Psalm 106

1 परमप्रभुको प्रशंसा गर! परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ। परमेश्वरको प्रेम अनन्त छ!

2 कुनै मानिसले पनि उहाँ कति महान् हुनुहुन्छ, भनेर वर्णन गर्न सक्दैन्। कसैले पनि परमप्रभु पराक्रमको घोषणा गर्न सक्दैन्।

3 मानिसहरू जसले परमेश्वरको आज्ञाहरू पालन गर्दछन् उनीहरू धन्य हुन्छन्। ती मानिसहरूले सँधैभरि असल कामहरू गर्दछन्।

4 हे परमप्रभु, याद गर्नुहोस् जब तपाईं आफ्ना मानिसहरूको लागि कृपालु हुनुहुन्छ मलाई पनि बचाउनु पर्छ भन्ने संम्झनु होस्।

5 हे परमप्रभु, मलाई राम्रो कुराहरूमा सहभागी हुन दिनुहोस् जुन तपाईंले आफ्ना रोजेको मानिसहरूको निम्ति गर्नुभयो। मलाई तपाईंका मानिसहरूसित प्रफुलित हुन दिनुहोस्। मलाई तपाईंका मानिसहरूसँग गुण-गान गर्न दिनुहोस्।

6 हामीले त्यस्तै पाप गर्यौं जस्तो हाम्रा पुर्खाहरूले गरेका थिए। हामी अन्ययोलमा थियौं, हामीले अधर्म कामहरू गर्यौं!

7 हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यकामहरूबाट मिश्रमा हाम्रो पुर्खाहरूले केही पनि सिकेनन्। त्यहाँ लाल समुद्र द्वारा, हाम्रा पुर्खाहरू तपाईंका विरूद्ध उपस्थित भए।

8 तर परमेश्वरले आफ्नो नाउँको खातिर हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। परमेश्वरले तिनीहरूलाई बचाएर आफ्नो महान् शक्ति देखाउनु भयो।

9 परमेश्वरले आज्ञा दिनुभयो, अनि लाल समुद्र सुख्खा भयो। परमेश्वरले हाम्रो पिता-पुर्खाहरूलाई गहन समुद्र भएर मरूभूमि जस्तै सुख्खा धर्ती सम्म अगुवाई गर्नुभयो।

10 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनु भयो! परमेश्वरले तिनीहरूलाई शत्रुहरूबाट मुक्ति दिनुभयो।

11 परमेश्वरले तिनीहरूका शत्रुहरूलाई समुद्रले ढाकिदिनु भयो। तिनीहरूका एउटै शत्रुहरूले पनि बाँच्न पाएनन्।

12 तब हाम्रा पिता-पुर्खाहरूले परमेश्वरमा विश्वास गरे। तिनीहरूले उहाँप्रति गुण-गान गरे।

13 तर हाम्रा पिता-पुर्खाहरूले तुरून्तै परमेश्वरले गर्नु भएका कुराहरू बिर्से। तिनीहरूले परमेश्वरको सल्लाहलाई ध्यान दिएनन्।

14 हाम्रा पिता-पुर्खाहरू मरूभूमिमा भोकाए अनि तिनीहरूले आफ्नो जङ्गली रूपमा परमेश्वरलाई जाँच गरे।

15 तर हाम्रा पिता-पुर्खाहरूले मागेका सबै थोक परमेश्वरले दिनुभयो। तर परमेश्वरले तिनीहरूलाई डरलाग्दो रोगहरू पनि दिनुभयो।

16 मानिसहरू मोशादेखि डाह गर्न थाले। तिनीहरू हारूनदेखि पनि ईर्ष्यालु भए जो परमप्रभुका पवित्र पूजाहारी हुनुहुन्थ्यो।

17 यसैकारण परमेश्वरले ती डाही मानिसहरूलाई दण्ड दिनुभयो। धर्ती चिरिएर दातानलाई निलिदियो। त्यसपछि चिरिएको जमीन बन्द भए अनि अबिरामको समुदाय जमीन भित्र छोपिएर गयो।

18 तब त्यस भीडको माझमा आगो लाग्यो र त्यो आगोले ती दुष्टहरूलाई जलाई दियो।

19 ती मानिसहरूले होरेब पर्वतमा सुनको बाछो बनाएर तिनीहरूले त्यस मूर्तिलाई पूजा गरे!

