Psalm 146:6
परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो। परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रच्नु भयो। परमप्रभुले तिनीहरूलाई सधैं रक्षा गर्नुहुन्छ।
Psalm 146:6 in Other Translations
King James Version (KJV)
Which made heaven, and earth, the sea, and all that therein is: which keepeth truth for ever:
American Standard Version (ASV)
Who made heaven and earth, The sea, and all that in them is; Who keepeth truth for ever;
Bible in Basic English (BBE)
Who made heaven and earth, the sea, and all things in them; who keeps faith for ever:
Darby English Bible (DBY)
Who made the heavens and the earth, the sea and all that is therein; who keepeth truth for ever;
World English Bible (WEB)
Who made heaven and earth, The sea, and all that is in them; Who keeps truth forever;
Young's Literal Translation (YLT)
Making the heavens and earth, The sea and all that `is' in them, Who is keeping truth to the age,
| Which made | עֹשֶׂ֤ה׀ | ʿōśe | oh-SEH |
| heaven, | שָׁ֘מַ֤יִם | šāmayim | SHA-MA-yeem |
| and earth, | וָאָ֗רֶץ | wāʾāreṣ | va-AH-rets |
| אֶת | ʾet | et | |
| the sea, | הַיָּ֥ם | hayyām | ha-YAHM |
| all and | וְאֶת | wĕʾet | veh-ET |
| that | כָּל | kāl | kahl |
| therein is: which keepeth | אֲשֶׁר | ʾăšer | uh-SHER |
| truth | בָּ֑ם | bām | bahm |
| for ever: | הַשֹּׁמֵ֖ר | haššōmēr | ha-shoh-MARE |
| אֱמֶ֣ת | ʾĕmet | ay-MET | |
| לְעוֹלָֽם׃ | lĕʿôlām | leh-oh-LAHM |
Cross Reference
प्रकाश 14:7
त्यो स्वर्गदूतले ठूलो आवाजमा भन्यो, “परमेश्वरको भय राख अनि उहाँको स्तुति गर। सबै मानिसहरुको न्याय गर्ने परमेश्वरको समय आएको छ। परमेश्वरको उपासना गर। जसले स्वर्ग, पृथ्वी, समुद्र अनि जल श्रोत सृष्टि गरे।”
भजनसंग्रह 89:2
तपाईंको कृपा सदाको निम्ति दृढ़ रहिरहनेछ, र स्वर्गमा नै तपाईंले आफ्नो विश्वस्तता स्थिर गर्नुभयो भनी घोषणा गर्नेछु।
भजनसंग्रह 100:5
परमप्रभु, भलो हुनुहुन्छ। उहाँको प्रेम अनन्त छ। हामी सदा सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!
भजनसंग्रह 117:2
परमेश्वरले हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ! अनि परमेश्वर सदा-सर्वदाको निम्ति हाम्रो विश्वासयोग्य हुनुहुनेछ। परमप्रभुको प्रशंसा गर!
कलस्सी 1:16
उहाँकै शक्तिद्वारा सारा थोक सिर्जित छ स्वर्ग र पृथ्वीका कुराहरू, दृश्य र अदृश्य कुराहरू, सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू, यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्।
तीतस 1:2
त्यो विश्वास र त्यो ज्ञान अनन्त जीवनको हाम्रो आशाबाट उत्पन्न हुन्छ। त्यो जीवन दिने वचन परमेश्वरले हामीलाई अनादि कालमै दिनु भएको हो परमेश्वर कहिल्यै झूटो बोल्नु हुँदैन।
हिब्रू 6:18
यी दुइ कुराहरू बद्लिन सकदैनन्। अनि तिनीहरूले हामीलाई हाम्रो अघि रहेको आशामा दृढ रहन शक्तिशाली उत्साह दिन्छन् जति खेर हामी सुरक्षाको लागि परमेश्वरकहाँ आयौ।
यूहन्ना 1:3
र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन।
दानियल 9:4
मैले परमप्रभु मेरो परमेश्वरलाई प्रार्थना गरें। मैले मेरा सबै पापहरूको विषयमा उहाँलाई मैले भनें, “हे परमप्रभु तपाईं महान अनि भय योग्य परमेश्वर हुनुहुन्छ। तपाईंसित प्रेम गर्ने मानिसहरूसित तपाईंले प्रेम अनि दया गर्नुहुन्छ। तपाईंले तपाईंको करार मानिसहरूसित राख्नु हुन्छ जसले तपाईंको आज्ञाहरू पालन गर्छन्।
यर्मिया 10:11
परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर ‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन। पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।”‘
हितोपदेश 8:28
जब उहाँले आकाशमा बादल राखेर महा-सागर सृष्टि गर्नु भन्दा पहिला म जन्मेको थिएँ।
भजनसंग्रह 148:5
परमप्रभुको प्रशंसा गर। किन? किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।
भजनसंग्रह 136:5
परमेश्वरको प्रशंसा गरौ जसले आकाश बनाउन बुद्धि लगाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
भजनसंग्रह 115:15
परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनु भयो, तिमीहरूलाई आशीर्वाद दिऊन्!
