Psalm 23:1
परमप्रभु मेरो गोठाला हुनुहुन्छ। मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।
Psalm 23:1 in Other Translations
King James Version (KJV)
The LORD is my shepherd; I shall not want.
American Standard Version (ASV)
Jehovah is my shepherd; I shall not want.
Bible in Basic English (BBE)
<A Psalm. Of David.> The Lord takes care of me as his sheep; I will not be without any good thing.
Darby English Bible (DBY)
{A Psalm of David.} Jehovah is my shepherd; I shall not want.
Webster's Bible (WBT)
A Psalm of David. The LORD is my shepherd; I shall not want.
World English Bible (WEB)
> Yahweh is my shepherd: I shall lack nothing.
Young's Literal Translation (YLT)
A Psalm of David. Jehovah `is' my shepherd, I do not lack,
| The Lord | יְהוָ֥ה | yĕhwâ | yeh-VA |
| is my shepherd; | רֹ֝עִ֗י | rōʿî | ROH-EE |
| I shall not | לֹ֣א | lōʾ | loh |
| want. | אֶחְסָֽר׃ | ʾeḥsār | ek-SAHR |
Cross Reference
फिलिप्पी 4:19
मेरो परमेश्वरसँग ख्रीष्ट येशूमा पाइने महिमामय सम्पत्ति छ अनि उहाँले तिमीहरूको प्रत्येक खाँचो पुरा गर्नु हुनेछ। येशूको महिमाले मेरा परमेश्वर खुबै धनी हुनुहुन्छ र ती धन ख्रीष्टमा हुने तिमीहरूका हरेक खाँचो पूरा गर्न खर्च गर्नुहुनेछ।
यूहन्ना 10:11
“म असल गोठालो हुँ। असल गोठालोले भेडाका निम्ति आफ्नो जीवन प्रदान गर्दछ।
यशैया 40:11
गोठालेले भेडा डोर्याए झैं परमप्रभुले आफ्ना मानिसहरूलाई डोर्याउनु हुनेछ। परमप्रभुले आफ्ना शक्ति चलाउनु हुनेछ अनि आफ्ना भेडाहरू एकत्रित पार्नुहुनेछ। परमप्रभुले साना पाठो उठाउनुहुनेछ अनि आफ्नो पाखुरामा च्याप्नु हुनेछ, तिनीहरूका आमाहरू उहाँको पछाडि हिंड्नेछन्।
यूहन्ना 10:27
मेरो भेडाहरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्।
यूहन्ना 10:14
“म त्यो गोठालो हुँ जसले भेडालाई साँचो मनले रक्षा गर्छ। म मेरा भेडाहरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ।
मत्ती 6:33
तिमीहरू अरू थोकभन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर। तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ,
1 पत्रुस 2:25
तिमीहरु भेंडा जस्तै छौ जो भूल मार्गतिर लागेका छन्। तर अहिले तिमीहरु गोठाला अनि तिमीहरुका प्राणको रक्षक तर्फ र्फकि आएकाछौ।
प्रकाश 7:17
सिंहासनको माझमा भएको भेंडाको पाठा तिनीहरुको गोठालो हुनु हुनेछ। उनले तिनीहरुलाई पानीको मुलतिर लानेछन् जसले जीवन प्रदान गर्नेछन्। अनि परमेश्वरले तिनीहरुका आँखाबाट प्रत्येक थोपा आँसु पुछिदिनेछन्।”
इजकिएल 34:11
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म आफै उनीहरूको गोठाला बन्नेछु। म आफ्नो भेडाहरूको खोजी गर्नेछु। म तिनीहरूलाई खोज्नेछु।
हिब्रू 13:5
पैसाको मोहदेखि आफूलाई टाडा राख। आफूसित जो छ त्यसैमा सन्तुष्ट होऊ। परमेश्वरले भन्नुभएको छ “म तिमीलाई कहिल्यै छोडदिनँ म तिमीदेखि कहिल्यै भग्दिनँ।”
1 पत्रुस 5:4
तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरुले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन।
भजनसंग्रह 84:11
परमप्रभु हाम्रा रक्षक र महिमामय राजा हुनुहुन्छ, परमेश्वरले हामीलाई दया र महिमाले आशीर्वाद दिनुहुन्छ। जसले परमप्रभुको अनुसरण र आज्ञा पालन गर्दछ। उहाँले ती मानिसहरूलाई प्रत्येक असल चीज दिनुहुन्छ।
हिब्रू 13:20
म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेडाका ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो।
भजनसंग्रह 34:9
परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर। उहाँ बाहेक परमप्रभुका भक्तजनहरूका लागि अरू कुनै सुरक्षित ठाउँ छैन।
इजकिएल 34:23
त्यसपछि म तिनीहरूमाथि एकजना गोठाला आफ्नो दास दाऊदलाई राख्नेछु। त्यसले तिनीहरूलाई आफै खुवाउँछ अनि तिनीहरूको गोठाला हुन्छ।
लूका 12:30
संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ।
भजनसंग्रह 78:52
त्यसपछि परमेश्वरले इस्राएललाई भेडावालाले झैं डोर्याउनु भयो। उहाँले तिनीहरूलाई मरूभूमिमा भडा झैं डोर्याउनु भयो।
रोमी 8:32
परमेश्वरले हाम्रो निम्ति जे पनि गर्नुहुनेछ। परमेश्वरले उहाँको आफ्नै पुत्रलाई कष्ट मात्र भोगाउनु भएन तर हाम्रा निम्ति बलि दिनुभयो। तब के परमेश्वरले हामीलाई येशूका साथै हरेक उपहार दिनुहुन्न र?
मीका 5:4
अनि ऊ खडा हुन्छ आफ्नो भेडाको बथानलाई परमप्रभुको शक्तिले अनि उसका परमप्रभु परमेशवरको महिमाले खुवाँउँछ। तिनीहरु सुरक्षित हुनेछन् किनभने ऊ पृथ्वीको अर्को अन्त सम्म महान रहनेछ।
भजनसंग्रह 79:13
हामी तपाईंका मानिसहरू हौं। तपाईंको बथानका हामी भेंडाहरु हौं। हामी तपाईंको सधैं प्रशंसा गर्दछौं, परमेश्वर, हामी सदा-सर्वदाको लागि तपाईंको प्रशंसा गर्नेछौ।
यर्मिया 31:10
हे जातिहरू हो, परमप्रभुबाट आएको वचनलाई ध्यान लगाएर सुन यो सन्देश समुद्र उता सुदूर भूमिहरूमा फिजाऊ, ‘परमप्रभुले इस्राएलका मानिसहरूलाई जताततै तितर-बितर पार्नु भएकोछ तर उहाँले उनीहरूलाई फेरि भेला गरेर ल्याउनु हुनेछ र भेडा गोठालाले आफ्नो भेडा बथानहरू सुरक्षा गरे झैं सुरक्षी गर्नुहुनेछ।’
यर्मिया 23:3
“अब मैले अन्य देशहरू तिर खेदिएका बगाल भेला पार्छु र तिनीहरूलाई चर्ने र्खकमा ल्याउँछु। जब म मेरा बगाललाई चर्ने र्खकमा ल्याउँछु तिनीहरू लाभदायक बनिन्छन र संख्या बढछ।