20 तिनीहरूले आफ्ना गौरवमय परमेश्वरसित घाँस खाने बाछोको मूर्ति साटे।

21 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए। जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो तिनीहरूले उहाँको बारेमा भुलिदिए।

22 परमेश्वरले हाम्रो देशमा आश्चर्यजनक कुराहरू गर्नुभयो। परमेश्वरले लाल समुद्रको छेउमा डरलाग्दो कामहरू गर्नुभयो!

23 परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो। तर परमेश्वरले चुन्नु भएको दास मोशाले, बाटो छेके। परमेश्वर अत्यन्त रिसाउनु भयो, तर मानिसहरूमाथि परमेश्वरको रीस रोक्नुको निम्ति मोशाले बाटोहरू बन्द गरिदिए। यसैले परमेश्वरले मानिसहरूलाई नष्ट गर्नु भएन।

24 तर ती मानिसहरूले केना भन्ने रमाइलो ठाउँमा जान अस्वीकार गरिदिए। तिनीहरूले त्यस ठाउँमा भएका मानिसहरूलाई परास्त पार्न परमेश्वरले सहायता गर्नुहुन्छ भनी भरोसा गरेनन्।

25 हाम्रा पिता-पुर्खाहरूले परमेश्वरका वचन पालन गर्न अस्वीकार गरे!

26 तर तिनीहरूले आफ्नो परमेश्वरको विरोधमा नालिश गरे। यसकारण परमेश्वरले शपथ लिनु भयो कि तिनीहरू मरूभूमिमा मर्नेछन्।

27 परमेश्वरले अन्य मानिसहरूले तिनीहरूका सन्तानहरूलाई परास्त गरोस् भनी वचन दिनुभयो परमेश्वर हाम्रा पिता-पूर्खाहरूलाई आफ्नै सम्प्रदायहरू माझ तितर-बितर पार्न वचनबद्ध हुनुभयो।

28 त्यसपछि बाल-पोरमा, परमेश्वरका जनहरू बाललाई पूज्न भनी त्यहाँ सम्मिलित भए। परमेश्वरका मानिसहरू उत्सवमा सहभागी हुन पुगे र मरेका मानिसहरूकानाउँमा चढाएका बलिहरू खाए।

29 परमेश्वर आफ्ना मानिसहरूमाथि भयंकर रूपमा क्रोधित भए अनि तिनीहरूलाई डरलाग्दो बिमारी पारिदिनु भयो।

30 तर पीनहासले परमेश्वर प्रति प्रार्थना गरे। अनि त्यो हैंजा रोकियो।

31 पीनहासले उचित काम गरेको परमेश्वरलाई थाहा थियो। परमेश्वरले उसलाई सदा-सर्वदा संम्झनु हुने छ।

32 मरीबामा मानिसहरू क्रोधित भए। अनि तिनीहरूले मोशालाई अधर्म काम गर्न लगाए।

33 ती मानिसहरूले मोशालाई दुःखीत गराए। नसोचिकन मोशा बोले।

34 परमप्रभुले अन्य जातिहरूलाई ध्वंश पार्न मानिसहरूलाई आज्ञा दिनु भयो। तर इस्राएल का मानिसहरूले उहाँको आज्ञा पालन गरेनन्।

35 तिनीहरू अरू जातिहरूसँग मिसिए, अनि अरू जातिहरूले जे गर्दै थिए त्यही गरे।

36 ती मानिसहरू परमेश्वरका मानिसहरूका लागि एक पासो नै भए। उहाँका भक्तजनहरूले पनि अन्य मानिसहरूले जस्तै कृत्रिम देवताहरू पूज्न थाले।

37 उहाँका भक्तजनहरूले आफ्ना नानीहरू सम्म मारे, अनि त्यो भूतहरूलाई बलि चढाए।

38 उहाँका भक्तजनहरूले निर्दोष मानिसहरू मारे। तिनीहरूले आफ्नै छोरा-छोरीहरू मारे अनि ती कृत्रिम देवताहरूलाई भोग चढाए।

39 यसकारण परमेश्वरका मानिसहरू अरूजातिहरू जस्तै पापहरूले दूषित भए। उहाँका मानिसहरू परमेश्वर प्रति आज्ञाकारी भएनन् अनि अरू जातिहरूले जे अधर्म सिकाए त्यही कामहरू गरे।

40 परमेश्वर आफ्ना भक्तजनहरूमा क्रोधित हुनु भयो। उहाँ तिनीहरूसँग दिक्क हुनुभयो!

