Psalm 27:11
हे परमप्रभु, मेरा शत्रुहरू छन्। यसैले मलाई पथ प्रदर्शन गर्नुहोस् र तपाईंको उपायहरू बताउनु होस्। मलाई ठीक कुराहरू मात्र गर्न सिकाउनु होस्।
Psalm 27:11 in Other Translations
King James Version (KJV)
Teach me thy way, O LORD, and lead me in a plain path, because of mine enemies.
American Standard Version (ASV)
Teach me thy way, O Jehovah; And lead me in a plain path, Because of mine enemies.
Bible in Basic English (BBE)
Make your way clear to me, O Lord, guiding me by the right way, because of my haters.
Darby English Bible (DBY)
Teach me thy way, Jehovah, and lead me in an even path, because of mine enemies.
Webster's Bible (WBT)
Teach me thy way, O LORD, and lead me in a plain path, because of my enemies.
World English Bible (WEB)
Teach me your way, Yahweh. Lead me in a straight path, because of my enemies.
Young's Literal Translation (YLT)
Shew me, O Jehovah, Thy way, And lead me in a path of uprightness, For the sake of my beholders.
| Teach | ה֤וֹרֵ֥נִי | hôrēnî | HOH-RAY-nee |
| me thy way, | יְהוָ֗ה | yĕhwâ | yeh-VA |
| Lord, O | דַּ֫רְכֶּ֥ךָ | darkekā | DAHR-KEH-ha |
| and lead | וּ֭נְחֵנִי | ûnĕḥēnî | OO-neh-hay-nee |
| plain a in me | בְּאֹ֣רַח | bĕʾōraḥ | beh-OH-rahk |
| path, | מִישׁ֑וֹר | mîšôr | mee-SHORE |
| because of | לְ֝מַ֗עַן | lĕmaʿan | LEH-MA-an |
| mine enemies. | שׁוֹרְרָֽי׃ | šôrĕrāy | shoh-reh-RAI |
Cross Reference
भजनसंग्रह 5:8
हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्। यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।
भजनसंग्रह 86:11
हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्, अनि म बाँच्नेछु र सत्य पालन गर्नेछु। मलाई मेरो जीवनको मुख्य चीज, तपाईंको नाउँमा पूजा गरिरहन सहायता गर्नु होस्।
भजनसंग्रह 26:12
म सबै विपदहरूबाट सुरक्षित छु। हे परमप्रभु, म तपाईंका मानिसहरूको महासभामा, बोलाइएकाहरूको माझमा जब उभिन्छु त्यहाँ तपाईंको प्रशंसा गर्नेछु।
भजनसंग्रह 25:4
हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्। मलाई तपाईंको शिक्षा सिकाउनुहोस्।
भजनसंग्रह 64:6
तिनीहरूले पासोहरू लुकाएका छन्। तिनीहरूले शिकार खोजीरहेका हुन्छन्। मानिसहरू एकदम चलाक-धूर्त हुन्छन् तिनीहरूले के सोचिरहेका छन् भन्न वा जान्न गाह्रो छ।
यशैया 30:20
अतीतमा, मेरो मालिकले तिमीहरूलाई दुख र कष्ट दिनुभयो। त्यो तिमीहरूले खाएको रोटी र पानी जस्तो थियो। तर परमेश्वर तिमीहरूका गुरू हुनुहुन्छ, अनि उहाँ तिमीहरूबाट लगातार लुकेर बस्नु हुनेछैन्। तिमीहरूले आफ्ना गुरूलाई आफ्नै आँखाले हेर्न पाउनेछौ।
लूका 20:20
