Psalm 132:9
हे परमप्रभु, तपाईंका पूजाहारीहरू धार्मिकताको पोशाकमा छन्, तपाईंका भक्तजनहरू आनन्दित छन्।
Psalm 132:9 in Other Translations
King James Version (KJV)
Let thy priests be clothed with righteousness; and let thy saints shout for joy.
American Standard Version (ASV)
Let thy priest be clothed with righteousness; And let thy saints shout for joy.
Bible in Basic English (BBE)
Let your priests be clothed with righteousness; and let your saints give cries of joy.
Darby English Bible (DBY)
Let thy priests be clothed with righteousness, and let thy saints shout for joy.
World English Bible (WEB)
Let your priest be clothed with righteousness. Let your saints shout for joy!"
Young's Literal Translation (YLT)
Thy priests do put on righteousness, And Thy pious ones cry aloud.
| Let thy priests | כֹּהֲנֶ֥יךָ | kōhănêkā | koh-huh-NAY-ha |
| be clothed | יִלְבְּשׁוּ | yilbĕšû | yeel-beh-SHOO |
| with righteousness; | צֶ֑דֶק | ṣedeq | TSEH-dek |
| saints thy let and | וַחֲסִידֶ֥יךָ | waḥăsîdêkā | va-huh-see-DAY-ha |
| shout for joy. | יְרַנֵּֽנוּ׃ | yĕrannēnû | yeh-ra-nay-NOO |
Cross Reference
यशैया 61:10
“परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो। म सम्पूर्णमा परमेश्वरमा खुशी मनाउँनेछु। परमेश्वरले उद्धारको पोषाक मलाई लगाइदिनुभयो। ती पोषाकहरू अत्यन्तै सुन्दर छन् जुन विवाहको उपलक्ष्यमा मानिसहरू लगाउँछन्। परमप्रभुले धार्मिकताको पोषक मलाई लगाई दिनुभयो त्यो पोषक स्त्रीहरूले विवाहमा लगाउने जस्तो सुन्दर छ।
भजनसंग्रह 132:16
म उनको पूजाहारीहरूलाई पनि उद्धारको वस्त्र पहिर्याउनेछु। अनि मेरा भक्तजनहरू यहाँ अत्यन्त खुशी हुनेछन्।
अय्यूब 29:14
धार्मिकता मेरो लागि पोषाक थियो, निष्पक्षता मेरो लुगा र फेटा थियो।
प्रकाश 19:8
बेहुलीको पहिरनकोलागि उत्तम मलमल दिइएको थियो। मलमल चम्किलो र सफा थियो।”उत्तम मलमल को अर्थ परमेश्वरको मानिसहरुको सुकर्म।
1 पत्रुस 5:5
हे युवकहरु, तिमीहरुलाई पनि मेरो केही भन्नु छ। तिमीहरुले अग्रजहरुको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरु सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ।“परमेश्वर अहँकारी मानिसहरुको विरुद्ध हुनुहुन्छ, तर उहाँले विनम्र मानिसहरुलाई अनुग्रह प्रदान गर्नुहुन्छ।
रोमी 13:14
त्यसको सट्टामा आफूले प्रभु येसू ख्रीष्ट झैं होऊ। आफ्नो पापमय स्वभाव र पापमय इच्छाहरूलाई सन्तुष्टी नदेऊ।
जकरिया 9:9
हे सियोन, आनन्दित होऊ! यरूशलेमका मानिसहरू खुसिले कराऊ! हेर! तिमीहरूका राजा तिमीहरूकहाँ आइरहेछन्। उहाँ धर्मी हुनुहुन्छ अनि उहाँले मुक्ति ल्यउँनुहुन्छ। उहाँ नम्र हुनुहुन्छ अनि उहाँ गधामा चढेर आउँदै हुनुहुन्छ उहाँ एउटा जवान गधामा चढेर आउँदै हुनुहुन्छ।
सपन्याह 3:14
हे यरूशलेम! खुशी होऊ अनि गीत गाऊ। हे इस्राएल! आनन्दले कराऊ, यरूशलेम खुशी होऊ अनि आनन्द मनाऊ।
यशैया 65:14
मेरा दासहरू आनन्दले खुशी हुनेछन्, तर दुष्ट मानिसहरू दुखले रूनेछन्। तिमीहरूका आत्माहरू टुटेका छन् अनि तिमीहरू दुखी छौ।
भजनसंग्रह 149:5
हे परमेश्वरका चेलाहरू, आफ्नो विजयमा प्रफुल्लित होऊ! सुत्न गइसके पश्चात् पनि सुखी होऊ।
भजनसंग्रह 104:1
हे मेरो आत्मा परमप्रभुको प्रशंसा गर। हे परमप्रभु मेरो परमेश्वर, तपाईं महान् हुनुहुन्छ! तपाईं आदर र महिमाले सजिएको हुनुहुन्छ।
भजनसंग्रह 93:1
परमप्रभु राजा हुनुहुन्छ। उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ। उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।
भजनसंग्रह 70:4
ज-जसले तपाईंको उपासना गर्छन, तिनीहरू खुबै खुशी होऊन्। जसले तपाईंको मुक्तिलाई प्रेम गर्छन् सधैं तपाईंको प्रशंसा गरून्।
भजनसंग्रह 68:3
तर धर्मी मानिसहरू सुखी छन्, धर्मी मानिसहरू परमप्रभु-परमेश्वरको साथ हुने-सँगै आनन्दमा छन्। धर्मी मानिसहरू स्वयं आनन्द मनाउने छन् अनि सुखी हुन्छन्।
भजनसंग्रह 47:1
हे सारा मानिसहरू हो ताली बजाऊ! परमेश्वर तिर आनन्दमय भएर चिच्याऊ!
भजनसंग्रह 35:26
म आशा गर्छु मेरा सम्पूर्ण शत्रुहरूले निन्दित अनुभव गर्नेछन् अनि लाजमा पारिनेछन्। जब ममाथि हानिकारक घटना हुन्छ तब तिनीहरू खुशी हुन्छन्। तिनीहरू सोच्दछन् मभन्दा तिनीहरू उत्तम छन्! यसकारण ती मानिसहरू लाज र अपमानले ढाकिएर जाऊन।
एज्रा 3:11
आनि तिनीहरूले प्रत्युत्तर गीतहरू, स्तुतिगीत अनि परमप्रभुको स्तुति गरे किनभने, उहाँ भलो हुनुहुन्छ।
न्यायकर्ता 5:31
हे परमप्रभु, तपाईंका समस्त शत्रुहरूको यसरी नै मृत्यु होस्! अनि समस्त मानिसहरू जो तपाईं प्रति प्रेम गर्छन्, झुल्कँदो सूर्य जस्तै शक्तिशाली बनुन्!”यसरी त्यो भूमिमा चालीस वर्षसम्म शान्ति रह्यो।