41 परमेश्वरले आफ्ना मानिसहरू अन्य जातिहरूलाई सुम्पनु भयो। शत्रुहरूले नै उनीहरूमा राज गरोस-भनेर उहाँले छोडी दिनुभयो।

42 उहाँका मानिसहरूका शत्रुहरूले तिनीहरूलाई नियन्त्रणमा राखे अनि तिनीहरूको जीवन कठिन पारिदिए।

43 परमेश्वरले आफ्ना मानिसहरूलाई धेरै पल्ट बचाइदिनु भयो। तर तिनीहरू उहाँकै विरूद्ध उठे अनि आफ्ना इच्छा अनुसार काम गरे। तिनीहरूले धेरै भन्दा धेरै अनुचित कामहरू गरे।

44 तर जब-जब परमेश्वरका मानिसहरूमा संकट आई पर्यो तिनीहरूले परमेश्वरलाई सहायता माग्दथे अनि उहाँले प्रत्येक पल्ट तिनीहरूको प्रार्थना सुनीदिनु हुन्थ्यो।

45 परमेश्वरले आफ्ना करार सधैं याद गर्नुहुन्थ्यो र तिनीहरूलाई स-प्रेम सान्त्वना दिनु हुन्थ्यो।

46 अन्य जातिहरूले तिनीहरूलाई कैदीहरू जस्तो लगे तब परमेश्वरले तिनीहरू प्रति टिठाउने बनाई दिनुभयो।

47 हे परमप्रभु, हाम्रा परमेश्वर, हाम्रो उद्धार गर्नुहोस्। परमेश्वरले ती राष्ट्रहरूबाट फर्काई हामीलाई ल्याउनु भयो। यसकारण हामीले उहाँको पवित्र नाउँको गुण-गान गर्न सक्यौं। यसकारण हामीले उहाँ प्रति गुण-गान गर्न सक्यौ।

48 इस्राएल का परमप्रभु परमेश्वरको प्रशंसा गरौं। परमेश्वर सधै रहनु हुन्छ, उहाँ संधै नै रहनुहुने छ। अनि सारा मानिसहरूले भने, “आमेन! परमप्रभुको प्रशंसा गर!”

1 Praise ye the Lord. O give thanks unto the Lord; for he is good: for his mercy endureth for ever.

2 Who can utter the mighty acts of the Lord? who can shew forth all his praise?

3 Blessed are they that keep judgment, and he that doeth righteousness at all times.

4 Remember me, O Lord, with the favour that thou bearest unto thy people: O visit me with thy salvation;

5 That I may see the good of thy chosen, that I may rejoice in the gladness of thy nation, that I may glory with thine inheritance.

6 We have sinned with our fathers, we have committed iniquity, we have done wickedly.

7 Our fathers understood not thy wonders in Egypt; they remembered not the multitude of thy mercies; but provoked him at the sea, even at the Red sea.

8 Nevertheless he saved them for his name’s sake, that he might make his mighty power to be known.

9 He rebuked the Red sea also, and it was dried up: so he led them through the depths, as through the wilderness.

10 And he saved them from the hand of him that hated them, and redeemed them from the hand of the enemy.

11 And the waters covered their enemies: there was not one of them left.

12 Then believed they his words; they sang his praise.

13 They soon forgat his works; they waited not for his counsel:

14 But lusted exceedingly in the wilderness, and tempted God in the desert.

15 And he gave them their request; but sent leanness into their soul.

16 They envied Moses also in the camp, and Aaron the saint of the Lord.

17 The earth opened and swallowed up Dathan, and covered the company of Abiram.

18 And a fire was kindled in their company; the flame burned up the wicked.

19 They made a calf in Horeb, and worshipped the molten image.

20 Thus they changed their glory into the similitude of an ox that eateth grass.

21 They forgat God their saviour, which had done great things in Egypt;

22 Wondrous works in the land of Ham, and terrible things by the Red sea.

23 Therefore he said that he would destroy them, had not Moses his chosen stood before him in the breach, to turn away his wrath, lest he should destroy them.