यसपछि व्यवस्थाका शास्त्रीहरू र मुख्य पूजाहारीहरूले येशूलाई होसियारीसित चियो गरे। तिनीहरूले केही गुप्तचरहरू येशूकहाँ पठाए अनि तिनीहरूलाई असल मानिस झैं व्यवहार गर्ने भने। तिनीहरूले येशूको भनाईमा केही खोट निकाल्नु चहान्थे। यदि तिनीहरूले कुनै खोट पाए येशूलाई राज्यपाल अघि सुम्पिदिने थिए, जसको येशूमाथि शक्ति अनि अधिकार थियो।
लूका 3:4
यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः“उजाड स्थानमा कराइरहेको आवाजः परमप्रभुका निम्ति मार्ग तयार पार। उहाँको पथहरू सोझो पार।
दानियल 6:4
तर जब अरू पर्यवेक्षकहरू अनि प्रान्त अधिपतिहरूले यो खबर पाए पछि दानियलसँग ईष्या गर्न र उनीहरूले दानियलसँग निँहू खोज्न थाले, जब दानियल सरकारी कामले कतै जान्थे त्यति बेला उनले गरेको काममा अरूहरूले नजर राख्थे तर पनि उनीहरूले दानियलमा कुनै दोष भेट्टाएनन्। दानियल एकदमै ईमान्दार अनि विश्वासी थिए। उनले राजासँग कुनै प्रकारको छल कपट गरेनन्। उनी एकदमै परिश्रमी थिए।
यर्मिया 20:10
म मेरो विषयमा मानिसहरू जही-तही कानेखुशी गरेको सुन्छु, तिनीहरू भन्छन्, “चारैतिर आतंक छ! यो घोषणा गरौं।” मेरा साथीहरू पनि मलाई भ्रममा पार्न पर्खिरहेका छन्। यी मानिसहरू भन्छन् सायद उसलाई छक्काउनु अनि हामी जित्न सक्छौ। तब ऊ माथि हामी बद्ला लिनेछौं।”
यशैया 35:8
त्यसबेला, त्यहाँ एउटा मुलबाटो बनिनेछ र त्यसलाई “पवित्र मार्ग” भनिनेछ। दुष्ट मानिसहरूलाई त्यहाँ हिंड्ने अनुमति दिइने छैन्। कुनै मूर्ख त्यस बाटोबाट हिंड्न पाउने छैन्। खाली असल मानिसहरू त्यस मार्ग भएर हिँड्ने छन्।
भजनसंग्रह 25:12
यदि कुनै मानिसले परमप्रभुको भक्त हुन खोज्दछ, तब उहाँले त्यस मानिसलाई बाँच्ने उत्तम बाटो देखाउनु हुनेछ।
भजनसंग्रह 54:5
जो मेरो विरूद्धमा उभिन्छन् तिनीहरूलाई परमेश्वरले दण्ड दिनुहुनेछ। परमेश्वर मप्रति साँचो हुनुहुन्छ, अनि उहाँले ती मानिसहरूलाई नाश गर्नुहुनेछ।
भजनसंग्रह 56:5
मेरा शत्रुहरूले सधैं मेरा कुराहरूको उल्टो अर्थ लाउछन्। तिनीहरूले सधैं मेरो विरूद्ध योजनाहरू तयार गर्दछन्।
भजनसंग्रह 119:10
म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु। परमेश्वर, तपाईंका आदेशहरू पालन गर्नलाई मलाई साथ दिनुहोस्।
भजनसंग्रह 143:8
परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्। म तपाईंलाई भरोसा गर्दछु मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस् तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरें!
हितोपदेश 2:6
परमप्रभुले ज्ञान दिनुहुन्छ। बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्।
हितोपदेश 8:9
यी सब भनाईहरू समझ हुने मानिसहरूको लागि स्पष्ट छन् अनि ज्ञानी मानिसहरूको निम्ति तिनीहरू सरल अग्रिम छन्।
हितोपदेश 15:19
एकजना अल्छे मानिसको मार्ग, काढाहरूले भरिएको हुन्छ, तर ईमानदार मानिसको मार्ग फराकिलो बाटो झैं हुन्छ।
भजनसंग्रह 25:9
जब उहाँ विनम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ। यसरी उहाँले तिनीहरूलाई जिउन सही मार्ग देखाउनु हुन्छ।