उत्पत्ति 1:1
आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।
प्रस्थान 20:11
किन? किनभने परमप्रभुले छ दिनमा आकाश, पृथ्वी, समुद्र अनि तिनीहरूमा भएका प्रत्येक चीज सृष्टि गर्नु लगाउनु भयो अनि सातौं दिनमा उहाँले विश्राम लिनु भयो। यस प्रकारले विश्राम दिनलाई परमप्रभुले आशीर्वाद दिनु भयो। त्यस दिनलाई परमप्रभुले विशेष दिन बनाउनु भयो।
व्यवस्था 7:9
“यसकारण, सम्झना गर परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई तिमीहरू विश्वास गर्न सक्छौ। उहाँ आफ्नो करार राख्नुहुन्छ। जसले उहाँलाई प्रेम गर्छ र उहाँका आज्ञाहरूको पालन गर्छ। उहाँ आफ्नो प्रेम दया दर्शाउनु हुन्छ। हजारौ पुस्तासम्म उहाँ आफ्नो दया र प्रेम देखाउनुहुन्छ।
अय्यूब 38:8
अय्यूब, जब समुद्र पृथ्वीमा गहिरोबाट बग्यो त्यसलाई रोक्न कसले द्वारहरू बन्द गर्यो?
भजनसंग्रह 33:6
परमप्रभुले आदेश गर्नुभयो र यो संसार बनियो। परमेश्वरको मुखबाट निस्केको सासबाट पृथ्वीमा प्रत्येक कुराको सृजना भयो।
भजनसंग्रह 89:33
तर म मेरो प्रेम दाऊदबाट हटाउनेछैनँ, न त मेरो विश्वस्तताको कहिल्यै धोकाबाजी गर्नेछु।
भजनसंग्रह 95:5
सागर उहाँकै हो उहाँले यो सृजना गर्नु भएको हो, परमेश्वरले आफ्नै हातले सुक्खा जमीनहरू बनाउनु भयो।
भजनसंग्रह 98:3
परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो। परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।
प्रेरित 14:15
“हे मानिसहरू हो! तिमीहरूले किन यसो गरिरेहछौ? हामी देवताहरू होइनौ! हामी तिमीहरू जस्तै मानिसहरू मात्र हौ! हामी तिमीहरूलाई सुसमाचार भन्न आयौं ताकि तिमीहरू यस्ता बेकारका कुराहरूबाट हट्न सक्छौ अनि जीवित परमेश्वर तर्फ र्फकन्छौ। उहाँ नै एक हुनुहन्छ जसले आकाश, पृथ्वी, समूद्र अनि यिनीहरूमा भएका हरेक थोक बनाउनु भयो।
यूहन्ना 10:34
येशूले उत्तर दिनुभयो, “यो तिमीहरूको व्यवस्थामा लेखिएको छ, ‘मैले भनें, तिमीहरू देवहरू हौ।
मीका 7:20
तपाईं याकूबप्रति साँचो हुनुहुन्छ, अब्राहम प्रति दयालु हुनुहुन्छ। तपाईंले यस्तो शपथ धेरै अगाडी हाम्रो पिता-पुर्खाहरुसंग गर्नुभएको थियो।
यर्मिया 32:17
“हे परमप्रभु परमेश्वर, तपाईंले तपाईंको महान-शक्तिद्वारा अनि तपाईंको विस्तृत स्वर्ग र पृथ्वी बनाउनु भयो अनि तपाईंको लागि केही असम्भव छैन्।