24 Yea, they despised the pleasant land, they believed not his word:

25 But murmured in their tents, and hearkened not unto the voice of the Lord.

26 Therefore he lifted up his hand against them, to overthrow them in the wilderness:

27 To overthrow their seed also among the nations, and to scatter them in the lands.

28 They joined themselves also unto Baal-peor, and ate the sacrifices of the dead.

29 Thus they provoked him to anger with their inventions: and the plague brake in upon them.

30 Then stood up Phinehas, and executed judgment: and so the plague was stayed.

31 And that was counted unto him for righteousness unto all generations for evermore.

32 They angered him also at the waters of strife, so that it went ill with Moses for their sakes:

33 Because they provoked his spirit, so that he spake unadvisedly with his lips.

34 They did not destroy the nations, concerning whom the Lord commanded them:

35 But were mingled among the heathen, and learned their works.

36 And they served their idols: which were a snare unto them.

37 Yea, they sacrificed their sons and their daughters unto devils,

38 And shed innocent blood, even the blood of their sons and of their daughters, whom they sacrificed unto the idols of Canaan: and the land was polluted with blood.

39 Thus were they defiled with their own works, and went a whoring with their own inventions.

40 Therefore was the wrath of the Lord kindled against his people, insomuch that he abhorred his own inheritance.

41 And he gave them into the hand of the heathen; and they that hated them ruled over them.

42 Their enemies also oppressed them, and they were brought into subjection under their hand.

43 Many times did he deliver them; but they provoked him with their counsel, and were brought low for their iniquity.

44 Nevertheless he regarded their affliction, when he heard their cry:

45 And he remembered for them his covenant, and repented according to the multitude of his mercies.

46 He made them also to be pitied of all those that carried them captives.

47 Save us, O Lord our God, and gather us from among the heathen, to give thanks unto thy holy name, and to triumph in thy praise.

48 Blessed be the Lord God of Israel from everlasting to everlasting: and let all the people say, Amen. Praise ye the Lord.

Psalm 106 in Tamil and English

1 परमप्रभुको प्रशंसा गर! परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ। परमेश्वरको प्रेम अनन्त छ!
Praise ye the Lord. O give thanks unto the Lord; for he is good: for his mercy endureth for ever.

2 कुनै मानिसले पनि उहाँ कति महान् हुनुहुन्छ, भनेर वर्णन गर्न सक्दैन्। कसैले पनि परमप्रभु पराक्रमको घोषणा गर्न सक्दैन्।
Who can utter the mighty acts of the Lord? who can shew forth all his praise?

3 मानिसहरू जसले परमेश्वरको आज्ञाहरू पालन गर्दछन् उनीहरू धन्य हुन्छन्। ती मानिसहरूले सँधैभरि असल कामहरू गर्दछन्।
Blessed are they that keep judgment, and he that doeth righteousness at all times.

4 हे परमप्रभु, याद गर्नुहोस् जब तपाईं आफ्ना मानिसहरूको लागि कृपालु हुनुहुन्छ मलाई पनि बचाउनु पर्छ भन्ने संम्झनु होस्।
Remember me, O Lord, with the favour that thou bearest unto thy people: O visit me with thy salvation;

5 हे परमप्रभु, मलाई राम्रो कुराहरूमा सहभागी हुन दिनुहोस् जुन तपाईंले आफ्ना रोजेको मानिसहरूको निम्ति गर्नुभयो। मलाई तपाईंका मानिसहरूसित प्रफुलित हुन दिनुहोस्। मलाई तपाईंका मानिसहरूसँग गुण-गान गर्न दिनुहोस्।
That I may see the good of thy chosen, that I may rejoice in the gladness of thy nation, that I may glory with thine inheritance.

6 हामीले त्यस्तै पाप गर्यौं जस्तो हाम्रा पुर्खाहरूले गरेका थिए। हामी अन्ययोलमा थियौं, हामीले अधर्म कामहरू गर्यौं!
We have sinned with our fathers, we have committed iniquity, we have done wickedly.

