Psalm 111:4
परमेश्वरले आश्चर्यकामहरू गर्नु भएकोले उहाँलाई सम्झिइने कि परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ।
Psalm 111:4 in Other Translations
King James Version (KJV)
He hath made his wonderful works to be remembered: the LORD is gracious and full of compassion.
American Standard Version (ASV)
He hath made his wonderful works to be remembered: Jehovah is gracious and merciful.
Bible in Basic English (BBE)
Certain for ever is the memory of his wonders: the Lord is full of pity and mercy.
Darby English Bible (DBY)
He hath made his wonders to be remembered: Jehovah is gracious and merciful.
World English Bible (WEB)
He has caused his wonderful works to be remembered. Yahweh is gracious and merciful.
Young's Literal Translation (YLT)
A memorial He hath made of His wonders, Gracious and merciful `is' Jehovah.
| He hath made | זֵ֣כֶר | zēker | ZAY-her |
| his wonderful works | עָ֭שָׂה | ʿāśâ | AH-sa |
| remembered: be to | לְנִפְלְאוֹתָ֑יו | lĕniplĕʾôtāyw | leh-neef-leh-oh-TAV |
| the Lord | חַנּ֖וּן | ḥannûn | HA-noon |
| is gracious | וְרַח֣וּם | wĕraḥûm | veh-ra-HOOM |
| and full of compassion. | יְהוָֽה׃ | yĕhwâ | yeh-VA |
Cross Reference
भजनसंग्रह 103:8
परमप्रभु अनुग्रही र करूणामय हुनुहुन्छ। परमेश्वर संवेदनशील र मायालु हुनुहुन्छ।
भजनसंग्रह 145:8
परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ। परमप्रभु धीरजी र मायालु हुनुहुन्छ।
भजनसंग्रह 86:15
हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ। तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ।
भजनसंग्रह 86:5
हे स्वामी, तपाईं धर्मी र दयालु हुनुहुन्छ। तपाईका मानिसहरू तपाईंलाई सहयोग माग्छन्, तपाईं ती मानिसहरूलाई साँच्चि नै प्रेम गर्नुहुन्छ।
यशैया 63:7
मैले परमप्रभुका दयापूर्ण कर्महरू सोचिरहेकोछु। म परमप्रभुको स्तुति गर्न सोचिरहेकोछु। परमप्रभुले इस्राएलका मानिसहरूलाई धेरै राम्रो चीजहरू दिनु भयो। परमप्रभु हाम्रो निम्ति साह्रै दयालु हुनुहुन्छ। परमप्रभुले हामीलाई दया देखाउनु भयो।
रोमी 5:20
पाप बढला कि भनेर व्यवस्था बनियो। तर जति पाप बढदै गयो परमेश्वरको अनुग्रह अझै धेरै बढदै गयो।
1 कोरिन्थी 11:24
र त्यसको निम्ति धन्यवाद दिनुभयो। अनि उहाँले रोटी भाँच्नु भयो र भन्नुभयो, “यो मेरो शरीर हो, यो तिमीहरूकोलागि हो। यो मेरो समझना को निम्ति गर।”
एफिसी 1:6
उहाँको यही आश्र्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो।
1 तिमोथी 1:14
तर मैले पूर्णरूपले उहाँको अनुग्रह पाएँ। अनि त्यही अनुग्रहसित ख्रीष्ट येशूमा प्रेम अनि विश्वास पाएँ।
भजनसंग्रह 112:4
सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ। परमेश्वर धर्मी, दयालु र करूणामय हुनुहुन्छ।
भजनसंग्रह 78:38
तर परमेश्वर दयालु हुनुहुन्थ्यो। उहाँले तिनीहरूका पापहरूलाई क्षमा गरिदिनु भयो। अनि तिनीहरूलाई विनाश गर्नु भएन। धेरै पल्ट परमेश्वरले आफ्नो क्रोध थाम्नु भयो, उहाँले स्वयंलाई क्रोधी हुनदेखि थाम्नु भयो।
प्रस्थान 12:26
जब तिमीहरूका नानीहरूले तिमीहरूलाई सोध्नेछन्, ‘किन हामी यो चाड मनाउछौं?’
प्रस्थान 13:14
“भविष्यमा तिमीहरूका सन्तानले सोध्न सक्छन् तिमीहरूले यस्तो किन गर्छौ। अनि तिमीहरूको उत्तर हुनेछ, ‘हामीहरू मिश्र देशमा कमारा-कमारी थियौं अनि परमप्रभुले उहाँको शक्ति प्रयोग गरी हामीलाई यहाँ ल्याउनु भयो।
प्रस्थान 34:6
परमप्रभु मोशाको अघि जानु भयो अनि भन्नुभयो, “म यहोवा अनि म परमप्रभु हुँ। म करूणापूर्ण अनि दयालु हुँ। म रिसाउनुमा ढीलो, म प्रेमले परिपूर्ण अनि विश्वास योग्य छु।
व्यवस्था 4:9
तर तिमीहरू होशियारीसँग बस्नुपर्छ, जबसम्म तिमीहरू जीवित हुन्छौ तबसम्म तिमीहरूले देखेको कुरो बिर्सनु हुँदैन। तिमीहरूले यी चीजहरू तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनाहरूलाई सिकाउनु पर्छ।
व्यवस्था 31:19
“यसकारण अब तिनीहरूको निम्ति यो गीत लेख अनि सबै इस्राएलीहरूलाई गीत गाउन सिकाउ जसले गर्दा यो गीत इस्राएलीहरूको विरूद्धमा अनि मेरो पक्षको साक्षी बनोस्।
यहोशू 4:6
यी ढुङ्गाहरू तिमीहरूका निम्ति यादको चिन्ह हुनेछन। भविष्यमा, तिमीहरूका छोरा-छोरीहरूले तिमीहरूलाई ‘यी ढुङ्गाहरूको अर्थ के हो? भनी सोध्नेछन्’
यहोशू 4:21
तब यहोशूले मानिसहरूलाई भने, “भविष्यमा तिमीहरूका छोरा-छोरीहरूले आफ्ना माता-पितालाई सोध्नेछन्, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’
भजनसंग्रह 78:4
अनि हामी त्यो कथा भुल्ने छैनौं। हाम्रा मानिसहरूले पछि आउने सन्तानहरूलाई त्यो कथाहरू भन्ने नै छन्।हामी मिली परमप्रभुको प्रशंसा गर्नेछौ, अनि उहाँका अचम्म लाग्दा कार्यहरू सबैलाई भन्नेछौं।
मीका 7:18
तपाईं जस्तो परमेश्वर अरु छैनन्। तपाईंले पापीहरुलाई क्षमा गरिदिनुहुन्छ। तपाईंले आफ्नो बाँचेका मानिसहरुका पाप क्षमा गरिदिनुहुन्छ। तपाईले आफ्ने रिसलाई राखिराख्नु हुन्न किनकि तपाईं सधैं दया गर्न रूचाउनु हुन्छ।