEB)
Sing to him a new song. Play skillfully with a shout of joy!
Young's Literal Translation (YLT)
Sing ye to Him a new song, Play skilfully with shouting.
| Sing | שִֽׁירוּ | šîrû | SHEE-roo |
| unto him a new | ל֭וֹ | lô | loh |
| song; | שִׁ֣יר | šîr | sheer |
| play | חָדָ֑שׁ | ḥādāš | ha-DAHSH |
| skilfully | הֵיטִ֥יבוּ | hêṭîbû | hay-TEE-voo |
| with a loud noise. | נַ֝גֵּ֗ן | naggēn | NA-ɡANE |
| בִּתְרוּעָֽה׃ | bitrûʿâ | beet-roo-AH |
Cross Reference
भजनसंग्रह 96:1
परमप्रभुले गर्नु भएको नयाँ कुराहरूका बारेमा नयाँ गीत गाऊ सारा संसारले परमप्रभु प्रति गीत गाउन्।
यशैया 42:10
परमप्रभुका निम्ति एउटा नयाँ गीत गाओ, टाढा देशहरूमा भएका सारा मानिसहरू, समुद्रमा यात्रा गर्ने सारा मानिसहरू, सागरहरूमा भएका सारा पशु-प्राणीहरू, टाढा ठाउँहरूमा भएका सारा मानिसहरू परमप्रभुको गुण गाओ!
प्रकाश 5:9
अनि तिनीहरु सबैले भेंडाको पाठाको लागि एउटा नयाँ गीत गाए“तिमी त्यो बेह्रिएको चर्मपत्र लिन अनि त्यसको मोहर खोल्न योग्य छौ, किनभने तिमी मारिएका थियौ। अनि, तिम्रो रगतद्वारा तिमीले परमेश्वरका निम्ति हरेक जाति, भाषा, कूल अनि राष्ट्रबाट मानिसहरुलाई किन्यौ।
भजनसंग्रह 144:9
हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यजनक कुराहरूका बारेमा। म एक नयाँ गीत गाउने छु म तपाईंको स्तुति-गान गर्नेछु अनि दशतारे वीणा बजाउने छु।
भजनसंग्रह 98:1
परमप्रभु प्रति नयाँ गीत गाऊ किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।
प्रकाश 14:3
मानिसहरुले सिंहासन, ती चार सजीव वस्तु अनि धर्म-गुरुहरु अघि एउटा नयाँ गीत गाए। केवल ती मानिसहरु जसले नयाँ गीत सिक्न सके, एक लाख चवालीस हजार थिए जसलाई पृथवीबाट मुक्त गरिएका थिए। अन्य कसैले त्यो गीत सिक्न सकेनन्।
कलस्सी 3:16
ख्रीष्टको संदेश तिमीहरूभित्र समृद्ध भावमा रहोस्। एक-अर्कामा शिक्षा दिनु र दृढ बनाउन सम्पुर्ण बुद्वि खटाऊ। परमेश्वरलाई हृदयले धन्यवाद चडाउँदै भजन, गीत र आत्मिक स्तुतिहरू गाऊ।
एफिसी 5:19
आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा संगीत बनाऊ।
भजनसंग्रह 149:1
परमप्रभुको प्रशंसा गर। परमप्रभुले रच्नु भएको नयाँ कुराहरूको बारेमा नयाँ गीत गाऊ! महासभामा उहाँको प्रशंसा गर जहाँ उहाँका चेलाहरू आपसमा भेला हुँदछन्।
भजनसंग्रह 40:3
परमप्रभुले मेरो ओठमा नयाँ गीत दिनु भयो, “परमेश्वरको लागि स्तुति-गान गर।” धेरै मानिसहरूले ममाथि के हुन लागिरहेछ भनेर हेर्नेछन्, अनि तिनीहरूले परमेश्वरको उपासना गर्नेछन्। तिनीहरूले परमप्रभुमा भरोसा गर्नेछन्।
2 इतिहास 34:12
मानिसहरूले विश्वास पूर्वक काम गरे। तिनीहरूका निरीक्षकहरू पहत अनि ओबदियाह थिए। यहत अनि ओबदियाह लेवीहरू थिए, अनि तिनीहरू मरारीका सन्तान थिए। अन्य निरीक्षकहरू जकर्याह अनि मशुल्लाम थिए। तिनीहरू कहातका सन्तानहरू थिए।
1 इतिहास 25:7
ती मानिसहरू अनि लेवीका कुल समूहका तिनीहरूका आफन्तहरूलाई परमप्रभुको महिमा गाउनमा तालिम दिइएको थियो। त्यहाँ 288 जना मानिसहरू थिए।
1 इतिहास 15:22
लेवी प्रमूख कनन्याह गाउने जिम्मामा थिए। कनन्याहले यो काम पाए किनभने तिनी गाउनमा खूबै निपुण थिए।
1 इतिहास 13:8
दाऊद अनि इस्राएलका सबै मानिसहरू परमेश्वरको समक्ष उत्सव मनाइरहेका थिए। तिनीहरूले परमेश्वरको स्तुति गर्दै थिए अनि गीतहरू गाउँदै थिए। तिनीरू साराङ्गी, वीणा, ढोल, झ्याली, खैंजडी अनि तुरही बजाउँदै थिए।