7 हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यकामहरूबाट मिश्रमा हाम्रो पुर्खाहरूले केही पनि सिकेनन्। त्यहाँ लाल समुद्र द्वारा, हाम्रा पुर्खाहरू तपाईंका विरूद्ध उपस्थित भए।
Our fathers understood not thy wonders in Egypt; they remembered not the multitude of thy mercies; but provoked him at the sea, even at the Red sea.

8 तर परमेश्वरले आफ्नो नाउँको खातिर हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। परमेश्वरले तिनीहरूलाई बचाएर आफ्नो महान् शक्ति देखाउनु भयो।
Nevertheless he saved them for his name’s sake, that he might make his mighty power to be known.

9 परमेश्वरले आज्ञा दिनुभयो, अनि लाल समुद्र सुख्खा भयो। परमेश्वरले हाम्रो पिता-पुर्खाहरूलाई गहन समुद्र भएर मरूभूमि जस्तै सुख्खा धर्ती सम्म अगुवाई गर्नुभयो।
He rebuked the Red sea also, and it was dried up: so he led them through the depths, as through the wilderness.

10 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनु भयो! परमेश्वरले तिनीहरूलाई शत्रुहरूबाट मुक्ति दिनुभयो।
And he saved them from the hand of him that hated them, and redeemed them from the hand of the enemy.

11 परमेश्वरले तिनीहरूका शत्रुहरूलाई समुद्रले ढाकिदिनु भयो। तिनीहरूका एउटै शत्रुहरूले पनि बाँच्न पाएनन्।
And the waters covered their enemies: there was not one of them left.

12 तब हाम्रा पिता-पुर्खाहरूले परमेश्वरमा विश्वास गरे। तिनीहरूले उहाँप्रति गुण-गान गरे।
Then believed they his words; they sang his praise.

13 तर हाम्रा पिता-पुर्खाहरूले तुरून्तै परमेश्वरले गर्नु भएका कुराहरू बिर्से। तिनीहरूले परमेश्वरको सल्लाहलाई ध्यान दिएनन्।
They soon forgat his works; they waited not for his counsel:

14 हाम्रा पिता-पुर्खाहरू मरूभूमिमा भोकाए अनि तिनीहरूले आफ्नो जङ्गली रूपमा परमेश्वरलाई जाँच गरे।
But lusted exceedingly in the wilderness, and tempted God in the desert.

15 तर हाम्रा पिता-पुर्खाहरूले मागेका सबै थोक परमेश्वरले दिनुभयो। तर परमेश्वरले तिनीहरूलाई डरलाग्दो रोगहरू पनि दिनुभयो।
And he gave them their request; but sent leanness into their soul.

16 मानिसहरू मोशादेखि डाह गर्न थाले। तिनीहरू हारूनदेखि पनि ईर्ष्यालु भए जो परमप्रभुका पवित्र पूजाहारी हुनुहुन्थ्यो।
They envied Moses also in the camp, and Aaron the saint of the Lord.

17 यसैकारण परमेश्वरले ती डाही मानिसहरूलाई दण्ड दिनुभयो। धर्ती चिरिएर दातानलाई निलिदियो। त्यसपछि चिरिएको जमीन बन्द भए अनि अबिरामको समुदाय जमीन भित्र छोपिएर गयो।
The earth opened and swallowed up Dathan, and covered the company of Abiram.

18 तब त्यस भीडको माझमा आगो लाग्यो र त्यो आगोले ती दुष्टहरूलाई जलाई दियो।
And a fire was kindled in their company; the flame burned up the wicked.

19 ती मानिसहरूले होरेब पर्वतमा सुनको बाछो बनाएर तिनीहरूले त्यस मूर्तिलाई पूजा गरे!
They made a calf in Horeb, and worshipped the molten image.

20 तिनीहरूले आफ्ना गौरवमय परमेश्वरसित घाँस खाने बाछोको मूर्ति साटे।
Thus they changed their glory into the similitude of an ox that eateth grass.

21 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए। जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो तिनीहरूले उहाँको बारेमा भुलिदिए।
They forgat God their saviour, which had done great things in Egypt;

22 परमेश्वरले हाम्रो देशमा आश्चर्यजनक कुराहरू गर्नुभयो। परमेश्वरले लाल समुद्रको छेउमा डरलाग्दो कामहरू गर्नुभयो!
Wondrous works in the land of Ham, and terrible things by the Red sea.

23 परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो। तर परमेश्वरले चुन्नु भएको दास मोशाले, बाटो छेके। परमेश्वर अत्यन्त रिसाउनु भयो, तर मानिसहरूमाथि परमेश्वरको रीस रोक्नुको निम्ति मोशाले बाटोहरू बन्द गरिदिए। यसैले परमेश्वरले मानिसहरूलाई नष्ट गर्नु भएन।
Therefore he said that he would destroy them, had not Moses his chosen stood before him in the breach, to turn away his wrath, lest he should destroy them.

24 तर ती मानिसहरूले केना भन्ने रमाइलो ठाउँमा जान अस्वीकार गरिदिए। तिनीहरूले त्यस ठाउँमा भएका मानिसहरूलाई परास्त पार्न परमेश्वरले सहायता गर्नुहुन्छ भनी भरोसा गरेनन्।
Yea, they despised the pleasant land, they believed not his word:

25 हाम्रा पिता-पुर्खाहरूले परमेश्वरका वचन पालन गर्न अस्वीकार गरे!
But murmured in their tents, and hearkened not unto the voice of the Lord.

26 तर तिनीहरूले आफ्नो परमेश्वरको विरोधमा नालिश गरे। यसकारण परमेश्वरले शपथ लिनु भयो कि तिनीहरू मरूभूमिमा मर्नेछन्।
Therefore he lifted up his hand against them, to overthrow them in the wilderness:

27 परमेश्वरले अन्य मानिसहरूले तिनीहरूका सन्तानहरूलाई परास्त गरोस् भनी वचन दिनुभयो परमेश्वर हाम्रा पिता-पूर्खाहरूलाई आफ्नै सम्प्रदायहरू माझ तितर-बितर पार्न वचनबद्ध हुनुभयो।
To overthrow their seed also among the nations, and to scatter them in the lands.

28 त्यसपछि बाल-पोरमा, परमेश्वरका जनहरू बाललाई पूज्न भनी त्यहाँ सम्मिलित भए। परमेश्वरका मानिसहरू उत्सवमा सहभागी हुन पुगे र मरेका मानिसहरूकानाउँमा चढाएका बलिहरू खाए।
They joined themselves also unto Baal-peor, and ate the sacrifices of the dead.

29 परमेश्वर आफ्ना मानिसहरूमाथि भयंकर रूपमा क्रोधित भए अनि तिनीहरूलाई डरलाग्दो बिमारी पारिदिनु भयो।
Thus they provoked him to anger with their inventions: and the plague brake in upon them.

30 तर पीनहासले परमेश्वर प्रति प्रार्थना गरे। अनि त्यो हैंजा रोकियो।
Then stood up Phinehas, and executed judgment: and so the plague was stayed.

31 पीनहासले उचित काम गरेको परमेश्वरलाई थाहा थियो। परमेश्वरले उसलाई सदा-सर्वदा संम्झनु हुने छ।
And that was counted unto him for righteousness unto all generations for evermore.

32 मरीबामा मानिसहरू क्रोधित भए। अनि तिनीहरूले मोशालाई अधर्म काम गर्न लगाए।
They angered him also at the waters of strife, so that it went ill with Moses for their sakes:

33 ती मानिसहरूले मोशालाई दुःखीत गराए। नसोचिकन मोशा बोले।
Because they provoked his spirit, so that he spake unadvisedly with his lips.

34 परमप्रभुले अन्य जातिहरूलाई ध्वंश पार्न मानिसहरूलाई आज्ञा दिनु भयो। तर इस्राएल का मानिसहरूले उहाँको आज्ञा पालन गरेनन्।
They did not destroy the nations, concerning whom the Lord commanded them:

35 तिनीहरू अरू जातिहरूसँग मिसिए, अनि अरू जातिहरूले जे गर्दै थिए त्यही गरे।
But were mingled among the heathen, and learned their works.

36 ती मानिसहरू परमेश्वरका मानिसहरूका लागि एक पासो नै भए। उहाँका भक्तजनहरूले पनि अन्य मानिसहरूले जस्तै कृत्रिम देवताहरू पूज्न थाले।
And they served their idols: which were a snare unto them.

37 उहाँका भक्तजनहरूले आफ्ना नानीहरू सम्म मारे, अनि त्यो भूतहरूलाई बलि चढाए।
Yea, they sacrificed their sons and their daughters unto devils,

38 उहाँका भक्तजनहरूले निर्दोष मानिसहरू मारे। तिनीहरूले आफ्नै छोरा-छोरीहरू मारे अनि ती कृत्रिम देवताहरूलाई भोग चढाए।
And shed innocent blood, even the blood of their sons and of their daughters, whom they sacrificed unto the idols of Canaan: and the land was polluted with blood.

39 यसकारण परमेश्वरका मानिसहरू अरूजातिहरू जस्तै पापहरूले दूषित भए। उहाँका मानिसहरू परमेश्वर प्रति आज्ञाकारी भएनन् अनि अरू जातिहरूले जे अधर्म सिकाए त्यही कामहरू गरे।
Thus were they defiled with their own works, and went a whoring with their own inventions.

40 परमेश्वर आफ्ना भक्तजनहरूमा क्रोधित हुनु भयो। उहाँ तिनीहरूसँग दिक्क हुनुभयो!
Therefore was the wrath of the Lord kindled against his people, insomuch that he abhorred his own inheritance.

41 परमेश्वरले आफ्ना मानिसहरू अन्य जातिहरूलाई सुम्पनु भयो। शत्रुहरूले नै उनीहरूमा राज गरोस-भनेर उहाँले छोडी दिनुभयो।
And he gave them into the hand of the heathen; and they that hated them ruled over them.

42 उहाँका मानिसहरूका शत्रुहरूले तिनीहरूलाई नियन्त्रणमा राखे अनि तिनीहरूको जीवन कठिन पारिदिए।
Their enemies also oppressed them, and they were brought into subjection under their hand.

43 परमेश्वरले आफ्ना मानिसहरूलाई धेरै पल्ट बचाइदिनु भयो। तर तिनीहरू उहाँकै विरूद्ध उठे अनि आफ्ना इच्छा अनुसार काम गरे। तिनीहरूले धेरै भन्दा धेरै अनुचित कामहरू गरे।
Many times did he deliver them; but they provoked him with their counsel, and were brought low for their iniquity.

44 तर जब-जब परमेश्वरका मानिसहरूमा संकट आई पर्यो तिनीहरूले परमेश्वरलाई सहायता माग्दथे अनि उहाँले प्रत्येक पल्ट तिनीहरूको प्रार्थना सुनीदिनु हुन्थ्यो।
Nevertheless he regarded their affliction, when he heard their cry:

45 परमेश्वरले आफ्ना करार सधैं याद गर्नुहुन्थ्यो र तिनीहरूलाई स-प्रेम सान्त्वना दिनु हुन्थ्यो।
And he remembered for them his covenant, and repented according to the multitude of his mercies.

46 अन्य जातिहरूले तिनीहरूलाई कैदीहरू जस्तो लगे तब परमेश्वरले तिनीहरू प्रति टिठाउने बनाई दिनुभयो।
He made them also to be pitied of all those that carried them captives.

47 हे परमप्रभु, हाम्रा परमेश्वर, हाम्रो उद्धार गर्नुहोस्। परमेश्वरले ती राष्ट्रहरूबाट फर्काई हामीलाई ल्याउनु भयो। यसकारण हामीले उहाँको पवित्र नाउँको गुण-गान गर्न सक्यौं। यसकारण हामीले उहाँ प्रति गुण-गान गर्न सक्यौ।
Save us, O Lord our God, and gather us from among the heathen, to give thanks unto thy holy name, and to triumph in thy praise.

48 इस्राएल का परमप्रभु परमेश्वरको प्रशंसा गरौं। परमेश्वर सधै रहनु हुन्छ, उहाँ संधै नै रहनुहुने छ। अनि सारा मानिसहरूले भने, “आमेन! परमप्रभुको प्रशंसा गर!”
Blessed be the Lord God of Israel from everlasting to everlasting: and let all the people say, Amen. Praise ye the Lord.